• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

युगदर्शन डटकमको सातौँ वर्षप्रवेश

"(विशेष सम्पादकीय) "

  •   मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित
  • रामप्रकाश पुरी

    Advertisement

    ‘युगदर्शन डटकमले’ नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी मिसन सञ्चालनको एउटा महान् र गौरवशाली अभियान बन्दै आएको छ । विगतका वर्षहरूझैँ यसले गत वर्षमा राष्ट्रियताको पक्षमा चलेको आन्दोलनलाई महत्वपूर्ण स्थान प्रदान गरेको छ । देशलाई विखण्डनको दिशातर्फ लागिरहेको सङ्घीयता विरुद्धको दर्शन, विचार, सिद्धान्त र राजनीतिलाई मुख्य केन्द्रमा राखेर समाचार सम्प्रेषण गरेको छ । प्रतिगमन विरुद्धको आवाजलाई लगातार सम्प्रेषण गरिरहेको छ ।

    राज्य र सरकारका गलत कार्यशैली, भ्रष्ट प्रशासन, राजनीतिक भ्रष्टाचार, असन्तुलित र पक्षपातपूर्ण बजेट वितरण, शिक्षा र स्वास्थ्यमा भएको बेथिती र व्यापारीकरण आदिका विरुद्ध सशक्त भएर उभिएको छ । जातिवाद, क्षेत्रीयतावाद, विखण्डनवाद, सहकारी ठगी, तस्करी, महिलामाथि भएका हिंसाका विरुद्ध यसले सशक्त आवाज उठाएको छ । पत्रकारिताको मर्यादालाई पालना गर्दै आधिकारिक, स्रोतयुक्त, स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण गर्न सतर्क र सचेत रहँदै आएको छ ।

    वर्तमानमा लोकप्रियतावादको चङ्गुलमा पर्दै गइरहेको परिस्थितिको प्रतिवाद गर्दै आएको छ । सत्य र तथ्यमा आधारित दर्शन, विचार, सिद्धान्त र राजनीतिको संस्कार कायम गराउन आफ्‌नो सङ्कल्पप्रति हामी सर्वदा अटल रहेका छौँ ।

    भविष्यको गौरवमय यात्रामा हिँड्नका लागि वर्तमानमा स्वतःस्फूर्त कदम उठ्दैनन्, तिनलाई अविच्छिन्न आशा र गम्भीर विश्वासको शक्तिले भरिपूर्ण बनाउनुपर्दछ र तिनमा भविष्यको विजयलाई बुझ्‌ने चेतना भर्नुपर्दछ । ‘युगदर्शन’ डटकमका लागि पनि त्यही सत्य थियो । यो आफैमा समृद्ध र पूर्ण भएर प्रकट भएको थिएन, यसलाई समृद्ध बनाउने काम “हाँक” साप्ताहिकलाई साढे तीन दशकभन्दा बढी क्रान्तिकारी जीवन दिने कार्यमा समर्पित दर्शन, विचार र सिद्धान्तका हस्ताक्षरले गरेका थिए अनि हजारौँ पाठकको विश्वासद्वारा अनुमोदित भएर यो साँच्चिकै युगदर्शनको रुपमा विकास हुन सकेको सच्चाइप्रति हामी सचेत छौँ ।

    भविष्य चुनौतीपूर्ण भए पनि निरन्तर गतिशील भएर अगाडि बढ्नुका विकल्प रहन्न । चुनौतीको सामना गर्नु यसको लागि सामान्य र स्वाभाविक छ । वर्तमानमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलन गम्भीर सङ्कटमा परिरहेको बेलामा सतिसालझैँ भएर खडा हुनेहरूको महान् इतिहासलाई जीवन्त बनाउने ‘युगदर्शन’ डटकम आजको युगको अत्यन्त दुर्लभ सञ्चार अभियान हो । यसले उपेक्षा र पूर्वाग्रहको बलशाली वर्तमानको सामना गर्दै क्रान्तिकारी विचार, सिद्धान्त, दर्शन र राजनीतिको रक्षा गरिरहेको छ ।

    ‘युगदर्शन’ महान् र गौरवशाली बन्दै जानुमा यसमा प्रकाशित हुने ओजस्वी र तेजस्वी विचारको केन्द्रीय भूमिका रहेको छ । यो अभियान जनताको सहयोगमा जीवित रहेको अजेय र अमर अभियान हो । जबसम्म समाजमा वर्गीयता जीवित रहन्छ, तबसम्म यसले न्याय, स्वतन्त्रता र मुक्तिको पक्षबाट पैरवी गरिरहने छ । मिहिनेतकस जनताको भरोसालाई यसले ढल्न दिने छैन र क्रान्तिकारीलाई छिन्नभिन्न हुनबाट जोगाउनका लागि यो हरदम खडा हुनेछ । यसले वर्तमानको विघटन हुँदै गइरहेका विचलित परिवेशलाई चिर्दै सत्य र वास्तविकतातर्फ सम्पूर्ण मानवजातिलार्ई खिचेर लैजानका लागि महान् योद्धाको भूमिकामा आफूलाई अब्वल र अद्वितीय सावित गर्नेछ ।

    हामीले आशा गर्दछौँ, क्रान्तिकारीको गर्जन भएर यसले आफ्‌नो यात्रा जारी राखिरहनेछ । देशको राष्ट्रियता, सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनताले भरिएको देशभक्ति चेतना र जागरण यसका मूल बनेर अविरल बगिरहनेछन् र देशलाई सधैँ आभार बनाइरहने छन्‌ । साम्राज्यवादको बर्खिलापमा यसले विश्वका न्यायप्रेमी र शान्तिप्रेमी जनताको आवाजलाई गुञ्जित गरिरहनेछ ।

    अन्तमा गौरवतापूर्वक घोषणा गर्दछौँ, हामी निडर, निर्धक्क र निःशर्त सत्यको पक्षमा उभिनेछौँ । युगदर्शनको अभियान सर्वदा देश र जनताको हितमा रहनेछ ।

    मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.