• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

विज्ञान दिवस सन्दर्भ : विज्ञान, प्रविधि र हाम्रो गन्तव्य


  •   बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
  • कृष्ण अधिकारी/रासस
    आज राष्ट्रिय विज्ञान दिवस, यस दिनलाई राष्ट्रिय महत्वका साथ मनाउने प्रचलन नहुँदा धेरैलाई जानकारी नहुन सक्छ । हाम्रो जस्तो देशका लागि यो दिवसको सान्दर्भिकता निकै नै रहेको छ । यस वर्ष १३ औँ विज्ञान दिवसको नारा ‘विज्ञान तथा प्रविधि : विकास र उत्पादन वृद्धि’ भन्ने रहेको छ । यस नाराले पनि विकास र उत्पादनलाई महत्व दिएको छ । यसका लागि नीति निर्मातादेखि तल्लो तहका जनतासम्म विज्ञान र प्रविधिमा सक्रिय सहभागिता सुनिश्चित गरी सबै वर्ग, समुदाय, पेसागत क्षेत्रमा विज्ञान तथा प्रविधिका क्षेत्रमा योगदान गराउन प्रेरित गरेको छ ।

    Advertisement

    हरेक देशको समुन्नति र विकासमा विज्ञान र प्रविधिको महत्वपूर्ण स्थान हुन्छ । विज्ञान र प्रविधिले मानव जीवनलाई दिएको योगदानको सम्मान गर्नुका साथै नयाँ पुस्तालाई वैज्ञानिक सोच, अनुसन्धान र नवप्रवर्तनप्रति प्रेरित गर्ने अवसर प्रदान गर्ने हुँदा अनुसन्धान र आविष्कारप्रति अभिरुची बढाउने विशेष दिनको रुपमा लिनुपर्ने हुन्छ । आजको विश्वव्यापीकरणको समयमा अन्तर्राष्ट्रियस्तरमा विज्ञान दिवसले विभिन्न देशबीच अनुसन्धान, आविष्कार र प्रविधि हस्तान्तरणमा सहकार्य बढाउने अवसरको रुपमा पनि लिन सकिन्छ । विज्ञान दिवस केवल स्मरणको दिन मात्र नभई समाजलाई आधुनिक, वैज्ञानिक र दिगो विकासको बाटोतर्फ अग्रसर गराउने प्रेरणादायी दिन हो भन्ने तथ्यलाई सबैले मनन् गर्न आवश्यक छ । विज्ञान र प्रविधिको उचित प्रयोगले नै राष्ट्रको उन्नति हुन सक्छ भन्ने बुझाइबाट प्रेरित भई विज्ञान, प्रविधि र नवप्रवर्तनलाई बढावा दिने र यसको महत्व नागरिकस्तरसम्म बुझाउनु आजको आवश्यकता हो ।

    विज्ञान र प्रविधि आर्थिक विकास, स्वास्थ्य सेवा, सञ्चार, यातायात, ऊर्जा, कृषि, वातावरण संरक्षणलगायतका क्षेत्रमा आधारस्तम्भ भएकाले राज्यले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्छ । आज विश्वका जति पनि विकसित मुलुकहरु छन् तिनको समृद्धिको आधार भनेकै विज्ञान र प्रविधिमा उनीहरुले गरेको विकास नै हो । आज विश्वले नै वातावरणीय सङ्कट, जलवायु परिवर्तन, ऊर्जा सङ्कट र दिगो विकासजस्ता चुनौतीहरुसँग जुध्नु परेको छ । यी समस्याहरुको समाधान कुनै एक देशको प्रयासले मात्र सम्भव नहुने हुँदा विश्व समुदाय वैज्ञानिक उपायको खोजीमा लाग्न ढिला गर्नु हुँदैन । विज्ञान प्रविधिमा लगानी कुल गार्हस्थ उत्पादनको ०.३५ प्रतिशत मात्रै छ । सन् २०२५ मा नवप्रवर्तनको क्षेत्रमा नेपाल १०७ औं स्थानमा रहेको छ । दक्षिण एशियामा विज्ञान प्रविधिमा नेपाल निकै पछि छ । यसले हाम्रो अवस्थालाई चित्रण गर्दछ ।

