• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

डेनमार्कका विमानस्थलहरूमाथि ड्रोन उडान, आलबोर्ग केही घण्टा बन्द


  •   बिहिबार, असोज ०९, २०८२ मा प्रकाशित
  • कोपनहेगन । यस हप्ताको सुरुमा कोपनहेगन विमानस्थललाई बन्द गर्न बाध्य बनाउने घटनापछि डेनमार्कभरका धेरै विमानस्थलहरूमाथि ड्रोन देखिएको प्रहरीले बिहीबार जनाएको छ । तीमध्ये आलबोर्ग विमानस्थललाई घण्टौँका लागि बन्द गरिएको थियो ।

    Advertisement

    हालै पोल्यान्ड र रोमानियामा यस्तै घटना देखिनुका साथै एस्टोनियाको हवाई क्षेत्रमा रूसी लडाकू विमानले उल्लङ्घन गरेको खबर सार्वजनिक भएपछि युक्रेनमा जारी रुसी आक्रमणका सन्दर्भमा यसले थप तनाव बढाएको छ ।

    प्रहरीका अनुसार आलबोर्ग, एस्बेर्ज, सन्डरबोर्ग र स्क्रिडस्ट्रप एयर बेस वरिपरि ड्रोनहरू देखिएका थिए । देशको दोस्रो ठूलो आलबोर्ग विमानस्थललाई केही घण्टा बन्द गरी पछि मात्र पुनः सञ्चालनमा ल्याइएको थियो ।

    “ड्रोनहरू दुई घण्टासम्म ठूलो क्षेत्रमा उडिरहेका थिए तर तल झार्न सकिएनन्”, नर्थ जुटल्यान्डका प्रमुख प्रहरी निरीक्षक जेस्पर बोजगार्ड म्याडसेनले भन्नुभयो, “यस समयमा ड्रोन चलाउने व्यक्तिहरूलाई पनि हामीले पक्राउ गरेका छैनौँ ।”

    दक्षिण जुटल्यान्ड प्रहरीले बुधबार साँझ एस्बेर्ज, सन्डरबोर्ग र स्क्रिडस्ट्रप विमानस्थल वरिपरि ड्रोन देखिएको रिपोर्ट पाएको जनाएको छ । तर त्यहाँ तत्काल कुनै उडान तय नभएकाले ती विमानस्थलहरू बन्द गरिएका थिएनन् ।

    प्रहरीका अनुसार ड्रोनहरू ‘बत्ती बालेर उडाइएका’ थिए र जमिनबाट स्पष्ट देखिएका थिए, तर ती कस्तो प्रकारका थिए वा उद्देश्य के थियो भन्ने अझै पत्ता लागेको छैन । ‘परिस्थिति स्पष्ट पार्न’ गुप्तचर निकाय र सशस्त्र सेनासँग संयुक्त अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    कोपेनहेगन विमानस्थलमाथि ठूला ड्रोन उड्दा केही दिनअघि सुविधा घण्टौँका लागि बन्द भएपछि अनुसन्धानलाई तीव्र पारिएको हो । प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले कोपेनहेगनको घटनालाई ‘डेनमार्कको महत्त्वपूर्ण पूर्वाधारमा भएको सबैभन्दा गम्भीर आक्रमण’ भन्नुभएको छ ।

    “हामीले हालै देखिरहेका अन्य ड्रोन आक्रमण, हवाई उल्लङ्घन र युरोपेली विमानस्थलमाथि साइबर आक्रमणहरूसँग यो घटनाको सम्बन्ध देखिन्छ”, उहाँले भन्नुभयो ।

    तर मस्कोले संलग्नता अस्वीकार गरेको छ । पोल्यान्ड, एस्टोनिया र रोमानियाले पनि लडाकू जेट वा ड्रोनमार्फत हवाई उल्लङ्घन गरेको आरोप अस्वीकार गरेका छन् ।

    डेनमार्कले पहिलो पटक लामो दूरीका सटीक हतियार प्राप्त गर्ने घोषणा गरेपछि यस हप्ताका ड्रोन गतिविधि भएका हुन् । कोपेनहेगनका लागि मस्कोका राजदूत भ्लादिमिर बार्बिनले डेनमार्कको यो कदमलाई ‘शुद्ध पागलपन’ भनेर टिप्पणी गर्नुभएको थियो ।

    बिहिबार, असोज ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.