• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कार्यकर्ताहरूमा हुनपर्ने आवश्यक गुणहरू


  •   सोमबार, असोज ०६, २०८२ मा प्रकाशित
  • एउटा सङ्गठनकर्ता स्वंयमा एउटा रुख हो । उ जहा बिरुवा बनेर पस्छ, त्यहाँ बस्छ, जराहरू (सैद्धान्तिक ज्ञान) फैलाउँदै हाँगाबिंगा रुपी कार्यकर्ताहरू समेत जन्माउँदै जान्छ । त्यती मात्र होइन, आफ्‌नो आसपासमा धेरै कार्यकर्तारुपी रुखहरू पनि बलिया पिलरको रुपमा स्थापित गर्ने प्रयास गरिरहन्छ । मैले आफुले बुझेको सिकेको आधारमा संक्षिप्त रुपमा बुँदागत रुपमा कार्यकर्ताहरूमा हुनुपर्ने गुणहरू बारे थोरै लेख्ने प्रयास मात्र गरेको छु । तपाइहरूको सुझाव सल्लाहले यो लेखलाई पुर्ण रुप दिन र मलाई थप ज्ञान लिन मद्धत मिल्ने आशा गरेको छु ।

    Advertisement

    १. नीति, सिद्धान्तप्रति स्पष्ट :

    एउटा सङ्गठनकर्ता स्वंय सङ्गठन/पार्टीको, नीति सिद्धान्त, विधान र दीर्घकालिन कार्यक्रम बारे कार्यकर्ताहरू स्पष्ट हुन आवश्यक छ । यदी कार्यकर्ता स्पष्ट छैन भने सङ्गठनमा तात्कालीन र दिर्घकालिन रुपमा नै नकारात्मक असर पर्न सक्छ ।

    २. अध्ययनशिल :

    कुनै पनि कार्यकर्ताहरूमा अध्ययनशिल हुनैपर्ने गुण हो । निरन्तर अध्ययन गर्ने कार्यकर्ताहरूले नयाँ नयाँ कुराहरू सिक्ने र आफुभन्दा तल्लो तहको कार्यकर्ताहरूलाई सिकाउने गर्न सक्छ जस्ले गर्दा एउटा सक्षम, जुझारू र दक्ष सङ्गठनकर्ता उत्पादन गर्न मद्बत मिल्छ ।

    ३. सङ्गठनात्मक पद्धतिलाई पालना गर्ने :

    सङ्गठनात्मक पद्धबतीलाई दह्रयोसँग पालना गर्ने कार्यकर्ताहरूले नै पार्टी/सङ्गठनलाई मजवूत तथा सुदृढ पार्न सक्छन् । अतः हरेक सङ्गठनकर्ताहरूले अनिवार्य रुपमा सङ्गठनात्मक पद्धतीलाई दह्रोसँग पालना गर्ने गराउने विषयमा गम्भीरता पुर्वक ध्यान दिनुपर्दछ ।

    ४. आत्मविश्वास :

    आत्मविश्वासले कार्यकर्ताहरूमा जोस पैदा गर्छ र समग्र सङ्गठन/पार्टीमा गुणात्मक विकास गराउछ । आत्मविश्वास त्यस्तो चमत्कारिक वस्तु जस्ले मानव जीवनको कठिन र संघर्षरत जीवनलाई स्वणिम बनाइदिन्छ र कार्यकर्ताहरूका आशा, विश्वास र कामकर्तव्यका आकुराहरूमा मानाँै अमृत वर्षा नै गराइ दिन्छ ।

    ५. सहयोगी :
    जनता र कार्यकर्ताहरू कुनैपनि पार्टी/सङ्गठनको अमुल्य सम्पतीहुन उनको संरक्षण र सहयोग बिना पार्टी/सङ्गठन मजवूत, क्रियाशील सुदृढ रुपमा स्थापित गर्न सकिदैन त्यसकारण प्रत्येक कार्यकर्ताहरूमा सहयोगी भावनाले ओतप्रोत हुन अति आवश्यक छ ।

    ६. मिलनसार तथा जनपक्षिय स्वभाव :

    जनता विच घनिष्ठ सम्वन्ध कायम गरि आफनो पार्टी/सङ्गठनको नीति सिद्धान्त जनस्तरमा घनिभुत रुपमा स्थापित गर्न आफु जनपक्षीय र मिलनसार हुनै पर्दछ । ताकी हाम्रो विचार ठिक छ भन्ने लागेपछी जनतालाई समर्थक, सदस्य हुदै कार्यकर्ताहरूकै रुपमा परिवर्तन गर्न सकिन्छ ।

    ७. जुझारू तथा दक्ष :

    दक्ष्य र जुझारुपन सङ्गठनका सबै कार्यकर्ताहरूको लागि न भै नहुने गुण हो । दक्ष कायकर्ताहरूले परिस्थितिको ठोस मुल्याङ्कन गरी कुनै पनि समस्याको तत्काल निवारण समाधानको उपाय खोज्न सक्छन् । उसँग भएको जोस तथा हौसलाको साथ जुझारुपन सहितको दक्षताले सयौँ मानिसहरूलाई सहि र गलत के हो भन्नेकुरा बुझ्न र बुझाउन मद्धत मिल्छ । जस्ले गर्दा त्यस्ता कार्यकर्ताहरूको नजीक धेरै जनसमुदाय रहने गर्दछ ।

