• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

संविधानको दशक र शोकले भरिएको दिवस : सङ्घर्ष, संवेदना र सकस


  •   शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
  • कल्पना पौडेल ‘जिज्ञासु’ ##

    Advertisement

    देशको संविधानले पहिलो दशक पार गरेको यो दिन सामान्यतया राष्ट्रिय गौरवको उत्सव हुनुपर्ने हो । इतिहासका थुप्रै मोड पार गर्दै, जनताको त्याग, बलिदान र सङ्घर्षले लेखिएको संविधानको दशक हाम्रो साझा यात्राको एउटा महत्त्वपूर्ण अध्याय हो तर बिडम्बना झ् यसपटक हामी त्यो उत्सव मनाउन सक्ने अवस्थामा छैनौँ । संविधान दिवस आउनुअघि नै मुलुक शोकमा डुब्या† सडक र चोक रगतले रञ्जित भए† निर्दोष नागरिकका शवले राष्ट्रको विवेक हल्लायो ।

    नेपालमा आन्दोलन दशक–दशकमा किन दोहोरिन्छन् ? यसको उत्तर गहिरो छ । परिवर्तनको अपेक्षा बोकेका जनताले फेरि फेरि आफ्नै नेताबाट धोका पाउँछन् । जनआन्दोलन भ्रष्टाचारको अन्त्य, सुशासन, समावेशिता र न्यायको माग बोकेर उब्जिन्छन् तर दुर्भाग्यवश आन्दोलनको अगुवाइ फेरि त्यसै पुरानो शक्तिकेन्द्रमा फर्किन्छ, जहाँ सत्तास्वार्थ र सत्तालिप्सा जरा गाडेर बसेका हुन्छन् ।

    योपटक आन्दोलनमा उत्रिएको थियो, हाम्रो जेनजी पुस्ता, नयाँ युगको प्रतिनिधि, प्रविधिसँग चल्ने, सामाजिक न्यायको गहिरो चेत बोकेको जागरुक पुस्ता । उनिहरूको माग सादा थियो, सोसल मिडियाको स्वतन्त्रता, शिक्षा र रोजगारीको समान अवसर, भ्रष्टाचारको अन्त्य तर सरकारले आफ्नै नागरिकलाई संवादको भाषामा होइन, गोलीको भाषामा जवाफ दियो ।

    विद्यालयको पोसाकमै रहेका बालबालिकालाई टाउकामा गोली हानेर हत्या गरिनु—यो केवल मानवअधिकारको उल्लङ्घन होइन, संवेदनशीलताको पूर्ण पतन हो । निर्दोष र निर्मम हत्याले यो संविधान दिवसलाई मात्र होइन, मुलुककै चेतनालाई झस्काएको छ । संविधान र प्रणालीप्रति प्रश्न उठ्न थालेका छन् ।

    २०७२ असोज ३ गते जननिर्वाचित संविधानसभाबाट जारी गरिएको संविधानको औपचारिक घोषणा भएको थियो । देशले पहिलोपटक बहुजाति, बहुभाषा, बहुधर्मको समावेशी संरचना स्वीकारेको थियो । त्यो दिन नेपाली इतिहासमा जनताले आफ्नै हातले बनाएको संविधानको पहिलो पन्ना पल्टाएका थिए तर आज जब त्यो संविधानमाथि प्रश्न उठ्न थालेको छ, जब उसैको रक्षा गर्नुपर्ने सरकार जनताको हत्या गर्दैछ, हामीले आत्मनिरीक्षण गर्नुपर्ने हो । संविधानका राम्रा पक्ष भए पनि प्रणालीमा सुधारको अत्यावश्यक छ ।

