गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा विषालु जङ्गली च्याउ खाँदा एकै परिवारका ५ जना र अर्काे घरका एक जना गरि ६ जना बिरामी भएका छन् ।
Advertisement
बिरामी पर्नेहरूमा ८३ वर्षीया केरसिंह रजाली, ३३ वर्षीया हिमा रजाली, १६ वर्षीया एलिना रजाली, १३ वर्षीयाा बिपना रजाली, १० वर्षीय किरण रजाली र छिमेकी ३६ वर्षीया बिपना रजाली रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी गंगाबहादुर सारुले जानकारी दिए ।
बुधबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीहरूलाई अचानक पेट दुख्ने, वाकवाकी हुने र बान्ता हुने समस्या देखिएको थियो ।
प्रारम्भिक उपचारका लागि उनीहरूलाई सुभ सारथी मेडिकल, मजुवामा पुर्याइएको थियो ।