    ८. निजी स्वार्थलाई भन्दा सामुहिक स्वार्थलाई महत्व दिने :

    वर्तमान सामाजिक संरचनामा धेरै मानिसहरू तथा राजनैतिक कार्यकर्ताहरूको सोच व्यक्तिगत फाइदा अर्थात निजी स्वार्थमा नै देखिन्छ । त्यही कारण हो कि जनताले राजनीति र सङ्गठनका कुरा गर्दा समेत जुन जोगी आय पनि कानै चिरेको भन्ने नैराश्यपूर्ण अभिव्यक्ती दिने गरेको पाइन्छ । यो विचार देश विकासको लागि सहि होइन । यस्ताप्रकारका विचारले कैयन दुष्प्रभाव ल्याउँछन् । जबकी सामुहिक हितको बारेमा सोच्ने व्यक्ति व्यक्तिगत रुपमा पनि स्थापित हुन्छ ।

    ९. कमजोरीहरूलाई सहर्ष स्वीकार गर्ने :

    कतिपय कार्यकर्ताहरूमा सङ्गठनात्मक कार्यको नाममा सिनको नभाच्ने, आफना कमि कमजोरीहरू माथी सधै पर्दा हाल्ने, बरु अनावश्यक विवादहरू ल्याउने र क्रियाशील सक्रिय साथीहरूलाई कमजोर पार्न खोज्ने, चाप्लुसी चम्चा बन्न खोज्ने प्रकारका व्यवहार पनि देखिन सक्छन् । यस्तो रोग सबैभन्दा घातक रोग हो । यसलाई समय मै निवारण गर्नपर्छ र कार्यकर्ताहरूले आफै आफनो कमजोरी हटाउन लगातार लागिरहन पर्दछ ।

    १०. जिम्मा लिने र पुरा गर्ने :

    प्रत्येक कार्यकर्ताहरूले आफुले सङ्गठनको कुनै न कुनै जिम्मा लिने र त्यो जीम्मालाई पुरा गर्ने बानि बसाल्नु पर्दछ । यसोगर्दा आफु क्रियाशील हुने र धेरै कुराको अनुभव लिने, सिक्ने, बुझ्ने मौका मिल्दछ र सौद्धान्तिक स्पष्टतामा अझ निखार आउँछ ।

    ११. भौतिकवादी दृष्टिकोण :

    दृष्टिकोणले नै देशको समग्र संरचनाको निर्माण गर्दछ । रुढिवादी, अन्धविश्वास, अलौकिकता माथी विश्वास गर्ने सामाजिक संरचनाले समाजलाई सधै पछाडि नै धकेलीरहेको हुन्छ जवकि भौतिकवादी दृष्टिकोणले विज्ञान र प्रविधिको प्रतिनिधित्व गर्दछ र समाज परिवर्तन तथा विकासको लागि प्रेरित गर्दछ । यसरी कार्यकर्ताहरूको भौतिक ज्ञानले समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका निभाउँछ ।

    १२. सामुहिक निर्णय र व्यक्तिगत सक्रियता :

    कुनै विषयमा सामुहिक छलफलपछि गरिएको निर्णयलाई कार्यान्वयन गर्न व्यक्तिगत सक्रियता जिम्मेदारी वोधको साथ निकै आवश्यकता पर्दछ । सामुहिक रुपमा गरिएको निर्णयहरू कार्यान्वयन गर्न कार्यकर्ताहरूको सक्रियता माथी नै निर्भर हुन्छ ।

    १३. नेतृत्व को अधिनस्थ रहने :

    वुर्जुआ पार्टी सङ्गठनहरूमा जस्ले जे गरे पनि हुन्छ तर हाम्रा जस्ता सङ्गठनहरू/पार्टिमा सबै कार्यकर्ताहरू नेतृत्वको अधिनस्त भएर काम गर्नुपर्दछ जसले गर्दा अनुचित र अराजकताको परिस्थिति बन्न पाउँदैन । कार्यकर्ताहरू एकढिक्का भएर कार्यक्षेत्रमा लाग्न सक्छन र सङ्गठनात्मक पद्धतीमा सबै कार्यकर्ताहरूलाई दृढ बनाउन सकिन्छ ।

    १४. आलोचनालाई सहज रुपमा आत्मसात गर्ने :

    भनिन्छ मान्छे गल्तीहरूको पुतला नै हो तर गल्ती गरेको थाहा लागेपछि पश्चाताप गर्नु वा अरुले गरेको आलोचना सहजता पुर्वक स्वीकार गर्नु नै सङ्गठनात्मक नैतिकता हो । यसरी कमजोरीहरू स्वीकार गर्ने व्यक्तिको स्वाभाव, चरित्र र नैतिकता पनि गुणात्मक रुपले सुधार हुन्छ ।

