दीप गोले तामाङ ##
Advertisement
ढल्यो ढल्यो मेरो देशको शिर ढल्यो
जल्यो जल्यो मेरो देशको सिंहदरबार जल्यो
नेपालीको कोखमा जन्मी विदेशीको काम गर्ने
नेपालको अस्तित्व मेटाउन हेर न अघि सर्ने
खरानी भयो त आफ्नै, हाम्रै देश खरानी भो
राष्ट्रको सम्पत्तिमा आगो लगाउने नेपाली हुन्छ को ?
के भो यस्तो बेथिती देशमा विदेशीले गाँजेको
देखिएन भेटिएन कोही देशलाई मनभित्र साँचेको
देशलाई घात गरेर मन्त्रिमण्डलमा बसेको छ
निकासको बाटो छैन झन् सङ्कटमा फसेको छ
अब त नेपाली हो षड्यन्त्रको कुरा बुझाउन
उठ देशभक्ति लड्नैपर्छ यो देशलाई जोगाउन