• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

आलेखः लाटोकोसेरोको संरक्षणमा बरदान बन्दै ‘ह्विट्ली अवार्ड’


  •   मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित
  • वासुदेव पौडेल 

    Advertisement

    गण्डकी । प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजुु आचार्यले गत वर्ष बेलायतमा प्राप्त गर्नुुभएको विश्व प्रसिद्ध ‘ह्विट्ली अवार्ड’ गण्डकी प्रदेशमा लाटोकोसेरोको संरक्षणका लागि बरदान साबित बन्दै गएको छ । व्यक्तिगत रुपमा प्रदान गरिने उक्त अवार्डबापतको रकम संस्थागत रुपमा उपयोग हुनुुपर्ने प्रावधानअनुरुप प्रकृतिका साथीहरूलाई नेपालको लाटोकोसेरो संरक्षण परियोजनाका लागि ह्विट्ली फन्ड फर नेचरले ५० हजार पाउन्ड सहयोग प्रदान गरिएको थियो ।

    संस्थाका निर्देशक संरक्षणकर्मी आचार्यलाई बेलायती राजकुमारी एनले गत वर्ष लन्डनमा उक्त अवार्डबाट पुरस्कृत गर्नुुभएको थियो । प्रदेशभित्र सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालय र वडा कार्यालय, सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा परियोजनाअन्तर्गतका काम गरिएको हो ।

    परियोजनाको सुरुआतमा केशवराज सापकोटा, सुदर्शन पराजुली, ज्योति शर्मा, दीपा गुरुङ, आयुष ढुङ्गाना र बालकुमार गुरुङलाई लाटोकोसेरो संरक्षणदूत बनाइएको थियो । उहाँहरूलाई संस्थाले तालिम दिएर संरक्षण कार्यमा खटाएको थियो । उक्त परियोजनामा संरक्षणदूतसहित प्रकृतिका साथीहरूका निर्देशक राजुु आचार्य, केशव दाहाल, सुमन सापकोटा, सङ्गम पौडेल र अनु पौडेलसहित ११ जना खटिनुुभएको थियो ।

    उक्त अवार्डबापतको रकमलाई गुलेली नियन्त्रण, बुढा रूखको संरक्षण, कृत्रिम गुँडको वितरण तथा लाटोकोसेरोको अवैध चोरी–सिकारी नियन्त्रण आदिमा उपयोग गरिएको निर्देशक आचार्यले जानकारी दिनुुभयो । परियोजनाअन्तर्गत गत वर्ष भदौबाट कास्कीमा ८९, स्याङ्जामा सात, म्याग्दी र बागलुङमा दुुई÷दुुई गरी एक सय कृत्रिम गुँड राखिएको छ । संस्थाले परीक्षणका लागि गुँडको गतिविधि नियाल्न एउटा गुँडको भित्र र बाहिर सिसिटिभी क्यामरा पनि जडान गरेको छ । राखिएका गुँडमध्ये सातवटा गुँडमा लाटोकोसेरोले बास बनाएको छभने ४८ वटामा चिवे, धोबिनी, डाँग्रे, परेवा, खोले कल्चौडो चरा बसेका छन् । लाटोकोसेरोले आफैँ गुँड नबनाउने र अरू चराले बनाएकामा बस्ने भएकाले यसको संरक्षणमा कृत्रिम गुँड फलदायी हुने आचार्यको विश्वास छ ।

    नेपालमा लाटोकोसेरोको अस्तित्व गम्भीर सङ्कटमा परेको बताउँदै आचार्यले लाटोकोसेरोको अवैध शिकार, व्यापार, मिथक विश्वास, गुलेली प्रयोग र पुराना रुखको विनाशका कारण हरेक वर्ष करिब एक हजार ५०० लाटोकोसेरो मर्ने तथा व्यापार हुने गरेको पाइएको जानकारी दिनुुभयो । यही तथ्याङ्कलाई दृष्टिगत गर्दै समुदाय, विद्यालय र सरकारी निकायहरूको सहकार्यमा पाँच सामुदायिक वनलाई गुलेली–मुक्त र तीन सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण क्षेत्र घोषणा गरिएको छ ।

