• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

शुसिला कार्कीलाई मन्त्री छान्ने सकस


  •   सोमबार, असोज ०६, २०८२ मा प्रकाशित
  • गणेश आचार्य

    Advertisement

    जेनजी आन्दोलन पछि सुसिला कार्की नेपाल सरकारको प्रधानमन्त्रीमा चयन भएकी छन् । अहिले उनले छानेका मन्त्रीहरू हेर्दा उनलाई मन्त्री छान्न ठुलो सङ्कट भएको कुरा स्पष्ट देखिएको छ । मन्त्री पद भनेको राजनीतिक पद हो । यो कुनै एक विषयसँग बिज्ञता हासिल गरेर मात्र हुने पद हैन । एकातर्फ जेनजी आन्दोलन माथि ठुलो आसंका छ भने अर्कातर्फ शुसिला कार्की नेतृत्वको सरकार माथि पनि धेरै आसंकाहरू छन् । यो बेलामा सुसिला कार्कीलाई मन्त्री छान्न धेरै सकस भएको प्रस्ट देखिन्छ । त्यो सकस किन पैदा भयो ? के त्यसप्रकारका मान्छेको अभाबले भयो कि अरु कुनै कारण छन् ? यो सानो आलेखमा केहि चर्चा गरिने छ ।

    जेनजी आन्दोलनको मुख्य विषय भ्रष्टाचार र सोसल मिडिया माथिको प्रतिबन्धको बिरोध थियोे । तर आन्दोलन त्यसमा मात्र सिमित थिएन, जेनजीहरूसँग मात्र पनि सिमित भएन । भावनात्मक रुपमा त्यो आन्दोलनले कस कसलाई छोयो त्यो अलग विषय हो तर योजनाबद्ध रुपमा त्यो आन्दोलनको बेनिफिट लिन को–कोले खोजे र त्यसको अन्तर्यमा मुख्य योजनाकार र डिजाइनर को थियोे ? त्यो अलग र सबैभन्दा गम्भीर तथा महत्वको विषय हो । आन्दोलनको ब्यानर जेनजीको भएतापनि त्यहा ठुलो घुसपैठ भएको र घुसपैठियाहरूले नै आन्दोलनको डाइभर्ड गरेको कुरा अब कतै लुकेछिपेको कुरा हैन । ब्यानरका हिसाबले घुसपैठिया थिए या बास्तबिक योजनाकार नै थिए, त्यो कुरा बिस्तारै खुल्दै जानेछ ।

    जेनजीहरूको आन्दोलनलाई कसकसले सपोट गरे त्यो पनि छुट्टै बिचारणिय विषय बनेको छ । खासगरी माओवादी, काँग्रेस महामन्त्री गगन थापा, रास्वपा, राप्रपा, दुर्गा प्रसाई, विप्लव नेतृत्वको नेकपा लगायतको त्यो आन्दोलनमा प्रकट रुपमै समर्थन देखिएको थियोे । राजनीतिक पार्टीका नेतृत्वहरू कति धेरै अपरिपक्व छन् भन्ने कुरा यो विषयले पनि स्पष्ट गर्दै जाला । अहिले त्यो विषयमा पनि धेरै चर्चा नगरौँ । कुनै पनि विषयको रुप पक्षलाई जसले पनि सजिलै बुझ्न सक्दछ । तर खास बुझ्नु पर्ने भनेको सार र अन्तरबस्तु हो । त्यो हिसाबले उनीहरूको समर्थन सहि थियोे त ? प्रस्न गम्भीर रुपमा खडा भएको छ ।

    सडकको आन्दोलन जेनजीबाट अनेत्र मोडिसकेपछि सुसिला कार्की सडकमा आइन् । जेनजी आन्दोलन शुसिला कार्कीको नेतृत्वमा भएको भए उनको उपस्थिति भाद्र २३ गते माइतीघरमा देखिनु पर्ने वा उनले समर्थन गरेको पहिलेनै सार्बजनिक हुनु पर्ने । तर उनी आन्दोलन सुदन गुरुङको पकडमा पुगेपछि बल्ल सडकमा देखिइन् र उनैलाई प्रधानमन्त्री पनि चयन गरियो । त्यति मात्र नभई जसरी बालेन साह संसद र सिंहदरबारप्रति नकारात्मक रुपमा थिए, उनी पनि त्यहि रुपमा संसद बिघटनको सर्तमा अडान राखिन् । यो पनि कम बिचरणिय विषय हैन ।

