गणेश आचार्य
जेनजी आन्दोलन पछि सुसिला कार्की नेपाल सरकारको प्रधानमन्त्रीमा चयन भएकी छन् । अहिले उनले छानेका मन्त्रीहरू हेर्दा उनलाई मन्त्री छान्न ठुलो सङ्कट भएको कुरा स्पष्ट देखिएको छ । मन्त्री पद भनेको राजनीतिक पद हो । यो कुनै एक विषयसँग बिज्ञता हासिल गरेर मात्र हुने पद हैन । एकातर्फ जेनजी आन्दोलन माथि ठुलो आसंका छ भने अर्कातर्फ शुसिला कार्की नेतृत्वको सरकार माथि पनि धेरै आसंकाहरू छन् । यो बेलामा सुसिला कार्कीलाई मन्त्री छान्न धेरै सकस भएको प्रस्ट देखिन्छ । त्यो सकस किन पैदा भयो ? के त्यसप्रकारका मान्छेको अभाबले भयो कि अरु कुनै कारण छन् ? यो सानो आलेखमा केहि चर्चा गरिने छ ।
जेनजी आन्दोलनको मुख्य विषय भ्रष्टाचार र सोसल मिडिया माथिको प्रतिबन्धको बिरोध थियोे । तर आन्दोलन त्यसमा मात्र सिमित थिएन, जेनजीहरूसँग मात्र पनि सिमित भएन । भावनात्मक रुपमा त्यो आन्दोलनले कस कसलाई छोयो त्यो अलग विषय हो तर योजनाबद्ध रुपमा त्यो आन्दोलनको बेनिफिट लिन को–कोले खोजे र त्यसको अन्तर्यमा मुख्य योजनाकार र डिजाइनर को थियोे ? त्यो अलग र सबैभन्दा गम्भीर तथा महत्वको विषय हो । आन्दोलनको ब्यानर जेनजीको भएतापनि त्यहा ठुलो घुसपैठ भएको र घुसपैठियाहरूले नै आन्दोलनको डाइभर्ड गरेको कुरा अब कतै लुकेछिपेको कुरा हैन । ब्यानरका हिसाबले घुसपैठिया थिए या बास्तबिक योजनाकार नै थिए, त्यो कुरा बिस्तारै खुल्दै जानेछ ।
जेनजीहरूको आन्दोलनलाई कसकसले सपोट गरे त्यो पनि छुट्टै बिचारणिय विषय बनेको छ । खासगरी माओवादी, काँग्रेस महामन्त्री गगन थापा, रास्वपा, राप्रपा, दुर्गा प्रसाई, विप्लव नेतृत्वको नेकपा लगायतको त्यो आन्दोलनमा प्रकट रुपमै समर्थन देखिएको थियोे । राजनीतिक पार्टीका नेतृत्वहरू कति धेरै अपरिपक्व छन् भन्ने कुरा यो विषयले पनि स्पष्ट गर्दै जाला । अहिले त्यो विषयमा पनि धेरै चर्चा नगरौँ । कुनै पनि विषयको रुप पक्षलाई जसले पनि सजिलै बुझ्न सक्दछ । तर खास बुझ्नु पर्ने भनेको सार र अन्तरबस्तु हो । त्यो हिसाबले उनीहरूको समर्थन सहि थियोे त ? प्रस्न गम्भीर रुपमा खडा भएको छ ।
सडकको आन्दोलन जेनजीबाट अनेत्र मोडिसकेपछि सुसिला कार्की सडकमा आइन् । जेनजी आन्दोलन शुसिला कार्कीको नेतृत्वमा भएको भए उनको उपस्थिति भाद्र २३ गते माइतीघरमा देखिनु पर्ने वा उनले समर्थन गरेको पहिलेनै सार्बजनिक हुनु पर्ने । तर उनी आन्दोलन सुदन गुरुङको पकडमा पुगेपछि बल्ल सडकमा देखिइन् र उनैलाई प्रधानमन्त्री पनि चयन गरियो । त्यति मात्र नभई जसरी बालेन साह संसद र सिंहदरबारप्रति नकारात्मक रुपमा थिए, उनी पनि त्यहि रुपमा संसद बिघटनको सर्तमा अडान राखिन् । यो पनि कम बिचरणिय विषय हैन ।
