काठमाडौँ । जेनजी आन्दोलनका घाइतेका लागि अखिल (छैठौं) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको प्रमुख आतिथ्यमा २०८२ भदौ ३१ गते नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय प्रदर्शनीमार्गमा सो कार्यक्रम सम्पन्न भएको हो ।
अखिल (छैठौं) का अध्यक्ष सुवास जिसीका अनुसार जेनजी आन्दोलनका सहिदको सम्मानमा तथा घाइतेको उपचारार्थ सहयोग पुगोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
दिउँसो ११ः३० देखि ३ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा ३० जनाभन्दा बढी रक्तदाताले रक्तदान गरेका थिए ।
रक्तदान गरेबापत् रेडक्रस सोसाइटीका निर्देशक पवनकुमार गुप्ताले धन्यवाद ज्ञापन गर्नुभएको अध्यक्ष जिसीले जानकारी दिनुभयो ।
रक्तदातालाई प्रमुख अतिथि पौडेलको हस्ताक्षर रहेको धन्यवादपत्र हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको आयोजना अखिल (छैठौं) को केन्द्रीय कार्यालयले गरेको थियो ।