    शुसिला कार्कीको नेतृत्वमा बनेको अंतरिम सरकारको जिम्मेवारी भनेको निर्बाचन गराउने र सरकार निर्बाचित टिमलाई हस्तान्तरण गर्ने हो । त्यो कुरा यो घडिमा ज्यादै चुनौतीपूर्ण छ । त्यहि काम सम्पन्न गर्ने गरी नै मन्त्रीहरू चयन गर्नु पर्दछ । अहिलेको सरकार नयाँ र सुसासन दिने सरकार हैन, नयाँ बजेट र योजनाहरू ल्याउने पनि हैन, नयाँ नीति तथा कार्यक्रम ल्याउने पनि हैन । केबल अहिले पैदा भएको नयाँ सङ्कटलाई हलगर्ने र निर्वाचनको लागि सहज बताबरण बनाउने हो । त्यसको लागि त्यहि प्रकारको मन्त्रीपरिषद हुन जरुरी छ । राजनीतिक पद भनेको कुनै एक विषयमा बिधाबारिधि वा बिज्ञता लिएर हुने कुरा हैन । यो कुनै प्रशासनिक र प्राबिधिक पद पनि हैन । राजनीतिक कानुनका बिज्ञ भनेका पुर्ब मुख्य सचिव, सचिव, गृहसचिव, बारका नेतृत्वकर्ता, वरिष्ठ राजनीतिक बिस्लेसक जस्ता मान्छेहरू नै हुन । ति मान्छेहरूको कुनै कमि देखिन्न । तर जसरी मन्त्री छानिदै छ, त्यो तरिकाले अहिलेको सङ्कट समाधानमा प्राथमिकता छ जस्तो देखिदैन ।

    अहिले जो–जो ब्यक्तिहरू मन्त्रीमा चयन भएका छन् उनीहरूको ब्यक्तिगत ज्ञान र बिज्ञताप्रति टिप्पणी गर्नु सहि हुदैन । उनीहरू जुन क्षेत्रमा छन् त्यो क्षेत्रमा राम्रा नै छन् । तर त्यो क्षेत्र र राजनीतिक क्षेत्र नितान्त फरक क्षेत्र हो । त्यो विषयमा सुसिला कार्की गम्भीर छैनन् वा आफैलाई त्यो थाहा छैन वा अरु कसैको इन्ट्रेसले काम गरिरहेको छ ? यो गम्भीर विषय हो । निश्चय पनि शुसिला कार्कीलाई यो विषयमा थाहा नहुने कुरा हुँदैन । नेतृत्व लिएपछि त्यो जिम्मेवारी पुरा गर्न गम्भीर नहुने कुरा पनि हुँदैन । सर्बोच्च अदालतको प्रधानन्यायाधीश भएको मान्छेले देशमा भएका योग्यतम मान्छेहरू नदेख्ने कुरा पनि भएन । खासमा यहा विभिन्न बाहिय इन्ट्रेसले काम गरेको छ भन्ने कुरा विभिन्न घटनाक्रमले प्रमाणित गरेको छ । आन्दोलनलाई डाइभर्ट गर्नेहरूको बिभिन्न संकास्पद संलङ्नता, अहिले बनेका मन्त्रीहरूको त्यो सितको कनेक्सन, सडकमा उठेको आबाज आदिलाई तुलना गर्दा सबै कुरा स्पष्ट छ भन्ने लाग्दछ ।

    जेनजी आन्दोलन, त्यसमा सहभागी पात्र, सेनाले भनेको स्टेकहोल्डर, सेनाको भुमिका लगायत तमाम विषय त प्रस्नै प्रश्नको घेरामा छन् । तर मन्त्री छान्ने कुरा समेत जसरी प्रश्नको घेरामा छ । त्यो कुराले देश थप अफ्‌ठेरो र प्रतिगमनको सिकार बन्दैछ भन्ने कुरामा कुनै सन्देह छैन । अहिले पनि केहि युबाहरू सडकमा छन्, आक्रोश कम भएको छैन, आन्दोलन गलत मान्छेको पकडमा गयो भन्ने पनि जेनजीहरू नै छन् । यो भन्दा र सैनिक साशन र राजतन्त्र भएको नै सहि भन्ने भाबना त्यत्तिकै छ, रोजगारको बाटो केहि छैन, वैदेशिक रोजगारका बाटोहरू पनि बन्द हुदै गैरहेकाछन् । आन्दोलनकारी भनौदाहरू टोलेगुण्डा जस्ता देखिन्छन् । लामो समयदेखि राजनीतिक आन्दोलनमा लागेका सुझबुझपुर्ण बौद्धिक युबाहरूको पनि कमि छैन । यसरी हेर्दा देशको सङ्कट गहिरिदो छ । त्यसैले सरकारको नेतृत्व गर्नेहरूले केहि ति टोलेगुण्डा टाइपका कथित जेनजीहरूलाई चित्त बुझाने काम गर्ने कि बास्तबिक जेनजीको माग सम्बोधन गर्ने ? यो कम चुनौतीको कुरा हैन । त्यसैले यो बिसम अवस्थामा राजनीतिक ब्यक्ति नभएर नेतृत्व समालन गारो हुनेछ । राजनीतिक ब्यक्ति भनेको केबल राजनीतिक पार्टीको नेता मात्र हैन । त्यो विषयमा गम्भीर बन्न सुसिला कार्कीको अझै पनि ध्यान जान जरुरी छ ।

    सोमबार, असोज ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.