    शान्तिपूर्ण आन्दोलनमा अराजक तत्त्वको घुसपैठ हुनु, सरकारी सम्पत्ति जलाइनु, प्रहरी कार्यालयमा आक्रमण हुनु—यी सबै घटनाले आन्दोलनको मूल भावनालाई बदनाम बनायो तर यो सत्य पनि स्पष्ट छ, आन्दोलनकारी सबै अराजक होइनन्, तिनका बीचमा निष्कलङ्क, देशभक्त, भावुक युवा थिए, जो लोकतन्त्रप्रति आस्थावान् थिए । यस्ता संवेदनशील घडीमा सरकारको पहिलो उत्तरदायित्व हुन्छ, संयमता, संवाद र विवेक, गोली होइन ।

    सहिद घोषणा, पन्ध्र लाखको राहत, घाइतेको उपचार खर्च, सहादत दिवस घोषणाजस्ता निर्णय स्वागतयोग्य छन् तर केवल राहत र घोषणाले पुग्दैन, दोषी पहिचान गरेर कानुनी कारवाही नगरेसम्म न्याय अधुरो रहन्छ ।

    आज राजनीतिक दलबाट निराश जनता फेरि निर्दलीयताको मोहमा तानिन थालेका छन् । दलप्रति घृणा चुलिँदैछ तर हामी बिर्सन हुँदैन, बहुदलीय लोकतन्त्र आफैमा समस्या होइन, समस्या त त्यसभित्रको अनैतिक चरित्र, भ्रष्ट प्रवृत्ति र अवसरवाद हो ।

    यदि हामी सबै दललाई एउटै तराजुमा तैलिन्छौँ भने इमानदार र जनपक्षीय नेताहरूको अपमान हुन्छ, जसले जीवनभरि सिद्धान्त र जनताको पक्षमा लडे, तिनीहरूलाई पनि सत्तालोलुपकै साथ उभ्याउने गल्ती नगरौँ । संविधानको रक्षा हाम्रो साझा दायित्व हो । त्यसमा भएका कमीकमजोरीलाई सुधार्ने वातावरण सिर्जना गरौँ । आन्दोलनमा सहिद भएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो शोकलाई शक्ति बनाऔँ ।

    भ्रष्टाचारको अन्त्य, शान्तिपूर्ण आन्दोलनको सम्मान र दोषीमाथि कारबाही सुनिश्चित गरौँ । युवा पुस्तालाई विश्वास, सम्मान र मार्गदर्शन दिऔँ ।
    प्रिय जेनजी पुस्ता, तपाईंको ऊर्जा, तपाईंको विवेक र तपाईंको साहसले नै नयाँ नेपाल निर्माण हुनेछ । इतिहास बुझौँ, वर्तमान चिनौँ र भविष्य निर्माण गरौँ । बाउबाजेको रगतले आर्जेको यो संविधान केवल कागजको दस्तावेज होइन, यो हाम्रो पहिचान हो, रक्षात्मक अवस्थाबाट निकालेर अगाडि बढाउनुपर्ने हाम्रो दायित्व हो ।

    संविधान दिवसको यस चोटिलो घडीमा, सहिदलाई श्रद्धासहित सम्झिऔँ । मुलुकलाई संविधान र न्यायको मार्गमा अगाडि बढाउने सामूहिक सङ्कल्प गरौँ । यस संविधान दिवसमा शोकलाई चेतनामा, पीडालाई परिवर्तनको सङ्कल्पमा रूपान्तरण गरौँ । संविधानप्रति निष्ठा, न्यायप्रति आग्रह, लोकतन्त्रप्रति आस्था र गणतन्त्रप्रतिको सम्मानसहित अगाडि बढ्ने दृढ प्रण गरौँ । सहिदको सपना अधुरो नहोस् । उनीहरूले देखेको समावेशी, समान र न्यायपूर्ण नेपालको निर्माणमा हामी सबै लागिपरौँ । सङ्कल्पसहित सम्पूर्णमा संविधान दिवसको गहिरो र जागरुक शुभकामना व्यक्त गर्दछु ।

    शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.