• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

हामी छैटौँ वर्ष पूरा गरी सातौँमा प्रवेश गर्‍यौँ


  •   मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित
  • इन्टरनेटको विश्वव्यापी पहुँच, तीव्रता र व्यापकतामाथि ध्यान दिँदै हामीले युगदर्शनको वेबसाइटको सुरुआत गरेको पनि आज छैटौँ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको छ ।

    Advertisement

    यसको सुरुआत २०७६ असोज ७ गते गरिएको थियो । यो सुखद अवसरमा हाम्रा पाठक, स्थापना समयदेखि हालसम्म योगदान पुराउनु हुने सम्पूर्ण स्टाफ, लेखक, संवाददाता, विज्ञापनदातालगायत एवम् विभिन्न कोणबाट सहयोग पुर्‍याउँदै आउनुभएका यहाँहरू सम्पूर्णमा कृतज्ञतासहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

    आजको युग सूचना साम्राज्यको युग हो । अब युग एआईको युगमा प्रवेश गरिसकेको छ, जहाँ एआईको माध्यमबाट आफ्‌नो कल्पनाले भ्याएजतिका सामग्री प्राप्त गर्न सकिन्छ । विश्वको कुनै पनि कुनामा बसे पनि एउटा सोसल साइटको अप्लिकेसन थिच्नेबित्तिकै हजारौँलाखौँ सूचना प्राप्त गर्न सकिन्छ तर ती सूचना आफैमा सान्दर्भिक, सत्य, वैज्ञानिक र क्रान्तिकारी हुन्छन् भनेर विश्वास गर्ने आधार भने अत्यन्तै थोरै हुन्छन् । यसै पनि कपोकल्पित भ्रामक समाचार र सूचनालाई भाइरल बनाएर रातारात चर्चित बन्ने गरेको सन्दर्भबाट पनि हामी अनभिज्ञ छैनौँ । त्यस प्रकारको समस्याका विरुद्ध सच्चा र स्वच्च प्रकारले श्रमजीवीको आवाज बुलन्द गर्ने सूचना संवाहकको महसुस गरेर नै हामीले यो ‘युगदर्शन डट कम’ वेबसाइट सञ्चालनमा ल्याएका थियौँ । त्यस कार्यमा हामी निरन्तर सक्रिय रहँदै आएका छौँ ।

    हाम्रो उदेश्य अत्यन्तै महत्त्वपूर्ण रहँदारहँदै पनि विभिन्न समस्याले विश्वभरि पुगेर रहनुभएका श्रमजीवी नेपालीलाई एकै ठाउँमा ल्याउने सवालमा हामी सङ्घर्षरत छौँ । यस सन्दर्भमा देशमा रोजगारीको अभावमा प्रवासिन बाध्य नेपाली श्रमजीवीका आवाजलाई ‘युगदर्शन डट कम’ वेबसाइटबाट बाहिर ल्याउने काममा निरन्तर जुधिरहेका छौँ । त्यसका साथै नेपालको राष्ट्रिय राजनीतिमा देखिने समस्याबारे बढीभन्दा बढी प्रकाश पार्ने प्रयत्न पनि गर्दै आएका छौँ । हामीले नेपालको प्रजातान्त्रिक, वामपन्थी र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनसित जोडिएका राजनीतिक, वैचारिक समस्यामाथि प्रकाश पार्ने सवाललाई पनि उत्तिकै प्राथमिकता दिँदै आएका छौँ ।

    जनतासँग जोडिएका समाचार, फिचरलाई लगातार अद्यावधिक गर्ने हाम्रो प्रयत्न रहेको छ, भविष्यमा पनि रहनेछ । त्यसका अतिरिक्त जहाँसुकै रहेर पनि नेपाली समाजजले भोग्नुपरेका समस्याबारे बढीभन्दा बढी सामग्री दिन, उनीहरूका सामाजिक, राजनैतिक, सांस्कृतिक क्रियाकलापबारे सूचना प्रेषित गर्न पनि हामी उत्तिकै प्रयत्नरत छौँ ।

    अन्तर्राष्ट्रिय तहका समस्या, विश्व कम्युनिष्ट आन्दोलन, त्यसका वैचारिक समस्याबारे पनि सक्दो सामग्री उपलब्ध गराउनेतर्फ हाम्रो प्रयास रहँदै आएको छ । ती सबैका अतिरिक्त प्रगतिशील साहित्य, गीतसङ्गीतसित जोडिएका सूचना, विचार सम्प्रेषण गर्नेतर्फ पनि हाम्रो ध्यान केन्द्रित रहँदै आएको छ ।

    महिला, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्ग, कलाकारलगायतका समस्यालाई स्थान दिने हाम्रो नीति रहँदै आएको छ । हामीले सम्भव सबै विकल्पको प्रयोग गरेर विश्वभरि रहेका नेपालीका समस्याबारे बढीभन्दा बढी आवाज उठाउने, उहाँहरूका आवाजलाई बल पुर्‍याउन प्रयत्न त गर्दै आइरहेका छौँ नै, त्यसका साथसाथै माथि उल्लेख गरिएका विभिन्न विषयमा उहाँहरूको प्रतिक्रिया जान्ने, उहाँहरूसित छलफल/अन्तक्रिया गर्ने प्रयत्नमा पनि हामीले जुटिरहेका छौँ । त्यसो गर्नुको तात्पर्य हो, मातृभूमिबाट टाढा रहेका नेपालीलाई पनि आफ्‌ना देशका समस्याबारे बढी सजग, सचेत गर्न सकियोस् भन्नु नै हो ।

    हामीले “युगदर्शन” साप्ताहिक प्रिन्ट संस्करणमार्फत पनि श्रमजीवी नेपालीको आवाजलाई समेट्दै आएका छौँ । युगदर्शनको वेबसाइटलाई अन्तर्क्रियात्मक मञ्चको रूपमा प्रस्तुत गर्ने जमर्को गर्दै आएका छौँ । हाम्रो त्यस प्रकारको प्रयत्नले विश्वभरि छरिएर रहेका देशभक्त, प्रजातान्त्रिक, वामपन्थी र क्रान्तिकारी नेपालीलाई आफ्‌ना समस्या, विचार, प्रतिभा, भावना पोख्ने चैतारी प्रदान गरेर थोरै भए पनि सञ्चार जगत्‌मा सहयोग पुर्‍याउने सक्यौँ भने हामीलाई खुसी लाग्ने छ ।

    अन्तमाः देशको राजनीतिक यति बेला भयावह अवस्थातर्फ जाँदै गरेको देखिन्छ । २०६२–६३ सालको महान जनआन्दोलनबाट प्राप्त उपलब्धि रक्षात्मक अवस्थामा पुगेको छ । यो विषम परिस्थितिमा सम्पूर्ण प्रजातान्त्रिक शक्तिलाई साझा एजेन्डाअन्तर्गत नै किन नहोस्, एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ । त्यसका साथै संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि लोकतन्त्रवादी शक्तिलाई एकजुट गराउने सवालमा पनि हामीले कलम चलाउनुपर्ने आवश्यकता बढेर गएको छ । यो विषम परिस्थितिमा हामीले छैटौँ वर्ष पार गरी साताँै वर्षमा प्रवेश गरेका छौँ । यो अवसरमा पुनः सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

    मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.