    नेपाली समाजमा अझै पनि चेतनाको कमी, अन्धविश्वास, कुसंस्कार र परम्परागत गलत धारणा कायमै रहेको छ । त्यस्ता गलत सोचलाई हटाएर वैज्ञानिक सोच र प्रमाणमा आधारित जीवनशैली अंगिकार गर्न सक्षम बनाउन आवश्यक छ । कुनै पनि देशको सामाजिक रूपान्तरण र आर्थिक विकासको प्रमुख कडी विज्ञान र प्रविधिलाई मानिन्छ । विज्ञान र प्रविधिलाई विस्तृत रुपमा नहेरी हाम्रो अवस्था र सन्दर्भसँग जोडेर हेर्नुपर्ने हुन्छ । हाम्रा अति नै मौलिक प्रविधिलाई संरक्षण गर्दै समयानुसार स्तरोन्नति गर्दै लैजानु आवश्यक छ । ठूला अनुसन्धान र विकास हामीले गर्न नसके पनि हाम्रै अनुभव, वास्तविकता र आवश्यकतासँग जोडेर हेर्ने हो भने यसले मुलुकको विकास र उत्पादनमा ठूलो परिवर्तन दिन सकिन्छ । देशका विभिन्न भागमा उपलब्ध प्राकृतिक सम्पदा, स्थानीय ज्ञान र सीपबाट सञ्चालन हुन सक्ने स–साना उद्योगले रोजगारी सिर्जना, उत्पादन र आर्थिक क्रियाकलाप बढाउन सकिन्छ ।

    संविधान कार्यान्वयनमा विज्ञान र प्रविधि

    नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै जारी भएको संविधान कार्यान्वयन भएको पनि १० वर्ष पुग्दैछ । यस संविधानले नयाँ शासन प्रणालीका मूलभूत सिद्धान्तहरुलाई अंगीकार गर्नुको साथै नेपाली जनताको जीवनस्तर माथि उठाउने गरी विभिन्न संरचनाको निर्माण, नीतिगत व्यवस्था र थुप्रै आधारहरु निर्माण गरेको छ । नेपालको संविधान २०७२ मा विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ । संविधानको धारा ५१ (राज्यका नीतिहरू) अन्तर्गत वैज्ञानिक अनुसन्धान, आविष्कार र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उल्लेख छ । शिक्षा, स्वास्थ्य, सूचना, संचार र उद्योग क्षेत्रको विकासमा विज्ञान प्रविधि प्रयोग गर्ने प्रावधान संविधानले स्पष्ट रूपमा गरेको छ । नागरिकलाई सूचना तथा सञ्चार प्रविधिको पहुँच सुनिश्चित गर्ने लक्ष्य संविधानमा राखिएको छ । संविधानले दिएको अधिकार, कर्तव्य र दायित्वलाई व्यवहारमा उतार्न प्रविधिले सहज र पारदर्शी वातावरण सिर्जना गर्छ । यसरी संविधानले नागरिकलाई आधारभूत अधिकार दिएको छ भने विज्ञान तथा प्रविधिले ती अधिकारलाई कार्यान्वयन गर्ने आधार तयार गरेको छ ।

    संविधान कार्यान्वयनमा विज्ञान तथा प्रविधिको भूमिका महत्वपूर्ण रहेको छ । संविधानका मौलिक हकहरुको कार्यान्वयनमा विज्ञान तथा प्रविधि महत्वपूर्ण औजारको रुपमा रहेको छ । शिक्षा, स्वास्थ्य, सूचनाजस्ता आधारभूत विषयहरुमा मात्र होइन नागरिकका आर्थिक अधिकारदेखि सुशासन, विकास प्रक्रियाहरुमा सहभागिताका लागि पनि विज्ञान प्रविधिको पहुँच विस्तार हुन आवश्यक हुन्छ । सरकारी सेवाहरू अनलाइनमार्फत उपलब्ध गराउँदा नागरिकले विस्तारै पहुँच पाउन थालेका छन् । यसले सेवा प्रवाहमा सहजता आउनुको साथै समयको वचत, अनावश्यक खर्चमा कमी, भ्रष्टाचार, अनियमिततामा केही कमी आएको छ । सार्वजनिक सूचना प्रणाली क्रमशः छिटोछरितो र पारदर्शी भएको छ । स्थानीय सरकारदेखि संघीय तहसम्म सेवा प्रवाहलाई मोबाइल एप्समार्फत सजिलो बनाइँदै लगिएको छ । डिजिटल वित्तीय प्रणालीबाट बजेट विनियोजन, कर सङ्कलन र खर्च अनुगमन प्रविधिमार्फत सम्भव भएका छन् ।

