• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सार्वजनिकस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्न जुट्यो प्राधिकरण


  •   बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
  • काठमाडाैँ । काठमाडौँसहित देशका विभिन्न दश सहरमा निःशुल्क वाइफाइ उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरण तयारीमा जुटेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबहालीका अवसरमा गर्र्नुभएको पहिलो निर्णय कार्यान्वयनका लागि प्राधिकरण जुटेको हो ।

    Advertisement

    काठमाडौँमा दुई महिनाभित्र र देशभरका दश सहरमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ विस्तार गर्न सेवा प्रदायकहरूसँग छलफल गरिएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका उपनिर्देशक एवं सहायक प्रवक्ता प्रदीप पौड्यालले मन्त्रीको निर्देशनलाई निर्धारित समयभित्र कार्यान्वयन गर्न आवश्यक रणनीति बनाउन थालिएको बताउनुभयो । इन्टरनेट सेवाप्रदायकमार्फत निःशुल्क वाइफाइ विस्तार गरिने भएकाले उनीहरूसँगको छलफलबाट प्राप्त प्रतिक्रिया र सुझावपछि थप काम अघि बढाइने उहाँले उल्लेख गर्नुभयो ।

    सहायक प्रवक्ता पौड्यालका अनुसार निःशुल्क वाइफाइका लागि नयाँ स्थानको चयन, उपलब्ध भइरहेका स्थानमा गुणस्तरीयता बढाउने, डेटा सुरक्षा,  डेटा कति मात्रामा कति समयसम्म निशुल्क उपलब्ध गराउनेलगायत विषय समटेर रणनीति बनाइनेछ ।

    “लागतको हकमा अलिकति समस्या हुनसक्छ । हाम्रो बजेट पहिला नै स्वीकृत भइसकेको छ । अहिले नयाँ कार्यक्रम ल्याएर तत्काल कार्यान्वयन गर्नुपर्ने भएकाले कार्यान्वयन ‘मोडालिटी’ कस्तो बनाउने भन्ने विषयमा छलफलको चरणमा छौँ”, उहाँले भन्नुभयो, “सेवा प्रदायकबाट कस्तो प्रतिक्रिया आउँछ, त्यो बुझेर कार्यान्वयनका लागि रणनीति बनाएर अघि बढ्छौँ ।”

    प्राधिकरणले वाइफाइ ‘हटस्पट’ सञ्चालनसम्बन्धी विनियमावली, २०७५ अनुसार उक्त रणनीति बनाएर कार्यान्वयन गर्ने जनाएको छ । प्राधिकरणलाई तोकिएको समयसीमाका कारण तत्काल काठमाडौँबाट सेवा सुरु गर्नुपर्ने हतार रहेको सहायक प्रवक्ता पौड्यालले बताउनुभयो ।

    “सबै सेवा प्रदायक, मुख्यत हटस्पट सेवा दिइरहेकालाई प्राधिकरणले अघि बढाउन खाजेको छ”, उहाँले भन्नुभयो, “बजारमा ठूलो शेयर हिंसा भएका सेवा प्रदायकहरू मोबाइल सेवा प्रदायकदेखि एनसेल, नेपाल दूरसञ्चार र आइएसपीका ठूला अपरेटरहरूसँग सहकार्य गर्दैछौँ ।”

    सञ्चारमन्त्रीको निर्देशन कार्यान्वयन गर्नका लागि वाइफाइको ‘कभरेज’ विस्तार गर्न समस्या नभएको उल्लेख गर्दै उहाँले हटस्पट र मोबिलिटी फरक विषय भएको स्पष्ट पार्नुभयो  ।

    बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.