• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

देशव्यापी तोडफोड, आगजनी वा ध्वंसात्मक कार्यका लागि को जिम्मेवार छ ?


  •   बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
  • दुर्गा पौडेल ##

    Advertisement

    जेनजी आन्दोलनले मुख्य रूपले दुईओटा विषय उठाएको थियो : प्रथम– भ्रष्टाचारको अन्त्य, द्वितीय– सामाजिक सञ्जामाथि लगाइएको प्रतिबन्धको विरोध ।

    हाम्रो पार्टी वा राष्ट्रिय जनमोर्चाले कहिल्यै कुनै प्रकारको भ्रष्टाचार नगरेको आम रूपमा थाहा भएको कुरा हो । हाम्रो पार्टीका अध्यक्ष का. चित्रबहादुर केसी संसदीय लेखा समितिको सभापति हुँदा वा उपप्रधानमन्त्री हुँदासमेत एक रुपियाँ पनि भ्रष्टाचार गर्नुभएको थिएन । हाम्रो पार्टीको तर्फबाट अहिलेसम्म संसद्मा जानुभएका सांसदहरूले कहिल्यै कुनै प्रकारको आर्थिक अनियमितता वा भ्रष्टाचार गरेको एउटा पनि उदाहरण छैन । सरकारले सामाजिक सञ्चालमा लगाएको प्रतिबन्धको पनि हामीले विरोध गरेका थियौँ ।

    भन्ने गरिन्छ, नेपालका राजनीतिक पार्टीका नेता वा उनीहरूका सरकारले अर्थात् प्रधानमन्त्री, मन्त्री वा सांसदले भ्रष्टाचार गरेको हुनाले नै उनीहरूका कार्यालय वा निजी भवनको पनि तोडफोड गर्ने वा आगो लगाउने काम गरिएको थियो । यहाँ या प्रश्न उठ्दछ, जबकि राष्ट्रिय जनमोर्चाका सांसद वा गतकालमा यसको तर्फबाट बनेका सांसद वा मन्त्रीहरू कुनै प्रकारको भ्रष्टाचारमा संलग्न छैनन् वा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने काममा पनि हाम्रो पार्टीले समर्थन गरेको छैन भने हाम्रो पार्टी कार्यालयका भवनमाथि आगो लगाउने वा तोडफोड गर्ने काम किन गरियो ? उक्त जेनजी आन्दोलनको दौरानमा बुटवल, प्युठान, अर्घाखाँची र सुर्खेतका हाम्रो पार्टीका कार्यालय वा संस्थामा तोडफोड गर्ने वा आगो लगाउने काम गरिएको छ ।

    हामीलाई थाहा छैन, के त्यस प्रकारको तोडफोड वा आगलागी जेनजी आन्दोलनकारीले नै गरेका थिए वा त्यसमा घुसपैठ गरेका गलत तत्त्वले ? त्यस सन्दर्भमा यो प्रश्न नउठाईरहन सकिन्न : हाम्रा कार्यालयमा तोडफोड जेनजी आन्दोलनका घोषित उद्देश्य पूरा गर्न नै गरिएको थियो वा अन्य कुनै अवाञ्छित अभिप्रायले ? जेनजीले अगाडि सारेका मागमाथि विचार गर्दा हाम्रा कार्यालयमा आक्रमणका लागि कुनै तर्कसङ्गत कारण देखिन्न । त्यसो भए हाम्रा कार्यालयमा आक्रमणका लागि को जिम्मेवार छ र त्यसका पछाडिको उनीहरूको उद्देश्य के हो ?

    हाम्रो सोचाइ रहेको छ, जेनजी आन्दोलनको दौरानमा देशव्यापी रूपमा तोडफोड वा आगलागी गरिए । त्यसका लागि जेनजी पुस्ताका युवा जिम्मेवार छैनन् र उनीहरूको त्यस प्रकारको कार्यविधि गर्ने योजना पनि थिएन अनि प्रश्न उठ्छ : प्रथम– त्यस प्रकारको तोडफोड वा आगलनीका लागि को जिम्मेवार थियो ? द्वितीय– के जेनजी आन्दोलनका सञ्चालकले उनीहरूको आन्दोलनको बेलामा भएका आगलागी, तोडफोड वा ध्वंसात्मक कार्यको स्पष्ट शब्दमा आलोचना गर्नेछन् ? के त्यस प्रकारको अपराधजन्य कार्यका लागि जिम्मेवार व्यक्तिमाथि कारबाहीको माग गर्नेछन् ? हामीले आशा गर्दछौँ, जेनजी आन्दोलनका आयोजकले त्यसको इमानदारी र दृढतापूर्वक आफ्नो स्थिति स्पष्ट गर्नेछन् ।

    अन्त्यमा एउटा प्रश्न, जेनजी आन्दोलनको बेलामा देशव्यापी रूपमा भएका तोडफोड, आगजनी वा ध्वंसका लागि उनीहरू जिम्मेवार नभएको कुरा अनुमान गर्न सकिन्छ तैपनि यो प्रष्ट छ कि ती सबै तोडफोड वा आगजनी जेनजी आन्दोलनको नाममा नै गरिएका थिए अनि त्यो आन्दोलनका आयोजकले त्यस प्रकारको घुसपैठ वा ध्वंसात्मक कार्यमाथि किन नियन्त्रण गर्न सकेनन् ?

    यसले बताउँछ, उनीहरूमा आवश्यक परिपक्वता, सङ्गठनात्मक अनुशासन वा नेतृत्व नभएको हुनाले नै त्यस्तो हुन गएको हो । त्यसले यो कुरा पनि बताउँछ, कुनै आन्दोलन उठाउनु मात्र पर्याप्त हुँदैन तर त्यसलाई सही प्रकारले सञ्चालन गर्नु पनि त्यत्तिकै आवश्यक हुन्छ, नत्र त्यो आन्दोलनका कैयौँ प्रत्युत्पादक परिणाम हुन सक्छन् । अहिलेको आन्दोलनको दौरानमा देशव्यापी रूपमा जुन ध्वंसात्मक कार्य भए, त्यसले त्यो आन्दोलन सही प्रकारले चल्न नसकेको कुरालाई नै बताउँछ र त्यसबाट भविष्यमा शिक्षा लिनुपर्ने आवश्यकता छ ।

    बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.