• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

विभिन्न कार्यक्रमका गरी पोखरामा विश्व पर्यटन दिवस मनाइयो


  •   शनिबार, असोज ११, २०८२ मा प्रकाशित
  • गण्डकी । आज पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरी ४६औँ विश्व पर्यटन दिवस मनाइएको छ । पोखराको लेकसाइड, बेगनासताल, पुम्दिभुम्दीलगायत स्थानमा छुुट्टाछुुट्टै कार्यक्रम गरी दिवस मनाइएको हो ।

    Advertisement

    पोखरा पर्यटन परिषद् र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजना तथा पोखराका पर्यटनसम्बद्ध सङ्घसंस्थाको सहकार्यमा विदेशी पर्यटकसहित लेकसाइडडको अम्मटबाट नेपाल पर्यटन बोर्डको कार्यालय ड्यासाइडसम्म प्रभात फेरी गरिएको थियो ।

    प्रभातफेरी पछि पर्यटन बोर्डमा आयोजित कार्यक्रममा विशेष वक्ताका रूपमा बेलायतका टोनी जोन्स र बङ्गलादेशकी मोनिका चौधरीले नेपालको समग्र पर्यटन, सम्भावना, चुनौतीलगायत विषयमा चर्चा गर्नुभयो ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष-२०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, पर्यटन बोर्डका पूर्वसदस्य गणेशबहादुर भट्टराई, पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटालगायत वक्ताले विभिन्न चुनौतीकाबीच रहेको पर्यटन क्षेत्रलाई अघि बढाउन सबैको एकताबद्ध प्रयास आवश्यक हुनेमा जोड दिनुभयो ।

    पर्यटन दिवसका अवसरमा आज काठमाडौँबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यती एयरलायन्समार्फत आएका स्वदेशी तथा विदेशी यात्रुलाई स्वागत गरिएको पर्यटन परिषद्का महासचिव सापकोटाले जानकारी दिनुभयो ।

    उक्त उडानमार्फत आएका यात्रुलाई पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा निःशुल्क प्रवेशका साथै अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुटसहितको टिकट उपलब्ध गराइएको थियो ।

    त्यस्तै, काठमाडौँबाट स्थलमार्ग हुँदै यति एडभेन्चर ट्राभल्स र न्यरोड ट्राभल्सका पर्यटक बसमा आएका यात्रुुहरूलाई पोखरास्थित पर्यटक बसपार्कमा स्वागत गरिएको थियो । उक्त यातायतमार्फत आउने दुुई जना यात्रुलाई नाट्टा गण्डकी प्रदेशका तर्फबाट पोखरा-काठमाडौँ बसको निःशुल्क टिकट पनि उपलब्ध गराइएको थियो ।

    दिवसका अवसरमा पर्यटनसम्बद्ध विभिन्न सङ्घसंस्थाबाट विशेष छुटका योजना पनि घोषणा गरिएको महासचिव सापकोटाले जानकारी दिनुुभयो । होटेल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा आज बेगनासतालमा पनि विशेष कार्यक्रम गरिएको छ । यहाँस्थित नहर चोकबाट मन्धरे पार्कसम्म प्रभातफेरीसँगै सहभागी मोटरबोटमार्फत बेगनास बराह मन्दिर पुगेर सभा गरिएको थियो ।

    उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेल, पूर्वअध्यक्ष दामोदरभक्त थापा, कोषाध्यक्ष शक्तिश्री कोइरालालगायतले लेखनाथ क्षेत्रको पर्यटन विकास र सम्भावनाका सम्बन्धमा चर्चा गर्नुभएको थियो । पर्यटन दिवसकै अवसरमा पोखराको पुम्दीभुम्दीमा आजै दोस्रो पर्वतीय दौड प्रतियोगिता सम्पन्न भएको छ ।

    शनिबार, असोज ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.