• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

जेनजी, सबै पुराना खराब हुँदैनन्


  •   बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
  • लक्ष्मणदेव पाण्डे ##

    Advertisement

    प्रिय स्वाभिमानी जेनजी अभिवादन !

    सर्वप्रथम अवस्था परिवर्तनको आन्दोलन (२०८२ भदौ २३–२४ गते) मा आफ्नो ज्यानको बलिदान गर्नेहरूप्रति श्रद्धाञ्जली र बलिदानी दिनेको परिवारमा समवेदना । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना । आन्दोलनमा बर्बरता मच्चाउने तत्कालीन सरकारको निन्दा एवम् भर्त्सना ।

    म तपाईंहरूको आन्दोलनलाई विभिन्न माध्यमबाट नियालिरहेको थिएँ । आन्दोलनको मुख्य माग दुईओटा भनिएको थियो : एक– सरकारले अकस्मात् गरेको सामाजिक सञ्जाल बन्द खुलाउनुपर्ने र दुई– भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने साथै भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने । यी माग तपाईंहरूले उठाउनुभएको थियो ।

    नेपाली जनताको लामो बलिदानीपूर्ण लडाइँबाट प्राप्त गणतान्त्रिक व्यवस्थामा आफ्ना मागलाई पूरा गराउन लागेको विषयमा कोही कसैको विमति रहन सक्दैन । जेनजी उमेर समूहका तपाईंहरूले यो व्यवस्थाभित्रका शासक–प्रशासकले सम्पूर्ण सर्वसाधारण नागरिकप्रति गरेको असमान व्यवहार, आफ्ना नातेदार र परिवारको घेराभित्र आफूलाई सीमित गर्दै अस्वाभाविक धनसम्पत्ति थुपारिरहेको र विलासीपूर्ण जीवन बिताइरहेको साथै विभिन्न लाभका पदमा बसी राज्यको साधनस्रोत दोहन गरिरहेको गणतान्त्रिक व्यवस्थाभित्रको विकृति, विसङ्गति र भद्दा रूप विरुद्धको आक्रोशको रूप जेनजी आन्दोलन हो । अन्याय, अत्याचार, असमानता, राष्ट्रघात, भ्रष्टाचार आदि प्रकृतिका विरुद्ध सडक, सदन र विभिन्न माध्यमबाट विभिन्न पार्टीका नेताले बोलिरहेको, खबरदारी गरिरहेको तपाईंहामीले देखिरहेका हुन्थ्यौँ तर अहङ्कारी भ्रष्ट नेताले ती आवाजलाई खिसिटिउरी गर्ने, मजाकमा उडाउने र बेवास्ता गरिरहेका हुन्थे ।

    पुराना दल सबै खराब, नेता सबै खराब भन्ने भाष्य गलत रूपमा खडा गरिएको हो भन्ने हामीले बुझ्न जरुरी हुन्छ । वास्तविक रूपमा विकृति, विसङ्गति र भ्रष्टाचार विरुद्ध निस्वार्थ भएर आन्दोलित जेनजीले यो कुरा बुझेका छैनन् भनेर मैले भन्न सक्दिनँ तर विभिन्न व्यक्तिगत स्वार्थ बोकेर आएका जेनजीले कि त विगत पढेका छैनन्, कि त पढे पनि नबुझेको नाटक गरिरहेका छन् ।

    भदौ २३ गते काठमाडौँको माइतीघरबाट सुरु गरिएको जेनजीको प्रदर्शन अगाडि बढिरहेको थियो । प्रदर्शन अगाडि बढेको केही घण्टापछाडि तपाईंहरूको आन्दोलनमा विभिन्न स्वार्थी र अपराधी समूहको प्रवेश भयो र तपाईंहरूलाई किनारामा पार्दै गलत मान्छेको कब्जामा पऱ्यो आन्दोलन । एकाएक निषेधित क्षेत्र तोड्दै भिड अगाडि बढ्यो र संसद् भवनभित्र प्रवेश गरी तोडफोड, आगजनीजस्ता क्रियाकलाप गरियो । त्यो कार्य गर्ने वास्तविक जेनजीहरू नभएर आआफ्ना स्वार्थका रोटी सेक्नको लागि खटाइएका परिचालित व्यक्ति थिए भन्ने प्रस्ट देखिन्छ । तोडफोड, आगजनी गर्ने समूहले आफ्नो उद्दण्डता प्रदर्शन गरिरहेको थियो भने वास्तविक जेनजी मूकदर्शक बनिरहेको अवस्था थियो । राज्यपक्षबाट उद्दण्ड मच्चाउनेलाई होइन कि कलिलो उमेरका जेनजीलाई ताकी ताकी गोली हानिएको थियो र दर्जनौँ जेनजीको ज्यान लिने कायर र बर्बरतापूर्ण कार्य भयो । त्यसको जति नै निन्दा र भर्त्सना गरे पनि कमी हुन्छ ।