    १५. कार्यक्रम तथा बैठकहरूमा अनिवार्य उपस्थितहुने :

    कार्यकर्ताहरूको सक्रियता तथा उसको भुमिकाको संगठनिक कसी हो । उसको विभिन्न कार्यक्रमहरूमा तथा बैठकहरूमा उपस्थिति तथा छलफलमा भाग लिने बानीले स्पष्ट हुन र गतिविधिहरूलाई सक्रियतापुर्वक परिचालित गर्न मद्धत मिल्दछ ।

    १६. तल्लो समितिका कार्यकर्ताहरूको मुल्याङ्कन पारदर्शीरुपमा गर्ने :

    आफुभन्दा तल्लो समितिका कार्यकर्ताहरूको क्षमता तथा कार्यकौशलताबारे पारदर्शी रुपमा मुल्याङ्कन । गरेर मात्र कार्यकर्ताहरू मार्क्सवादी लेनीनवादी तरीकाबाट काम गर्न सिक्न र सिकाउन सक्ने छौँ ।

    १७. निर्णय ठोस र अविलम्ब लिन सक्ने :

    यसप्रकारको गुण भएको कार्यकर्ताहरू समाजमा सजिलै पहिचान बनाउन र सामाजिक कार्यमा नेतृत्व गर्न सक्छन । उनीहरूले सामाजिक, राजनैतिक र व्यवहारिक अप्ठाराहरूसँग सजीलै सङ्घर्ष गर्दै निकास दिलाउन सक्छन् ।

    १८. आफनो मुल्याङ्कन आफै नगर्ने :

    कतिपय मान्छेमा मपाइको भावना पनि हुन्छ । उनीहरूले थोरै सक्रियता देखाउदा, केही थोरै बढि काम गर्दा, केही अप्ठाराहरूमा सफलता पाउदा आफनो मुल्याङ्कन आफै गरि मख्ख पर्ने प्रवृति हुन्छ। म यती वर्षदेखि काम गरेको, यस्ता नेताहरूसँग रहेको आदि कुरा गरि मपाइको भावना प्रस्तुत गर्ने बानी कतै ठिक होइन ।

    १९. आन्दोलनहरू तथा प्रशिक्षणहरूमा निरन्तर भाग लिइरहने :

    आन्दोलनहरू तथा कार्यक्रमहरूबाटै व्यवहारिक ज्ञान पाइन्छ त्यसमा निरन्तरताले कार्यकर्ताहरूलाई दक्षता, क्षमता, सभ्यता र अनुशासित बन्न बनाउन ठूलो भूमिका निर्वाह गर्दछ ।

    २०. अनुशासित र वजनदार व्यक्तित्व :

    कुनै कार्यकर्ताले पार्टी, सङ्गठनको नीति नियम जन समक्ष लागु गर्न गराउन आफु अनुशासित, दक्ष र वजनदार व्यक्तित्वको रुपमा स्थापित हुन आवश्यक रहन्छ ।

    २१. गोपनीयता राख्ने :

    खासगरि मार्क्सवादी, लेनिनवादी पार्टी सङ्गठनहरूले गोपनीयतालाई सबैभन्दा वढी घनिभुत भएर पालना गर्दछन् । आन्तरिक विषयहरूलाई बाहिर ल्याउनु वा सार्वजनिक गरिनुलाई कहिलै पनि स्वीकार गर्न सकिदैन । तसर्थ गोपनीयताको दह्रो पालन नै सङ्गठन मजवूत आधार हो ।

    २२. आफुभन्दा तल्लो कमिटीलाई अभिभावकत्व महसुस गराउन सक्ने :

    एउटा सफल कार्यकर्ताको जिम्मेदारी आफु अधिनस्त काम गर्ने कार्यकर्ताहरू तथा तल्लो समितिलाई पुरा रेखदेख सहितको अभिभावकत्वको महशूस दिलाउन पर्दछ । त्यसो गर्दा उनीहरूलाई जनवाद र केन्द्रीयताबारे बारम्बार स्पष्ट पार्दै जानु पर्दछ । जसले गर्दा माओले भने झै ‘हजारौँ फुल फुल्न देउ, सयौँ प्रतिभा जन्मन देउ’को व्यवहारिकता कार्यान्वयन हुन सक्छ ।

    २३. रक्सी, जुवा तास समेत सबै सामाजिक विकृतिबाट टाढा रहने :

    एउटा असल सङ्गठनकर्ता वा सामाजिक कार्यकर्ता पुरा समाजको दर्पण पनि हो । हामीले गर्ने व्यवहार, खानेपिने शैली, बोलचाल र उठबस समेतले धेरैजनालाई प्रभाव पार्दछ । कार्यकर्ताले मध्यपान तथा जुवातास लगाएतका सामाजिक विकृति विरुद्ध को आन्दोलन वा सभ्य समाज निर्माण को जिम्मेदारी आफुले त्यी सवै सामाजिक विकृति विरुद्ध संघर्ष गरेर मात्र पुरा गर्न सक्दछ।

    सोमबार, असोज ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.