शुसिला कार्कीको नेतृत्वमा बनेको अंतरिम सरकारको जिम्मेवारी भनेको निर्बाचन गराउने र सरकार निर्बाचित टिमलाई हस्तान्तरण गर्ने हो । त्यो कुरा यो घडिमा ज्यादै चुनौतीपूर्ण छ । त्यहि काम सम्पन्न गर्ने गरी नै मन्त्रीहरू चयन गर्नु पर्दछ । अहिलेको सरकार नयाँ र सुसासन दिने सरकार हैन, नयाँ बजेट र योजनाहरू ल्याउने पनि हैन, नयाँ नीति तथा कार्यक्रम ल्याउने पनि हैन । केबल अहिले पैदा भएको नयाँ सङ्कटलाई हलगर्ने र निर्वाचनको लागि सहज बताबरण बनाउने हो । त्यसको लागि त्यहि प्रकारको मन्त्रीपरिषद हुन जरुरी छ । राजनीतिक पद भनेको कुनै एक विषयमा बिधाबारिधि वा बिज्ञता लिएर हुने कुरा हैन । यो कुनै प्रशासनिक र प्राबिधिक पद पनि हैन । राजनीतिक कानुनका बिज्ञ भनेका पुर्ब मुख्य सचिव, सचिव, गृहसचिव, बारका नेतृत्वकर्ता, वरिष्ठ राजनीतिक बिस्लेसक जस्ता मान्छेहरू नै हुन । ति मान्छेहरूको कुनै कमि देखिन्न । तर जसरी मन्त्री छानिदै छ, त्यो तरिकाले अहिलेको सङ्कट समाधानमा प्राथमिकता छ जस्तो देखिदैन ।
अहिले जो–जो ब्यक्तिहरू मन्त्रीमा चयन भएका छन् उनीहरूको ब्यक्तिगत ज्ञान र बिज्ञताप्रति टिप्पणी गर्नु सहि हुदैन । उनीहरू जुन क्षेत्रमा छन् त्यो क्षेत्रमा राम्रा नै छन् । तर त्यो क्षेत्र र राजनीतिक क्षेत्र नितान्त फरक क्षेत्र हो । त्यो विषयमा सुसिला कार्की गम्भीर छैनन् वा आफैलाई त्यो थाहा छैन वा अरु कसैको इन्ट्रेसले काम गरिरहेको छ ? यो गम्भीर विषय हो । निश्चय पनि शुसिला कार्कीलाई यो विषयमा थाहा नहुने कुरा हुँदैन । नेतृत्व लिएपछि त्यो जिम्मेवारी पुरा गर्न गम्भीर नहुने कुरा पनि हुँदैन । सर्बोच्च अदालतको प्रधानन्यायाधीश भएको मान्छेले देशमा भएका योग्यतम मान्छेहरू नदेख्ने कुरा पनि भएन । खासमा यहा विभिन्न बाहिय इन्ट्रेसले काम गरेको छ भन्ने कुरा विभिन्न घटनाक्रमले प्रमाणित गरेको छ । आन्दोलनलाई डाइभर्ट गर्नेहरूको बिभिन्न संकास्पद संलङ्नता, अहिले बनेका मन्त्रीहरूको त्यो सितको कनेक्सन, सडकमा उठेको आबाज आदिलाई तुलना गर्दा सबै कुरा स्पष्ट छ भन्ने लाग्दछ ।
जेनजी आन्दोलन, त्यसमा सहभागी पात्र, सेनाले भनेको स्टेकहोल्डर, सेनाको भुमिका लगायत तमाम विषय त प्रस्नै प्रश्नको घेरामा छन् । तर मन्त्री छान्ने कुरा समेत जसरी प्रश्नको घेरामा छ । त्यो कुराले देश थप अफ्ठेरो र प्रतिगमनको सिकार बन्दैछ भन्ने कुरामा कुनै सन्देह छैन । अहिले पनि केहि युबाहरू सडकमा छन्, आक्रोश कम भएको छैन, आन्दोलन गलत मान्छेको पकडमा गयो भन्ने पनि जेनजीहरू नै छन् । यो भन्दा र सैनिक साशन र राजतन्त्र भएको नै सहि भन्ने भाबना त्यत्तिकै छ, रोजगारको बाटो केहि छैन, वैदेशिक रोजगारका बाटोहरू पनि बन्द हुदै गैरहेकाछन् । आन्दोलनकारी भनौदाहरू टोलेगुण्डा जस्ता देखिन्छन् । लामो समयदेखि राजनीतिक आन्दोलनमा लागेका सुझबुझपुर्ण बौद्धिक युबाहरूको पनि कमि छैन । यसरी हेर्दा देशको सङ्कट गहिरिदो छ । त्यसैले सरकारको नेतृत्व गर्नेहरूले केहि ति टोलेगुण्डा टाइपका कथित जेनजीहरूलाई चित्त बुझाने काम गर्ने कि बास्तबिक जेनजीको माग सम्बोधन गर्ने ? यो कम चुनौतीको कुरा हैन । त्यसैले यो बिसम अवस्थामा राजनीतिक ब्यक्ति नभएर नेतृत्व समालन गारो हुनेछ । राजनीतिक ब्यक्ति भनेको केबल राजनीतिक पार्टीको नेता मात्र हैन । त्यो विषयमा गम्भीर बन्न सुसिला कार्कीको अझै पनि ध्यान जान जरुरी छ ।