    यस अभियानले लाटोकोसेरो मात्र नभई गिद्ध, चील र अन्य दुर्लभ प्रजातिहरूलाई पनि फाइदा पु¥याएको आचार्य बताउनुहुन्छ । उहाँका अनुसार यस अभियानलाई सम्भव बनाउन ह्विट्ली फन्ड फर नेचर (डब्लुएफएन), बेलायतले प्रदान गरेको सहयोगले महत्वपूर्ण आधार तयार गरेको हो । “नेपालमै पहिलो पटक समुदायले आफ्नै वनलाई गुलेली–मुक्त घोषणा गरेर लाटोकोसेरो बचाउने प्रतिबद्धता देखाएका छन्”, उहाँले थप्नुुभयो, “यो समुदायको स्वामित्वमा आधारित संरक्षण आन्दोलन हो ।”

    कार्यक्रमअन्तर्गत गुलेली–मुक्त घोषणा गरिएका पाँच सामुदायिक वनमा कास्कीको तिब्रेकोट, स्याङ्जाको रोलबराह–सिम्रिकलेक, म्याग्दीको देउरालीपाखा, कास्कीको शान्ति तथा सालघारी र श्रीगणेश–भद्रकाली मन्दिर क्षेत्र रहेका छन् । यी क्षेत्रहरूको कुल क्षेत्रफल २५५.२४ हेक्टर रहेको जानकारी दिँदै उहाँले थप १३७.५ वर्ग किलोमिटर क्षेत्रमा गुलेली खरिद–बिक्री रोकथाम गर्ने चेतना अभियान सुरु गरिएको जानकारी दिनुुभयो ।

    त्यस्तै लाटोकोसेरो संरक्षण क्षेत्रका रूपमा कास्कीको तिब्रेकोट, स्याङ्जाको रोलबराह–सिम्रिकलेक र म्याग्दीको देउरालीपाखा सामुदायिक वनलाई घोषणा गरिएको छ । यी संरक्षण क्षेत्र १८०.२५ हेक्टरमा फैलिएका छन् । यस क्षेत्रमा हालसम्म २९८ प्रजातिका चरा अभिलेखित गरिएको छ । सङ्कटग्रस्त गिद्ध र स्थानीय चराहरू पनि यिनै क्षेत्रमा सुरक्षित रहेको बताउँदै उहाँले विद्यालयस्तरमा पनि अभियानलाई सशक्त बनाउन दुई विद्यालयमा लाटोकोसेरो क्लब गठन गरिसकिएको जानकारी दिनुुभयो ।

    कास्कीको गौरीशङ्कर माध्यमिक विद्यालय र हेन्जा बोर्डिङ स्कुलमा स्थापना भएका क्लबहरूले सरसफाइ, रोपाइँ, चित्रकला प्रतियोगिता र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । क्लब गठनसँगै लाटोकोसेरोसहित चराचुुरुङ्गीको संरक्षणमा विद्यालय तथा समुदायस्तरमा सचेतना अभिवृद्धि भइरहेको गौरीशङ्कर माध्यमिक विद्यालयका लाटोकोसेरो क्लबका संरक्षक रुद्रप्रसाद देवकोटाले जानकारी दिनुुभयो । “क्लब गठनसँगै विद्यार्थीहरूमा पर्यावरण जोगाउन लाटोकोसेरोको कति महत्व छ भन्ने कुरा सचेतना अभिवृद्धि एवं संरक्षण प्रतिको क्रियाशीलता बढेको छ”, उहाँले भन्नुुभयो ।

    पोखरा र आसपासका क्षेत्रमा पाइने गोठे लाटोकोसेरो मानव बस्ती नजिकै बस्न रुचाउने पन्छी हो । यस पन्छीले कृषि क्षेत्रमा मुसा नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ । लाटोकोसेरोको एउटा परिवारले एक याममा दुुई हजारदेखि तीन हजारसम्म मुसा खान सक्ने हुँदा यसबाट कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पुग्दछ । त्यसैले यसलाई किसानको साथी पनि भनिन्छ ।