    भदौ २४ गतेको आन्दोलन जेनजीको हातबाट पूर्ण रूपमा खोसिएर स्वार्थी समूहको कब्जामा गयो । स्वार्थको रोटी सेक्ने समूहका अराजक र आपराधिक जत्थाले राजधानीका महत्त्वपूर्ण र ऐतिहासिक धरोहरलाई खरानी बनाए भने देशैभरि यो बर्बरता चलिरह्यो । देशको अवस्था बदल्न हिँडिरहेका स्वाभिमानी जेनजीबाट यो बर्बरता भएको होला भनी कल्पनासमेत गर्न सकिँदैन किनभने जेनजीले सरकारको स्वेच्छाचारिता, भ्रष्टाचार, विकृति, विसङ्गति विरुद्धको अभियानमा अगाडि बढिरहेको हामीले देखिरहेका थियौँ । तपाईंहरूको आन्दोलन देशका खराब शासक–प्रशासकका विरुद्ध मात्र नभएर देशमा केही हुन्न भन्ने भाष्य खडा गरिरहेका सबै प्रकारका पलायनवादी र सुन्दर देशको अव्यवस्थालाई र्ट्याकमा ल्याउने कोसिस नगरी अर्काको देश राम्रो छ भन्दै नकारात्मकता फैलाइरहेकाका विरुद्धसमेत हो भन्ने कुरा प्रस्टै छ ।

    प्रिय जेनजी,

    तपाईंहरू एक्काइसौँ शताब्दीको प्रविधिमैत्री पुस्ता अवश्य हो तर तपाईंहरूले अवस्था बदल्ने आन्दोलन गर्दै गर्दा धेरै ठाउँमा कमजोरी देखिएकै छन् । आन्दोलनको नेतृत्व तयार गरिएको छैन । आन्दोलनको चरणबद्ध योजना बनाइएको छैन । आन्दोलन असफलतातर्फ गए के गर्ने ? सफलता प्राप्त भए के गर्ने ? राज्यपक्षसँग कसरी प्रस्तुत हुने ? जेनजी सबैलाई अपनत्व हुने गरी कसरी अगाडि बढ्ने ? जेनजीले देशप्रतिको सम्मान कसरी गर्ने ? देश रहे हामी रहने हो भन्ने अनुभूति कसरी गराउने ? वैदेशिक हस्तक्षेप भए/नभएको कसरी थाहा पाउने ? आन्दोलनमा स्वार्थी समूह र व्यक्तिको पहिचान कसरी गर्ने ? यी र यस्तै कुराको बारेमा अन्योल रहेको कुरा प्रस्ट देखिन्छ तपाईंहरूमा ।

    तपाईंहरूमा स्पष्ट दृष्टिकोणको कमी अवश्य देखिएको छ । पुराना दल, पुराना व्यक्ति सबै खराब भन्ने सतही प्रकारका चेत नयाँ पुस्तामा रहेको छ । सबै पुराना खराब हुँदैनन्, त्यहाँ राम्रा पनि हुन्छन्, नयाँ सबै असल हुँदैनन्, त्यहाँ खराब पनि हुन्छन् भन्ने प्रशिक्षण/शिक्षाको कमीलाई तपाईंहरूले स्वीकार्नु नै पर्दछ । सोच, दृष्टिकोण, स्वाभिमानको मापन उमेर वा वर्षले अवश्य गर्दैन ।

    तपाईंहरूको देशप्रतिको माया, बलिदानीपूर्ण भावना, देशको विकृत अवस्था बदल्ने उत्कट चाहनाको उच्च सम्मान गर्दछौँ । सुझबुझका साथ सुन्दर देश नेपाललाई शिरमा राखेर अगाडि बढ्नुहोला । म र मजस्ता मानिस तपाईंहरूको साथमा छौँ ।

    स्वाभिमानी जेनजीको एक शुभचिन्तक

    बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.