    नागरिकता, सम्पत्ति, सामाजिक सुरक्षा, मतदानलगायत प्रणालीहरु ‘डिजिटलाइज’ भएका छन् । नागरिक सुझाव, गुनासो र सिफारिसहरू अनलाइनबाटै सम्बोधन गर्न सकिने भएकाले सुशासनमा बल पुगेको छ । अनलाइन शिक्षा, डिजिटल पुस्तकालय, ई–लर्निङ प्लेटफर्ममार्फत नागरिकले आफ्नो शैक्षिक अधिकार उपयोग गर्न सक्छन् । टेलिमेडिसिन, ई–हेल्थ र आधुनिक प्रविधिबाट दुर्गम क्षेत्रसम्म स्वास्थ्य सेवा पु¥याउन सकिन्छ । ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा पुर्याउन टेलिमेडिसिन र स्वास्थ्य सूचना प्रणालीको विस्तार भइरहेको छ । ई–गभर्नेन्स, सरकारी पोर्टल, डिजिटल अभिलेखले पारदर्शिता र जवाफदेहिता बढाउँछ । पछिल्लो समय ई–शासन प्रणाली, नागरिक एपजस्ता डिजिटल प्लेटफर्महरुले विकास प्रक्रिया, सुशासनमा नागरिक सहभागिता बढेर गएको छ । यसै आधारमा सरकारले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन गरी डिजिटल नेपालको अभियान अगाडि बढाइरहेको छ । प्रविधि–आधारित उद्योग, स्टार्टअप, फिनटेकले रोजगारी र उद्यमशीलता बढाउने काममा पनि विज्ञान प्रविधिको भूमिका रहेको छ ।

    विज्ञान प्रविधिकै विकासका कारण निर्वाचनमा विद्युतीय मतदान (ई–भोटिङ)को अभ्यास सुरु भएको छ । ई–भोटिङको माध्यमबाट सुरक्षित डिजिटल मतदान प्रणाली लागू गर्दा मतदान अधिकारलाई अझै सहज र पारदर्शी बनाउन सकिन्छ । यसलाई केही सदसम्म अभ्यासमा ल्याइसकिएको पनि छ । आगामी दिनमा पनि यसलाई अझ प्रभावकारी रुपमा विस्तार गरी निर्वाचनलाई कम खर्चिलो, विश्वासिलो र अधिकतम् मतदाताको सहभागिता गराउन सकिन्छ । बायोमेट्रिक प्रणालीबाट मतदाता परिचय सुनिश्चित गर्न सम्भव भएको छ ।

    विज्ञान प्रविधिमा आएको अर्को महत्वपूर्ण फड्को भनेको सामाजिक सञ्जालको विकास हो । अभिव्यक्ति स्वतन्त्रता र नागरिक आवाज उठाउन सशक्त साधनको रुपमा सोसल मिडिया निकै सशक्त देखिएको छः। इन्टरनेटको विकाससँगै परम्परागत मिडियालाई आज सामाजिक सञ्जालले पछाडि धकेलेको मात्र होइन, सबै पुस्ताका मानिसहरुको जीवनशैलीलाई नै नजिक बनाएको छ । सामाजिक सञ्जाल अधिकांश मानिससँग कति नजिक रहेछ भन्ने तथ्य अघिल्लो सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा जेनजी पुस्ताको आक्रोशले मुलुकमा यति ठूलो परिवर्तन ल्याउन सफल भएको छ । सूचना प्रविधिको विकासले नै अन्तराष्ट्रिय जगतमा मुलुकको अवस्थालाई चित्रण गर्दछ ।

