• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रधानमन्त्रीको विद्वत खिसिट्युरी र भजन मण्डली


  •   मङ्गलबार, असार ०९, २०७७ मा प्रकाशित
  • कमल शिशिर
    यतिबेला विश्व कोरोना भाइरससँग जुधिरहेको छ । विश्वका शक्तिराष्ट्र पनि यस महामारीबाट थलिएका छन् । लाखौँको सङ्ख्यामा मान्छेको मृत्यु भइसकेको छ र सङ्क्रमितको सङ्ख्या झन् झन् थपिँदो छ । विश्वका कैयन् मुलुक यो महामारी नियन्त्रणका लागि अनेकौँ खोज–अनुसन्धानमा तल्लीन छन् । नेपाली जनता पनि यो महामारीसँग आफ्नै बलबुताले लडिरहेका छन् । हजारौँको सङ्ख्यामा देशमा सङ्क्रमित रहेका छन् ।

    Advertisement

    देशको शासनसत्ता यतिबेला दुईतिहाइको कम्युनिस्ट सरकारको काँधमा छ । यसको नेतृत्व शक्तिशाली नेकपाका शक्तिशाली अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् । आम नेपाली जनताको अभिभावक बन्नुपर्ने केपी शर्मा ओलीको व्यवहार तदअनुरूप नहुनु निकै दुखद पक्ष बनेको छ । यहाँ प्रधानमन्त्रीका अनेक पक्षका बारेमा नभई उनले निर्वाह गर्नुपर्ने अभिभावकीय भूमिकाबाट च्यूत भएको अवस्था र उनले गरिरहेको मजाकको बारेमा टिप्पणी गरिँदै छ ।

    सत्तामा ओली
    महाकाली सन्धि पारित गर्दा नेपाली काङ्ग्रेस र राप्रपाको संयुक्त सरकार भए पनि विपक्षी दलको तर्फबाट प्रमुख प्रतिपक्षी नेता तत्कालीन एमालेका माधवकुमार नेपाल र सन्धि अध्ययन कार्यदलका संयोजक केपी ओली जोडतोडले लागेका थिए । तत्कालीन पार्टीफुटका कारण पनि महाकाली सन्धि नै बन्यो । त्यतिबेला खासगरी केपी ओलीले सन्धिको पक्षमा पैरवी गरेकाले उनको राजनीतिक जीवनभरि उनी कलङ्कित बन्नुपरेको छ ।

    आफ्नो राजनीतिक जीवनमा लागेको धब्बा मेटाउने अस्त्रका रूपमा नेपालले जारी गरेको संविधान २०७२ आफ्नो हितअनुकूल नआएपछि भूकम्पले थिलोथिलो भएका नेपाली जनमाथि भारतले लगाएको नाकाबन्दीका विरुद्ध स्वर मुखरित पार्ने मौका पाए । भारतका विरुद्ध चर्काे भाषण गरेर उनी फेरि रातारात नायक बने । महाकाली सन्धिमा महाकालीसँगै बगेको उनको राष्ट्रवादी आवरणले फेरि पदार्पण ग-यो । खोक्रो राष्ट्रवादी छवि नै उनलाई सत्तामा पु-याउने भ-याङ बन्यो । जनताले उनलाई पत्याए पनि ।

    माओवादी आन्दोलन विसर्जनको मोडमा पुगेपछि सफल आरोहणको मौका पर्खेर बसेका प्रचण्डले पार्टीलाई एक प्रकारले एमालेमा विलय गराएपछि बनेको गठजोडले केपी ओली दोश्रो चोटि सत्तामा आसिन छन् । केपी ओली सत्ताको मदहोसले लट्ठ छन् । उनको सत्ताले नेपालका थुप्रै तेह्रथुम र आठराई बिर्सिसकेको छ । सत्ताको भाषा र आम मान्छेको जीवनको परिभाषाबिच ठुलो खाडल रहेको हुन्छ र हाल उनको सत्ता यो खाडल झन् गहिरो बनाउन तल्लीन देखिन्छ । सत्ताले भुइँ मान्छेको जीवन पनि जीवन ठान्दो हो त सूर्यबहादुर तामाङ र मलर सदाहरू सदाका लागि बोली र चोला भुल्ने थिएनन् । सत्ताको बोलीले भोक उन्मूलन गरेको केही दिनमै ।

