• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ग्रेटर नेपाल : राष्ट्रनिर्माणमा भएको बलिदानको स्मरण


  •   सोमबार, असोज १३, २०८२ मा प्रकाशित
  • डा. चूडाप्रसाद ढकाल ##

    Advertisement

    हिजोआज सामाजिक सञ्जालदेखि विभिन्न सार्वजनिक मञ्चसम्म ‘ग्रेटर नेपाल’ को विषयले उल्लेखनीय रूपमा चर्चा पाउन थालेको छ । यसले केवल एक ऐतिहासिक प्रसङ्गलाई मात्र होइन, राष्ट्रिय स्मृति र वर्तमान चेतनाको गहिरो तहलाई समेत छुन पुगेको छ । नेपालले आफ्नो अस्तित्व र पहिचानलाई जोगाउन कठिन परिस्थितिमा पनि देखाएको दृढता हाम्रो गौरवशाली इतिहासको परिचायक हो । यही इतिहासको एक महत्त्वपूर्ण अध्याय थियो : एङ्लो–नेपाल युद्ध, जसले हाम्रो साहस, आत्मसम्मान र राष्ट्रप्रतिको समर्पणलाई स्पष्ट उजागर गर्‍यो ।

    सन् १८१४ देखि १८१६ सम्म चलेको युद्धमा नेपाली सेनाले अत्यन्त प्रतिकूल परिस्थितिमा पनि असाधारण बहादुरी प्रदर्शन गर्‍यो । नालापानीको युद्ध यसको सबैभन्दा जीवन्त उदाहरण हो । कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपाली सेनाले सीमित स्रोत र आपूर्ति अभावका बिच पनि आफ्नो किल्ला छाडेन । पानी र खाद्यान्न नपाए पनि दृढ आत्मबलका साथ लड्ने उनीहरूको सङ्कल्पले ब्रिटिस सेनालाई समेत अचम्ममा पार्‍यो । यसबाट स्पष्ट हुन्छ कि नेपाली वीरता केवल हतियारको मात्र होइन, आत्मबल र रणनीतिक कुशलताको पनि परिणाम थियो ।

    अर्को प्रेरणादायी प्रसङ्ग भक्ति थापाको शौर्य हो । ८० वर्षको उमेरमा समेत देशप्रतिको निष्ठाका खातिर उनले देउथल धाराको युद्ध (सन् १८१५, देहरादुन) मा रणभूमिमा प्राण अर्पण गरे । घोडामा चढेर आफ्ना सैनिकलाई नेतृत्व गर्ने क्रममा ब्रिटिस तोपको आक्रमणले उनले वीरगति प्राप्त गरे । यस कार्यले राष्ट्रप्रेमले उमेरको सीमा नमान्ने कुरा प्रमाणित गर्‍यो । त्यस्तै मकवानपुरको लडाइँमा नेपाली सेनाले ब्रिटिस फौजलाई पराजित गर्नु नेपाली आत्मविश्वास र सामरिक क्षमताको अर्को दृष्टान्त हो ।

    यी घटना केवल सैन्य उपलब्धि मात्र नभई हाम्रो राष्ट्रिय आत्मसम्मानको आधारस्तम्भ बनेका छन् तर युद्धमा देखिएको यो वीरताको कथा प्रेरणादायी भए पनि परिणाम भने हाम्रो पक्षमा आएन । सन् १८१६ को सुगौली सन्धिले नेपाललाई ठुलो भूभाग गुमाउन बाध्य बनायो । करिब २,४९,१७० वर्गकिलोमिटरमा फैलिएको भूभाग घटेर १,४७,१८१ वर्ग किलोमिटरमा सीमित भयो । यसरी करिब एकतिहाइभन्दा बढी भूमि (पश्चिमतर्फ गढवाल, कुमाऊँ र सतलजसम्म, पूर्वतर्फ दार्जिलिङ र सिक्किमसम्म) हाम्रो नक्साबाट हरायो । यसले केवल भौगोलिक सिमाना मात्र छोट्याएन, राष्ट्रिय मानसमा पनि गहिरो आघात पुर्‍यायो । यही घाउबाट ‘ग्रेटर नेपाल’ को अवधारणाले जन्म लियो, जसले गुमेको भूमि फिर्ता गर्ने आकाङ्क्षा बोकेको छ ।

    ग्रेटर नेपालको विचारले केवल भूगोलको विषय मात्र होइन, नेपाली पहिचान र गौरवलाई पनि प्रतिबिम्बित गर्छ । यसलाई व्यवस्थित रूपमा अघि बढाउने क्रममा फणिन्द्र नेपालले सन् २००२ मा ‘बृहत् नेपाल राष्ट्रवादी मोर्चा’ स्थापना गरे । संस्थाले ग्रेटर नेपालको नक्सा सार्वजनिक गर्ने, अन्तर्राष्ट्रिय समुदायलाई पत्र लेख्ने र विभिन्न कार्यक्रम आयोजना गर्ने काम गर्‍यो । भारतमा रहेका नेपालीभाषी समुदाय, विशेष गरी दार्जिलिङ, सिक्किम र उत्तराखण्डका समूहले पनि यस अवधारणालाई समर्थन जनाउँदै आएका छन् । उनीहरूका लागि यो मुद्दा भूभागभन्दा पनि सांस्कृतिक पहिचान र आत्मसम्मानसँग जोडिएको छ तर भावनात्मक चाहनाले मात्र ठोस परिणाम ल्याउन सक्दैन ।

