• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सिद्धान्तको लेप, भ्रमको खेती


  •   बिहिबार, असार ११, २०७७ मा प्रकाशित
  • केशवनाथ योगी
    बादेबादे जायते तत्व बोध (वादविवादले नयाँ तत्वको जन्म गराउँछ वा ज्ञान दिन्छ ।)  विचारहरु बिच हुने संघर्षले नयाँपन, नयाँ सिर्जना र सही निष्कर्षमा पुर्याउन, अगाडि बढ्न र योजना सफल पार्न सहयोग मिल्छ । व्यक्तिका विचार अल्पमत होस् वा बहुमत आ–आफ्नो ठाउँमा र नजरमा सही हुन पनि सक्छ तर सही छ वा गलत परिस्थिति र समयले प्रमाणित गर्दै जान्छ । समय र परिस्थितिको मूल्यांकन अनुसार मत बदलिन पनि सक्छ । तर विचारलाई सम्मान गर्नु सबै पार्टी सदस्यको कर्तव्य हुन्छ र हुनु पदर्छ ।

    Advertisement

    नेपाल कम्युनिष्ट पार्टी (मसाल) को ८ औं महाधिवेशन भन्दा पूर्व पार्टीले जनवादी केन्द्रियताको सबैभन्दा उच्चतम विधि अपनाएर तल्लो तहसम्म दुईवटा फरक फरक प्रस्तावहरुमा व्यापक र घनिभुत छलफल चलायो । दुईवटै प्रस्तावमा आआफ्नो प्रकारले राष्ट्रिय, अन्तर्राष्ट्रिय, राजनीतिक, सामाजिक र संगठनात्मक सवालमा बिश्लेषण गरिएको थियो । महाधिवेशनमा पार्टीलाई बलियो र अनुशासित बनाउन विभिन्न प्रस्तावहरु पेश भएका थिए ।

    केही साथीहरुले फरक मत (तत्कालिन अवस्थामा अल्पमत) राख्दै नेपालको वामपन्थी राजनीतिक संघर्ष र विचारको ईतिहासमा अब्बल पार्टी, संगठनात्मक र संरचनात्मक हिसावले किन पछाडि पर्यो ? भन्ने प्रश्न गरेका थिए । पार्टीको अनुशासन अझ बलियो र कसिलो बनाउनु पर्ने धारणा राखेका थिए । प्रश्न गम्भीर र विचारणीय थियो । प्रश्न सही छ भन्नेमा पार्टी भित्रका कयौँ ईमान्दार कार्यकर्ताहरु सहमत भए । र अल्पमत पक्षको कित्तामा उभिएर छलफलमा भाग समेत लिए । एउटा चरणमा पुगेर महाधिवेशन सम्पन्न भयो । पार्टीले व्यापक जनवादी केन्द्रियताको अभ्यास पश्चात दुईतिहाइ मतबाट सबै बिषयमा महत्वपूर्ण निर्णय लियो ।

    महाधिवेशन पछि अल्पमत पक्षधर कतिपय व्यक्तिको उद्देश्य र योजनामा परिवर्तन हुन थाल्यो । प्रस्तुत विचार भन्दा व्यवहारमा फरक देखिन थालेको छ । जो बास्तविक कुण्ठा वा बदनियत मन भित्र लुकेर बसेको थियो त्यो केही समयपछि खुला रुपमा प्रदर्शन हुन थाल्यो । उनीहरुका गतिविधि हेर्दा फरक मतको आड लागेर पार्टीलाई ध्वस्त बनाउने योजनाका साथ चलखेल गरेको संकेत देखियो ।

    अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहास र अभ्यासमा पार्टी भित्र दुश्मन शक्तिको छद्मरुपमा घुसपैठ भएका उदाहरणहरु हाम्रा अघि छन् । घुसपैठियाहरुले पार्टीका इमान्दार नेता कार्यकर्ताहरुलाई सही राजनीतिबाट टाढा राखेर आफ्नो स्वार्थ अनुरुप ढाल्न भावनात्मक शैली र व्यक्तिगत लाभहानीका विषयमा प्रशिक्षित गर्दै लान्छन् । यस्ता तत्वहरु जब राजनीतिक रुपले पराजित हुन्छन् त्यसपछि व्यक्तिगत चरित्र हत्याको वातावरण तयार पार्न कम्मर कसेर लाग्छन । क्रान्ति र अनुशासनको विगुल बजाउनेहरु अराजकताको पराकास्ठामा रुपान्तरण हुने गर्दछन् ।