    ओलीको बोली
    केपी ओली नेकपाका नेता हुँदा र सरकारका कार्यकारी प्रमुख हुँदा उनको अख्तियारी, पदीय दायित्व र उनले आम जनसमक्ष प्रस्तुत गर्ने व्यवहारले ठुलो अर्थ राख्छ तर देशका कार्यकारी नै आफ्नो पदीय जिम्मेवारी र जनताले दिएको अभिमत जब बिर्सन्छन्, तब प्रहसनका लागि रङ्गमञ्च जानुपर्दैन । सधैँ छुच्चो व्यवहारमा रमाउने उनी जनतालाई गफैगफमा रनभुल्ल पारिरहेका छन् । विगतमा पनि उनी आफ्नै पार्टीभित्र रहेका अलग वैचारिक या साङ्गठनिक खेमाका नेता कार्यकर्तालाई या पार्टीबाहिरका विपक्षी दलका नेता, नागरिक समाज र बुद्धिजीवीप्रति निर्मम भई निकै तल्लोस्तरको भाषा र बोली प्रयोग गर्ने गरेको कुरा नौलो हैन । कम्युनिस्ट नेता तथा झापा आन्दोलनका उनकै सारथी राधाकृष्ण मैनाली र सिपी मैनालीले थुप्रै अन्तरवार्ता तथा संस्मरणमा केपी ओली जेल रहेकै समयमा पनि अनेक गफ दिने गरेको बताउँछन् ।

    कहिले तराईमा दुई/चार आँप झर्दैमा केही हुँदैन भनी मृतकका परिवारको संवेदनालाई मजाकमा उडाउने, कहिले अलच्छिनी सरकारले गर्दा दिनहुँ गाडी पल्टिने गरेको कुरा सार्वजनिक भाषणमा भन्ने, कहिले बुद्धिजीवीलाई थला पारिदिन्छु भन्ने त कहिले पत्रकारले राम्रो लेख्न जान्दैन, यो देशमा मुटु नभएका सम्पादक छन् भनेर उनी आफ्ना विरोधी तथा आलोचकप्रति निकै निम्छरो अभिव्यक्ति दिने गरेका छन् । आफूलाई कम्युनिस्ट बताउने राजनीतिक दलका नेताको सार्वजनिक बोलीमा लच्छिन र अलच्छिन हुन्छ भने व्यवहारमा के अपेक्षा गर्ने ?

    हुन त यसमा अचम्म मान्नुपर्ने त्यति ठुलो कुरा नै छैन, जो सीमित स्वार्थ समूहमा रहेको छ र उसका वरिपरिका मान्छे यस्तै प्रवृत्ति बोकेर प्रधानमन्त्रीलाई सल्लाह दिने गर्छन्, जसका आधिकारिक भाषामा बोक्सी, डायन या छौँडाहरू भेटिन्छन् । सरकारलाई सही मार्गदर्शन गर्न भनेर नियुक्त भएका पात्रहरू आफ्नो काम र कर्तव्य बिर्सेर सार्वजनिक मञ्चमा आफ्ना विरोधी तथा आलोचकप्रति हदैसम्म निर्मम र तल्लो स्तरमा झरेर गाली गरिरहेका हुन्छन् र सरकारको सुरक्षाकवचको रूपमा उभिएर गोयल्बस शैलीमा सरकारको प्रचारमा तल्लीन रहन्छन् । विषयको गाम्भीर्यताको आँकलन र अध्ययन बिनै महाकाली सन्धिले देशलाई कायाँपलट गराउँछ भनेर अर्बौंको हिसाब दिनेदेखि घरघरमा ग्याँसको पाइप जडानसम्मका कहिले के र कहिले के अन्टसन्ट बोलीले जनताको विरोधको स्वरलाई मोड्न सिपालु ओली यतिबेला डाक्टरी विद्वतामा लागेका छन् ।

