दाङ । अमेरिकी सैन्य निकाय हिन्दप्रसान्त रणनीति (आइपिएस) अन्तर्गत रहेको सहश्राब्दी चुनौती निगम (एमसिसी) सम्झौताको विरोधमा दाङमा सभा सम्पन्न भएको छ ।
Advertisement
२०७७ असार ९ गते दाङको घोराहीमा आयोजित विरोध सभामा बोल्ने वक्ताहरूले देशको राष्ट्रियता र स्वाधीनता विरोधी भएको हुनाले एमसिसी खारेज गर्नुपर्ने कुरामा जोड दिनुभयो । एमसिसी सम्झौता विरुद्ध आन्दोलनरत संयुक्त सङ्घर्ष समितिको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले उक्त आवश्यकतामा जोड दिएका हुन् ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, नेकपा (क्रान्तिकारी–माओवादी) का केन्द्रीय सदस्य समीर केसी, नेकपा (माले) का जिल्ला सदस्य कपिल पोख्रेल र राष्ट्रिय जागरण मञ्चका प्रतिनिधि कृथिपाल चौधरीले मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रमको सहजीकरण सुशील पोख्रेलले गर्नुभएको थियोे ।