    पोखरा महानगरपालिका–२५ हेम्जाले त गोठे लाटोकोसेरोलाई ‘वडा पन्छी’ र राजगोमनलाई ‘वडा सर्प’ घोषणा गरिसकेको छ । गत असारमा वडाध्यक्ष मोतीलाल तिम्सिनाले हेम्जामा आयोजित लाटोकोसेरो र सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रममा उक्त घोषणा गर्नुुभएको थियो । वडाको बैठकबाट सर्वसम्मत रूपमा निर्णय गरेर वडा पन्छी र वडा सर्प घोषणा गरिएको वडाध्यक्ष तिम्सिनाले जानकारी दिनुुभयो ।

    तथ्याङ्कअनुसार यो अभियानसँगै विद्यार्थीबीच गुलेली प्रयोग १९ प्रतिशतले घटेको छ । त्यस्तै कानुन कार्यान्वयनमा पनि उल्लेखनीय प्रगति भएको छ । कार्यक्रमअन्तर्गत नै गण्डकी प्रदेशको २३३ वनकर्मी, प्रहरी अधिकारी तथा स्थानीय राजनीतिज्ञलाई प्रशिक्षण दिइएको छ । यस प्रशिक्षणपछि गण्डकी प्रदेशमा लाटोकोसेरोको अवैध सिकार र व्यापारमा २७.५ प्रतिशत कमी आएको अध्ययनले देखाएको आचार्यले जानकारी दिनुुभयो ।

    “प्रशिक्षणसँगै सम्बन्धित त्यसका सहभागीले संयुक्त पेट्रोलिङ, छड्के अनुगमन र सूचनामा तत्काल प्रतिक्रिया दिने अभ्यासलाई मजबुत बनाएका छन्”, उहाँले भन्नुुभयो,    “समुदायस्तरमा संरक्षण चेतना बढाउन एक वर्षको अवधिमा १०५ वटा शिविर आयोजना गरिएको छ । यसबाट छ हजार ६५६ जनासम्म प्रत्यक्ष लाभान्वित भएका छन् ।”

    पछिल्लो समयमा लाटोकोसेरोको संरक्षणमा विद्यार्थी, स्थानीयवासी र लाटोकोसेरो दूतहरू सक्रिय रूपमा सहभागी भएका छन् । यस बीचमा छ जना लाटोकोसेरो दूतहरूले मात्र २५ घाइते लाटोकोसेरो उद्धार गरी पुनःस्थापना गरेका छन् भने २८० गुलेली सङ्कलन गरेका छन् । यस बीचमा सयवटा कृत्रिम गुँडको चयन तथा निगरानीमा नेतृत्वदायी भूमिका निर्वाह गरिएको संरक्षण दूत बालकुमार गुुरुङले जानकारी दिनुुभयो ।

    उहाँका अनुुसार लाटोकोसेरोको वासस्थान संरक्षणका लागि पाँच सयवटा पुराना रुखलाई चिनो लगाएर जोगाइएको छ । यसका कारण यी रुखहरूले लाटोकोसेरोसहित सयौँ चराका लागि सुरक्षित बासस्थान उपलब्ध गराएको उहाँले बताउनुुभयो ।

    कार्यक्रमअन्तर्गत नै शहरी एवम् अर्धशहरी क्षेत्रमा एक सयवटा कृत्रिम गुँड जडान गरिएको छ । जडान गरिएका कृत्रिम गुँडमा ४८ प्रतिशतमा चरा बसोबास गरेको पाइएको छ । त्यस्तै कृत्रिम गुँडमध्ये सातवटा गुँडमा भने लाटोकोसेरोले सफलतापूर्वक प्रजनन् गरेको प्रमाण भेटिएको छ ।