    समूहका नेता
    जब मान्छेले आफ्नो असफलताको गन्ध थाहा पाउँछ, जब मान्छेले आफ्नो अलोकप्रियताको हावा उडेको थाहा पाउँछ, तब ऊ आफ्नो बचेखुचेको साख जोगाउनका लागि अनेक कुकृत्य गर्न पछि पर्दैन । सरकारको हालत अहिले यस्तै छ । तिनै तहका सरकारमा स्पष्ट बहुमत भएको नेकपाले जनतासँग गरेका वाचा बिर्सेर कुहिरोको काग बनेर रुमल्लिइरहेको छ । आम जनता र उनीहरूको मनोभावना तथा मतको खिल्ली उडाउँदै तिनै तहका सरकार सीमित समूह र दलाल प्रवृत्तिसँग नजिकिँदा जनताले झन् असुरक्षा, अविश्वास र धोका महशुस गर्न बाध्य भएका छन् ।

    काण्डैकाण्डले मुछिएको सरकार कामकुरो एकातिर, कुम्लो बोकी थिमीतिर भने झैँ भएको छ । केपी ओली स्वयम् उनीहरूको प्रतिरक्षामा उत्रन्छन् । किनकि उनलाई जनताको माया छैन । मायाभन्दा ज्यादा मोह आफ्नो सीमित समूहको छ । भर्खरै मात्रै आइओएमको डिन नियुक्ति प्रकरण एक प्रतिनिधि घटना मात्रै हो । उनी आफ्नै पार्टीमा फरक मत राख्नेहरूमाथि कसरी प्रस्तुत हुन्छन् भन्ने कुरा मन्त्रिमण्डलबाट गोकर्ण विष्ट, लालबाबु पण्डितको बहिर्गमनले पुष्टि गर्छ ।

    सरकारका मन्त्री र संस्थान कोरोना कहरमा पनि भ्रष्टाचारमा लिप्त छन् । निर्मला हत्याकाण्डदेखि यति र ओम्नी काण्डका विरुद्धमा युवाहरू स्वतःस्फूर्त सडकमा निस्किएका छन् । सरकारको असफलता छोप्नका लागि सरकारी भजनमण्डलीका सदस्यहरू जोडतोडले लागिपरेका छन् । यसको नेतृत्व स्वयम् नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

    व्यक्तिगत जीवनमा खासै लोभ गर्नुपर्ने कारण केही नभएका, जसरी भए पनि मृत्युलाई जितेर नाफाको जीवन बाँचिरहेका प्रधानमन्त्रीले किन ऐतिहासिक कार्यभार बिर्सन्छन् ? किन सीमित स्वार्थ समूहबाट माथि उठ्न सक्दैनन् ? के उनलाई अब जनताको अभिमतले कत्ति पनि फरक पार्दैन ? उनको आफ्नो प्रत्यक्ष हित नजोडिएको समूहलाई किन उनी मलजल गरिरहन्छन् ? किनकि उनी देशका लागि जहिले पनि अभिभावकीय जिम्मेवारी बहन गर्न असक्षम छन् ।

    जनमजाक र ओली उपचार पद्धति
    प्रतिनिधि सभाको बैठकमा पूर्वस्वास्थ्य मन्त्री तथा नेपाली काङ्ग्रेसका सांसद गगन थापाले कोरोना नियन्त्रण तथा रोकथामसँग सम्बन्धित प्रश्न गर्दा प्रधानमन्त्रीले आफूलाई विद्वत डाक्टर झैँ गरी कोरोनालाई सामान्य रूपमा परिभाषित गर्दै उनलाई खिसिट्युरी गरेका छन् । सांसदहरू प्रधानमन्त्रीको खिसिट्युरीमा आफूलाई प्रहसनको रमिते स्वीकार गरी ताली बजाउँछन्, हाँस्छन् । कोरोनाका कारण मर्माहत भएका आम नेपाली जनतामाथिको मजाकले पोल्दैन माननीयज्यूहरू ? स्वास्थ्यमन्त्रीले आफ्ना असफलता छोप्नका लागि किताब प्रकाशन गरेका छन् ।

    गाउँ आएर आँगन टेक्न नपाई प्राण त्याग गर्नेहरूको शोकले गिज्याउँदैन यो सरकारलाई ? मृत्यु भएपछि पिसिआर रिपोर्ट बताउने मन्त्रालयको हरिबिजोगलाई कुरी कुरी लाग्दैन ? गत बिहिबारको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै पुनः प्रधानमन्त्रीले कोरोनालाई हलुका ढङ्गले विश्लेषण गरेका छन् । ओलीले भने झैँ हाम्रो भान्सामा धेरै औषधीय गुण भएका परिकार पाक्छन् । बेसारका औषधीय गुण धेरै छन् । तर हाछ्युँ र बेसारकै भरमा कोरोनालाई जित्न सकिन्छ भनेर संसदमा बोल्नु नेपाली जनतामाथिको चरम मजाक भएन र ?