    नेकपा (मसाल) को महाधिवेशनमा पार्टी किन कमजोर भयो र अनुशासन कमजोर बन्यो भनेर प्रश्न गर्ने कतिपय व्यक्तिहरु नै यतिबेला अनुशासन विहीनता र अराजकतालाई आफ्नो पहिचान बनाइसकेका छन् । पार्टीविरुद्ध ट्रोल सेनाका नायकका रुपमा रुपान्तरण भएका छन् । उनीहरुले आफ्नो उदण्ड र अराजनीतिक कार्य शैलीलाई निर्लज्ज तरिकाबाट विभिन्न मिडिया र सामाजिक सञ्जालमा प्रदर्शन गरिरहेका छन् । पार्टी भित्र रहेका केही तत्वहरुले छद्मरुपमा र पार्टीबाट निष्काशित केहीले खुलारुपमा पार्टीविरुद्ध प्रहार गरिरहेका छन् । सबैलाई अवगत नै छ कायरहरु लुकेर, छुपेर, छलकपटपुर्ण तरिका अपनाउने गर्छन् । उनीहरुले पार्टीविरुद्ध त्यही प्रक्रिया अपनाइरहेका छन् । आफूलाई कम्युनिष्ट सिद्धान्तमा समर्पित भन्ने व्यक्तिहरु अनुशासनको मुकुन्डो पहिरिएर राजनीतिक बेइमानी गर्न लालाहित देखिएका छन् ।

    यसरी पार्टी विरुद्ध जाइलाग्नेहरु पार्टीले अन्याय गरेको भन्दै रुवाबासी गर्न पनि पछि पर्दैनन् । छद्मभेषमा पार्टीका सूचना र जानकारीहरु दुश्मन शक्तिको हातमा समेत पार्ने गरी गोपनीयता भंग गर्ने व्यक्तिहरुलाई घुसपैठिया र जासुस नभनेर के भन्ने ? इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ भन्ने ?

    केही व्यक्तिहरु राष्ट्रिय जागरण अभियानको नाममा एउटा क्लब खोलेर आफूलाई के सावित गर्न खोजिरहेका छन् ? के त्यो राजनीतिक दल वा समूह हो ? यदि हो भने निर्वाचन आयोगमा दर्ता गरेर गतिविधि अगाडि बढाउनु पर्छ । कथित राष्ट्रिय जागरण अभियानको २०७७ असार ७ गते जारी गरिएको वक्तव्यको बुँदा न १ मा ‘एमसीसीका बिरुद्ध तथा राष्ट्रियताका पक्षमा नेकपा (मसाल) नेकपा (क्रान्तिकारी माओवादी) नेकपा (माले) राष्ट्रिय जनमोर्चा लगायत १० दलीय मोर्चासँग एकलरुपमा वा मिलेर आन्दोलन अगाडि बढाउने’ भनिएको छ ।

    के यी सबै राजनीतिक बिषय वस्तु होईनन् ? उक्त क्लवले आफूलाई राजनीतिक समूहको रुपमा बुझेर मिलेर वा एकल आन्दोलन गर्ने रे अनि अरु पार्टीले अबैधानिक क्लवसँग मिलेर आन्दोलन अगाडि बढाउने रे हास्यास्पद कुरा । पार्टीबाट निष्कासित अनुशासनहीन समूहसँग कुनै पनि प्रकारको समन्वय पार्टीका लागि लज्जास्पद विषय हुनेछ ।

    पार्टीका कैयौं इमान्दार नेता कार्यकर्ताहरु जो पार्टी र क्रान्तिका लागी जीवन समर्पित गर्न तयार थिए, जसले कयौँ चुनौतीको सामना गरेर यहाँसम्म आईपुगे, उनीहरु कसरी पार्टी विरुद्धकै हतियार बनेर प्रयोग भइरहेका छन् ? जुन डुङ्गामा यात्रा गरिरहेका थिए, त्यही डुङ्गामा प्वाल पार्न किन तयार भएका छन् ? अनि कतिपय पार्टी सदस्यहरुलाई दिगभ्रमित पार्ने प्रयास किन गरिरहेका छन् ? उनीहरुको नियत र व्यवहारप्रति समयमै सबै इमान्दार पार्टी सदस्यहरुको ध्यानाकर्षण हुन जरुरी छ ।

    बिहिबार, असार ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.