• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

विश्व पर्यटन दिवसः पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका राउतलाई


  •   शनिबार, असोज ११, २०८२ मा प्रकाशित
  • कास्की  । विश्व पर्यटन दिवसका अवसरमा आज पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशका नरेन्द्रसिंह रावतले जित्नुभएको छ । पोखरा–२२ स्थित विश्वशान्ति स्तुपाबाट सुरु भएको दौड पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी कालाबाङ घरेडी बुद्धपार्क पुगेर सम्पन्न भएको हो ।

    Advertisement

    राउतले निर्धारित आठ किलोमिटर दूरी ३५ मिनेट ४४ सेकेन्डमा पूरा गर्दै उपाधिसहित नगद रु ५० हजार, मेडल र प्रमाणपत्र पुस्कार प्राप्त गर्नुभयो । सुदूरपश्चिमका करन रावल दोस्रो र कर्णालीका दलबहादुर कुँवर तेस्रो हुनुभयो । करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेन्डमा र दलबहादुरले ३७ मिनेट १६ सेकेन्डमा पार गर्दै द्वितीय र तृतीय भएका निर्णायक ओमबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँहरूले क्रमशः रु ३० हजार र रु १५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

    गौतम श्रेष्ठ चौथो हुँदै रु सात हजार र पाँचौँ हुनुभएका सफल लामाले रु तीन हजार प्राप्त गर्नुभयो । विदेशी पर्यटकतर्फ फ्रान्सका थियो डनेटले ४९ मिनेट ५१ सेकेन्डमा निर्धारित दूरी पार गरी उपाधिसहित रु १५ हजार पुरस्कार जित्नुभयो । भेट्रान्सतर्फ गण्डकीका किशोर थापा प्रथम हुँदै रु १५ हजार प्राप्त गर्नुभयो  ।

    यसैगरी पोखरा–२२ वडातर्फको प्रतिस्पर्धामा कुशल परियार प्रथम र सुजल परियार दोस्रो हुनुभयो । महिलातर्फ कोशीकी पदमकुमारी सुनुवार प्रथम हुँदा बागमतीकी नीतु तामाङ द्वितीय हुनुभयो । वडा र महिलातर्फ प्रथम र दोस्रो हुनेले जनही रु १५ हजार र रु सात हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

    प्रतियोगिताअन्तर्गत यू–१६ को विधामा प्रकाश थिङ प्रथम र तीलबहादुर परियार द्वितीय हुँदै जनही रु १५ हजार रु सात हजार पुरस्कार पाउनुभयो । खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालसहित आठ देशका धावकको सहभागिता थियो ।

    विभिन्न छ विधामा कुल ११७ जना धावक सहभागी भएका प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिनुभयो । विश्व पर्यटन दिवसका अवसरमा आयोजित दौडमा निर्धारित दूरी पूरा गरेका विदेशी धावकलाई पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले माला लगाएर स्वागत गर्नुभएको थियो ।

    शनिबार, असोज ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.