    विदेशमा कति नेपालीको कोरोनाले गर्दा ज्यान गएको छ । कति महिनौँदिनदेखि खान नपाएर तड्पेका छन् । दूतावासका कर्मचारी आफूलाई राजा र श्रमिकलाई रैतीको व्यवहार गर्छन् । क्वारेन्टिन रोग सार्ने अखडा बनेका छन् । भारतबाट आएकाको मुस्किलले आरडिटी गरी कतै नडुल्ने कसम खुवाएर गाउँ पठाइएको छ । क्वारेन्टिनमा न त खानको उचित प्रबन्ध छ, न त बस्नको नै । पिउने पानी गतिलो छैन, शौचालयको हाल उस्तै छ । सुरक्षाले गिज्याइरहेको छ र अनेक पीडा सहेकी महिला बलात्कृत हुन्छिन् । जेनतेन विदेशबाट फर्कन थालेकालाई महङ्गो टिकट शुल्कले जबरजस्त च्याँपिएको छ । श्रमिक तथा ज्यालामजदुरी गर्नेको ठुलो सङ्ख्या भोकमा छ । अरू कुनै रोगले अस्पतालको शैया नपाएर थुप्रै बिरामीले ज्यान गुमाउनुपरेको छ । थुप्रैको सङ्ख्यामा गर्भवती तथा सुत्केरी महिलाको मृत्यु भइसकेको छ । डिप्रेसनका कारण आत्महत्याको आँकडा डरलाग्दो बनेर निस्केको छ ।

    कोरोनाका कारण मृतकका परिवारले आफ्नो धार्मिक तथा सांस्कृतिक परम्पराबमोजिम अन्तिम संस्कार गर्न पाएका छैनन् । लकडाउन खुकुलो बनाएको भन्ने सरकारले निजी यातायातलाई प्रोत्साहन गरेको छ, जबकि अधिकांश जनताले सार्वजनिक यातायातको भर पर्नु पर्छ । यस्तो अवस्थामा परीक्षणको दायरा व्यापक बनाएर कोभिडलक्षित अल्पकालीन तथा दीर्घकालीन कार्यक्रम तथा योजना कार्यान्वयनमा जानु, जनतालाई अधिकतम सुरक्षित राख्ने प्रबन्ध मिलाउनु र भुइँमान्छेका लागि सरकार छ है भन्ने आभास गराउनुको साटो बेसार र अदुवाको विद्वता छाँट्दै भाषण गर्ने प्रधानमन्त्रीज्यू ?

    कोरोनालाई हलुका ढङ्गले लिँदा र खिसिट्युरी गर्दा शक्तिराष्ट्रको हालत के भो ? छर्लङ्ग छ । कुन दिन देशका प्रधानमन्त्रीले अब बेसार र अदुवाले गर्न नसकेको काम भगवान श्री पशुपतिनाथले गर्छन् भन्ने छन् । उनको स्तुति गरौँ, जप र पूजा गरौँ, कोरोना उडिहाल्छ भन्न बेर छैन । भजन मण्डलीले जनताको पीडामाथि ओलीको मजाकीय विद्वताको जयजयकार गर्दै ताण्डवनृत्य गर्ने हुन् । प्रकृतिले हरेकलाई केही खास क्षमता र दुर्लभ गुण दिएको हुन्छ । हरेक मान्छेसँग हास्यरस हुन सक्दछ, उत्तिकै कवि मन पनि । तर त्यसको प्रयोग कुन सापेक्षतामा रहेर गर्ने भन्ने विषय प्रधान हुनुपर्दछ । समस्याका चाङ र जनताको पीडाले पीडित भएर मानौँ उनी कुनै साँझ आफ्नो मन बहलाउन बाँसुरी बजाउँछन् । कुनै दिन कविता लेखेर जनतालाई फुल्याउँछन् । तर यथार्थमा यो सबै घटनालाई विषयान्तर गर्ने चलाखी र कपटी खेल हो ।

    मङ्गलबार, असार ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.