    गुँडहरू सकेसम्म लामो समयसम्म टिकाउ होस् भन्ने उद्देश्यले टुनीको काठबाट बनाइएको छ । गुँडहरू घर, विद्यालय, सामुदायिक भवन, वडा कार्यालय, मन्दिर, चौतारा, पार्क, पार्टी प्यालेसमा राखिएको छ । टुनीको काठ अन्य काठ भन्दा टिकाउन हुने भएकाले केही लगानी बढी भए पनि टुनीको काठ प्रयोग गरिएको आचार्यले जानकारी दिनुुभयो ।

    सचेतनासँगै गुलेली प्रतिबन्ध कार्यक्रमअन्तर्गत २० पसलमा गरिएको निगरानीमा सुरुआती अवस्थामा ५४५ गुलेली भेटिएकोमा पछि यो संख्या ६४ प्रतिशतले घटेका छन् । अभियानकै क्रममा १३ वटा पसलले गुलेली नबेच्ने सूचना टाँसेका छन् र १२ स्थानमा संरक्षणसम्बन्धी होर्डिङ बोर्ड जडान गरिएको छ । यीसहित पोखरा–१३ को भद्रकाली बन, पोखरा–२३ को शान्ति तथा सल्लाघारी सामुदायिक बनलाई गुलेली प्रतिबन्धित क्षेत्र घोषणा गरिएको छ ।

    संस्थाले गरेको अध्ययनअनुसार पोखराको महेन्द्रपुल, पामे, हेम्जा र भद्रकाली क्षेत्रबाट मात्रै वर्षमा १२ हजार गुलेली बिक्री हुने गर्छ । संस्थाले गुलेली प्रतिबन्धित क्षेत्र वरपर रहेका पसलबाट गुलेली किनेर ‘यो पसलमा गुलेली बेच्दैनौं’ लेखिएको बोर्ड पनि टाँगेको छ । निर्देशक आचार्यले ती क्षेत्रमा बाँदर धपाउन गुलेलीको प्रयोग गर्न दिइए पनि चरा मार्न प्रयोग गर्नबाट रोकिएको छ ।

    यस्ता उपलब्धिले लाटोकोसेरो मात्र नभई अन्य जीवजन्तु र चराहरूको दीर्घकालीन संरक्षणमा योगदान पु¥याएको छ । पुराना रुख बचाउने, कृत्रिम गुँड राख्ने र गुलेली नियन्त्रण गर्ने कदमहरूले गिद्ध, चील र अन्य संकटग्रस्त प्रजातिलाई पनि सुरक्षित बनाएका छन् ।

    परियोजना टोलीले आगामी दिनमा थप गुलेली मुक्त बस्ती र संरक्षण क्षेत्र घोषणा गर्ने, पुराना रुखको दीर्घकालीन निगरानी गर्ने, विद्यालयस्तरमा ‘लाटोकोसेरो सुरक्षित विद्यालय’ कार्यक्रम विस्तार गर्ने र लाटोकोसेरो संरक्षण केन्द्र स्थापना गर्ने लगायतका योजना अघि सारेको छ । यो अभियानले संरक्षण केवल सरकारी काम मात्र नभै समुदाय र विद्यालयले पनि हातेमालो गर्दा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने कुरालाई उजागर गर्ने कुरालाई थप प्रमाणित गरेको संरक्षण दूत गुुरुङको भनाइ छ ।

    विश्वमा लाटोकोसेरोका प्रजाति २५० रहेपनि नेपालमा २३ वटा प्रजातिका रहेको जानकारी दिँदै निर्देशक आचार्यले परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रम एवं प्रहरी, वन कर्मचारी, स्थानीय समुदाय र विद्यार्थीमाझ गरिएका लाटोकोसेरो संरक्षणसम्बन्धी सचेतना शिविरका कारण लाटोकोसेरोको संरक्षणमा महत्वपूर्ण उपलब्धिहरू हासिल हुँदै गएको बताउनुुभयो । परियोजना अतिरिक्त संस्थाले राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा वन्यजन्तुको चोरी, तस्करी नियन्त्रणका लागि सुराकी एप्लिकेसन तयार गरी त्यसलाई सञ्चालनमा ल्याउन तयारी समेत गरेको उहाँले जानकारी दिनुुभयो ।

    मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.