    आधुनिक अन्तर्राष्ट्रिय सम्बन्ध कूटनीतिक परिपक्वता, कानुनी सन्धि र प्रभावकारी नियन्त्रणमा आधारित हुन्छन् । प्राय: विगतका सन्धि र सीमा व्यवस्था अन्तर्राष्ट्रिय कानुनमा स्थिर मानिन्छन्, जसलाई बदल्न अत्यन्त कठिन हुन्छ । त्यसैले ग्रेटर नेपालसम्बन्धी मुद्दालाई अन्तर्राष्ट्रिय अदालत वा राजनीतिक संवादमा लैजाँदा अत्यन्त सतर्कता आवश्यक हुन्छ । भावनात्मक निर्णयले राष्ट्रलाई अनावश्यक जोखिममा पार्न सक्ने खतरा रहन्छ ।

    यस विषयलाई आआफ्ना हितअनुसार प्रयोग गर्ने प्रवृत्ति पनि देखिएका छन् । केही राजनीतिक दलले यसलाई भारतसँगको सम्बन्धमा दुरी बढाउन उपयोग गरेको आरोप लाग्ने गरेको छ । कतिपय विदेशी शक्तिले समेत यस मुद्दालाई भारत–नेपाल सम्बन्धमा तनाव सिर्जना गर्ने उपकरणको रूपमा प्रयोग गरेको भनाइ पाइन्छ । विदेशस्थित केही समूहले सामाजिक सञ्जालमार्फत दुष्प्रचार गर्नेदेखि युवालाई भावनात्मक रूपमा प्रयोग गर्नेसम्मका गतिविधि गरेको आरोप उठेको छ । त्यसैले ‘ग्रेटर नेपाल’ सम्बन्धी बहसमा भावनात्मक पक्षलाई सम्मान गर्ने तर राजनीतिक वा भूराजनीतिक दुरुपयोगबाट जोगिने कला अपरिहार्य छ ।

    यस संवेदनशील परिवेशमा एक जिम्मेवार र सन्तुलित नागरिकको रूपमा हाम्रो ध्यान केवल भावनात्मक नारामा सीमित हुनुहुँदैन । हामीले इतिहासबाट पाठ सिक्दै अगाडि बढ्नुपर्छ । हाम्रो वास्तविक शक्ति हाम्रो भौगोलिक आकारमा भन्दा पनि हाम्रो आन्तरिक एकता, आर्थिक विकास र राजनीतिक स्थिरतामा निहित छ । जब हामी शिक्षित, आत्मनिर्भर र आर्थिक रूपमा शक्तिशाली हुन्छौँ, तब मात्र हामीले सीमाविवादजस्ता संवेदनशील मुद्दालाई पनि विश्वसामु प्रभावकारी ढङ्गले उठाउन सक्छौँ । यस सन्दर्भमा स्विट्जरल्यान्डको सफलताको मोडल हाम्रो लागि अनुकरणीय उदाहरण बन्न सक्छ ।

    स्विट्जरल्याण्ड एक सानो र भूपरिवेष्ठित मुलुक हो तर उसले आन्तरिक सुदृढीकरणका आधारमा विश्वकै स्थिर र सम्पन्न राष्ट्रको श्रेणीमा स्थान बनाएको छ । यसले अनुसन्धान र विकासमा आफ्नो सकल घरेलु उत्पादन (जी.डी.पी.) को करिब ३.४ प्रतिशत लगानी गर्छ, जसले उसको अर्थतन्त्रलाई अत्यधिक प्रतिस्पर्धी बनाएको छ । हाल स्विट्जरल्यान्डको प्रतिव्यक्ति आय ९२,००० अमेरिकी डलरभन्दा बढी छ, जुन विश्वकै उच्चस्तरमा पर्छ । त्यस्तै यसको सार्वजनिक ऋण जी.डी.पी. को ३८ प्रतिशत मात्र छ, जुन तुलनात्मक रूपमा निकै कम हो । यसका साथै राजनीतिक स्थिरता, खुला बजार प्रणाली, उच्चस्तरीय शिक्षा र प्रत्यक्ष प्रजातन्त्रको अभ्यासले उसको दीर्घकालीन विकासलाई मजबुत बनाएको छ । यी तथ्यले देखाउँछन् कि कुनै पनि राष्ट्रको वास्तविक शक्ति भूगोलमा मात्र होइन, आन्तरिक क्षमता र संस्थागत बलमा निहित हुन्छ ।

    निष्कर्षत: ‘ग्रेटर नेपाल’ को भावना हाम्रो इतिहासको प्रतीक हो, जसले हामीलाई पुखाको बलिदानको स्मरण दिलाउँछ र राष्ट्रिय चेतनालाई जीवन्त राख्छ तर हाम्रो भविष्यको बाटो आधुनिक कूटनीति, आर्थिक विकास र आन्तरिक सुदृढीकरणमा आधारित छ । यस अर्थमा ‘ग्रेटर नेपाल’ अभियान भन्नाले मुलुकलाई केवल भौगोलिक आयामले मात्र होइन, आर्थिक, कूटनीतिक र नैतिक शक्तिमा आधारित राष्ट्रको रूपमा विश्वसामु प्रस्तुत गर्नु हो । नेपालको भौगोलिक आकारलाई चुनौती नबनाइकनै हामीले यति ठुलो प्रगति गर्न सक्छौँ कि विश्वसामु हाम्रो पहिचान, बहादुरी र स्वाभिमानका साथै प्रगतिशील राष्ट्रको रूपमा स्थापित होस् । यही नै हाम्रो वास्तविक ‘ग्रेटर नेपाल’ हो, जुन वर्तमान र भविष्यका कर्मबाट निर्माण हुनेछ । त्यसैले इतिहासको सम्मान गर्दै एक शान्त, समृद्ध र सबल नेपालको निर्माणका लागि एकजुट हुनु आजको अपरिहार्यता हो ।

    २०८२ भदौ १२ गते

    सोमबार, असोज १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.