• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

म्याग्दीमा मनसुनजन्य विपदबाट करिब आठ सय घरपरिवार प्रभावित

दियो र हुक्कापाती बेचेर तिहार खर्च जुटाइउँदै

चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने

इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

बागलुङका प्रहरीलाई बन्यो आवास

आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ७. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ८. वेदकालीन समाज

  • ९. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • १०. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुडानको इआरआर आपत्कालीन नेटवर्कलाई नर्वेको राफ्टो मानव अधिकार पुरस्कार


  •   बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
  • ओस्लो  । युद्ध र अनिकालको चपेटामा परेका सुडानीहरूलाई सहयोग पुर्‍याउँदै आफ्नो जीवन जोखिममा राख्ने ‘इमर्जेन्सी रेस्पोन्स रुम्स’ (इआरआर) स्वयंसेवकहरूको नेटवर्कलाई बुधबार नर्वेको प्रतिष्ठित ‘राफ्टो मानव अधिकार पुरस्कार’ प्रदान गरिएको छ ।

    Advertisement

    सन् २०२३ अप्रिलदेखि नियमित सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएपफ) बीचको भीषण युद्धले सुडानलाई ध्वस्त पार्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार द्वन्द्वमा दशौँ हजारको मृत्यु भइसकेको छ र एक करोड ४० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । अनिकाल र हैजाले देशलाई थप सङ्कटग्रस्त बनाएको छ ।

    राफ्टो फाउन्डेसनले इआरआरलाई ‘सबैभन्दा मौलिक मानव अधिकार–जीवनको अधिकारको संरक्षणका लागि गरेको साहसी कार्य’ को सम्मानस्वरूप पुरस्कार दिएको हो ।

    युद्ध सुरु भएलगत्तै, राज्य र पूर्वाधारविहीन देशमा समुदायका नागरिकहरूले स्वयंसेवकका रूपमा ‘सामुदायिक भान्सा’ (कम्युनिटी किचेन) स्थापना गरेर छिमेकीलाई खाना, स्वास्थ्य सेवा र निकासी सहयोग उपलब्ध गराएका थिए ।

    सन् २०१९ मा तानाशाह ओमार अल–बशीरको पतनताका प्रजातन्त्र समर्थक आन्दोलनमा सक्रिय प्रतिरोध समितिहरूबाट विकसित इआरआर अहिले हजारौँ स्वयंसेवकहरूको अभियान बनेको छ ।

    “इआरआरहरूले जीवन बचाउँछन्, निराशामाथि मानव गरिमा कायम राख्छन् र अभिनव पारस्परिक सहायता मार्फत नागरिक समाजलाई बलियो बनाउँछन्”, राफ्टो फाउन्डेसनले भनेको छ ।

    सञ्चार अवरोध र पत्रकारहरूको न्यून उपस्थिति बीच स्वयंसेवकहरूले आक्रमणहरूको दस्तावेजीकरण गर्ने महत्त्वपूर्ण भूमिका खेलेका छन् । तर उनीहरू बारम्बार हिंसा, बलात्कार, कुटपिट र लुटपाटको शिकार बनेका छन् । द्वन्द्व सुरु भएदेखि एक सयभन्दा बढी स्वयंसेवक मारिएको फाउन्डेसनले जनाएको छ ।

    यससँगै, दुवै पक्षलाई युद्धविराम गर्न, नागरिक जीवनको सुरक्षा गर्न र अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्मान गर्न आग्रह गरिएको छ ।

    सन् १९८७ देखि दिइँदै आएको यो पुरस्कार नर्वेली मानव अधिकार कार्यकर्ता थोरोल्फ राफ्टोको नाममा स्थापना गरिएको हो । यसमा २० हजार डलरको राशिसहित सम्मान गरिन्छ ।

    यसअघि यो पुरस्कार पाएका आङ सान सुकी, जोस रामोस–होर्टा, किम दाए–जङ र शिरिन एबादीले पछि नोबेल शान्ति पुरस्कार समेत जित्नुभएको थियो ।

    यस वर्षको पुरस्कार विजेताको औपचारिक घोषणा अक्टोबर १० मा ओस्लोमा हुनेछ ।

    बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब
    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण
    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई
    जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    भर्खरै

    • १.
      म्याग्दीमा मनसुनजन्य विपदबाट करिब आठ सय घरपरिवार प्रभावित

    • २.
      दियो र हुक्कापाती बेचेर तिहार खर्च जुटाइउँदै

    • ३.
      चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

    • ४.
      एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने

    • ५.
      इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब

    • ६.
      वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

    • ७.
      बागलुङका प्रहरीलाई बन्यो आवास

    • ८.
      आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.