    चुनौती र सम्भावना

    मुलुकमा पटकपटक राजनीतिक परिवर्तनहरु भए पनि सरकारहरुको ध्यान अनुसन्धानमा आधारित र विकासतर्फ जान नसक्दा मुलुक धेरै पछाडि पर्न गएको हो । २०४६ सालमा हामीसँगै प्रजातन्त्र स्थापना भएका मुलुकहरुले यसबीचमा ठूलो फड्को मार्न सकेका उदाहरणहरु छन् । युवा र विद्यार्थीलाई अनुसन्धान, प्रयोग र आविष्कारतर्फ आकर्षित गरेर भविष्यमा वैज्ञानिक नेतृत्व तयार गर्ने अवसर प्रदान गर्न नसक्दा युवा जनशक्ति विदेश पलायन हुनुपर्ने वाध्यता रहेको छ । अझै पनि आम जनतासम्म सूचना प्रविधिको समान पहुँच नहुनु, पूर्वाधार अभाव, डिजिटल खाडल, साइबर सुरक्षाजस्ता समस्याहरुले विज्ञान प्रविधिका क्षेत्रमा फड्को मार्न सकिएको छैन । र मुलुकको समृद्धि र जनताको जीवनस्तर माथि उठाउन महत्वपूर्ण औजारको रुपमा संविधानले विज्ञान र प्रविधिको विकासका लागि थुप्रै अवसरका ढोकाहरु खुल्ला गरेको भएपनि तिनको कार्यान्वयन सही रुपमा हुन नसक्दा ठूलो युवा जनशक्ति विदेश पलायन, वेरोजगारी समस्या तथा विकास र उत्पादनलाई वैज्ञानिकीकरण गर्न नसक्दा मुलुकले समृद्धिको सिंढी राम्ररी चढ्न सकिरहेको छैन ।

    यसो भन्दैमा केही भएन, केही गर्न सकिनन भनने पनि होइन, संविधानमा उल्लेखित लक्ष्यलाई प्रविधिमार्फत छिटो कार्यान्वयन गर्ने अवसर, युवालाई अनुसन्धान र नवप्रवर्तनमा संलग्न गराउने सम्भावना पनि हामीसँग छ । एकातिर स्वदेशमै अवसर सिर्जना गरी युवा पलाउनलाई रोक्ने र अर्कोतिर विदेशमा पढेलेखेर, अनुसन्धान गरेर नाम र दाम कमाएका व्यक्तित्वलाई आकर्षित गरी नयाँ सोचका साथ राष्ट्र निर्माणमा सहभागी गराउन सकिएमा मुलुकलाई समृद्ध बनाउन समय लाग्दैन । विज्ञान र प्रविधिलाई सदुपयोग गर्न सक्दा देशको औद्योगिक विकास हुन गई धेरैलाई रोजगार दिन सकिन्छ, युवा वर्गको उचित व्यवस्थापन हुन सक्छ र समुन्नत नेपाल बनाउने दिशामा अघि बढ्न सकिन्छ ।

    हाम्रो देशको पारम्परिक पद्धति तथा प्रविधिलाई बढावा दिन र प्रविधिको अधिकतम प्रयोग गर्नेतर्फ देशले ध्यान दिनु जरुरी छ । देशको हावापानी सुहाउँदो, स्थानीय आवश्यकताबमोजिमको अनुसन्धान र प्रविधि विकास मुख्य कुरा हो । समाज सूचना र सञ्चार प्रविधिसँगै तीव्र रूपमा अगाडि बढिरहेको छ र सर्वसाधारणको पहुँचमा पनि पुगिरहेको अवस्थामा विकासको अग्रपथमा लम्किन त्यति धेरै समस्या पनि छैन । ‘जेन जी’ लाई उद्यमशील बनाएर नेपालमै रोजगारी सिर्जना गर्नु पर्नेछ, जेन वाई र जेन एक्सको भूमिकाले वातावरण बनाउने काम गर्दै जेन अल्फालाई विज्ञान प्रविधितिर लैजानु आजको मुख्य चुनौती हो । विज्ञान र प्रविधिलाई राष्ट्रको समृद्धि, समानता र अधिकार कार्यान्वयनको मूल साधनका रूपमा लिएर अघि बढ्न सकेमा केही वर्षभित्र हामी साँच्चिकै विकासशील राष्ट्रहरुको सूचीमा अगाडि रहन सक्छौँ ।

    बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    जेनजीले दिएको अविस्मरणीय घाउ : रेट्रोफिट हुन नसक्ने भएपछि सङ्ग्रहालय बनाइँदै
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.