• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

दर्शन के हो ?


  •   आइतबार, असार ०७, २०७७ मा प्रकाशित
  • ठाकुर खनाल
    दर्शन भनेको के हो भन्ने विषयमा सबै विद्धान तथा दार्शनिक एकमत छैनन् । यसको क्षेत्र व्यापक र विस्तृत छ । फरक–फरक विद्धानले फरक–फरक अर्थ/परिभाषा गरेका छन । उनीहरूले आआफ्नै तरिकाले अध्ययन–अनुसन्धान गरेका छन । त्यसअनुसार धारणा बनाएका छन ।

    Advertisement

    मानव सभ्यताको सुरुवातबाटै दर्शनको पनि सुरुवात भएको मान्न सकिन्छ । दर्शनको क्षेत्र ज्यादै व्यापक भएका कारण यस सानो लेखमा दर्शनको सम्पूर्ण व्याख्या गाह्रो छ । तर दर्शनसम्बन्धी केही आधारभूत ज्ञान हामी सबैलाई हुन जरुरी छ ।

    दर्शन शब्द सर्वप्रथम इ.पू. ५८० मा पाइथागोरसले गरेका थिए । पाइथागोरस एक ठुला गणितिज्ञ, दार्शनिक र धार्मिक व्यक्तित्व थिए । उनले अल थिङ्स आर नम्बर भन्थे । त्यसपछि यो शब्द सर्वत्र प्रयोग हुँदै आयो ।

    नेपालीमा दर्शन शब्द संस्कृत भाषाको “दृश्” धातुबाट भएको मानिन्छ, जसको नेपालीमा अर्थ देख्नु वा हेर्नु भन्ने हुन्छ । कुनै वस्तु, घटना, व्यक्ति, व्यवहार, विचार, सिद्धान्त, विश्व ब्रह्माण्डलाई हेर्ने विश्व दृष्टिकोणलाई दर्शनले प्रतिबिम्बत गर्दछ । त्यसैगरी दर्शनलाई अङ्ग्रेजी भाषामा फिलोसफी भनिन्छ । यो शब्द ग्रीक भाषाका दुई शब्द फिलोस र सोफियाबाट भएको हो । यहाँ फिलोसको अर्थ मोह (लभ) र सोफियाको अर्थ लभ अफा विज्डम अथवा ज्ञानप्राप्तिको मोह भन्ने बुझिन्छ । जुन व्यक्तिमा ज्ञान प्राप्त गर्ने मोह हुन्छ, त्यसैतिर हरदम लागिरहन्छ, त्यस्ता व्यक्तिलाई दार्शनिक भनिन्छ ।

    दर्शन एक अमूर्त चिन्तन हो, जसमा आत्मा–परमात्मा, जीवन, जगत्, जीवन, मृत्यु, प्रकृतिजस्ता कुराको रहस्य थाहा पाउन कोशिस गरिन्छ । मानिस के हो ? संसार के हो ? प्रकृति र त्यसका नियम के हुन ? सत्य के हो ? सुखदुःख भनेको के हो ? मानव जीवनका मूल्यमान्यता के हुन् ? यस जगत्को उत्पत्ति कसरी भयो ? पुनर्जन्म हुन्छ कि हुँदैन ? स्वर्गनर्कको अस्तित्व छ कि छैन ? ईश्वर के हो ? आत्मा–परमात्मा के हो ? आदि विषयमा दर्शनले खोजी गरी दृष्टिकोण बनाउने र तार्किक प्रश्नको व्यवस्थित उत्तर दिने गर्दछ । मानव आचरणका लागि मार्गदर्शन गर्दछ र विज्ञानका उपलब्धीलाई अर्थसहित व्याख्या–विश्लेषण गर्दछ ।

    दर्शनलाई पूर्वेली दर्शन (इस्टर्न फिलोसफी) र पाश्चात्य दर्शन (वेस्टर्न फिलोसफी) गरी दुई भागमा बाँडी अध्ययन गर्न सकिन्छ । पूर्वीय वा पूर्वेली दर्शन खासगरी वेदमा आधारित दर्शन हो । वेद आफैमा दर्शन भने होइन तर दर्शनको आधार भने अवश्य हो । वेदलाई आधार मानी ६ वटा दर्शन बनेका छन्: न्यायदर्शन, वैशेषिक दर्शन, साङ्ख्य दर्शन, योगदर्शन, मिमांशा दर्शन, वेदान्त दर्शन । अर्कोतर्फ वेदलाई पूर्ण रूपमा नमान्ने दर्शन पनि छन् । जस्तै– चार्वाक दर्शन, बुद्धदर्शन, जैनदर्शन । यी दर्शन जे भएता पनि केही न केही आध्यात्मवादतर्फ झुकेका छन । चार्वाक दर्शनले जगत् सत्य मान्दछ । चेतनाको उत्पत्ति भौतिक तत्त्वबाट हुन्छ, शरीर नै आत्मा हो, शरीर मरेपछि आत्माको पनि नास हुन्छ भन्ने यसको मान्यता छ । यसले ईश्वर र परलोकलाई मान्दैन । पूर्वीय दर्शनमा षडदर्शनलाई आस्तिक र चार्वाक, बुद्ध, जैनदर्शनलाई नास्तिक दर्शनको रूपमा लिने गरेको छ ।

    पाश्चात्य दर्शनहरूमा भौतिकवादी, आध्यात्मवादी, अनुभववाद, व्यवहारवाद, यथार्थवाद, अस्तित्ववाद, प्रगतिवाद, बहुलवाद आदि दर्शन छन । कालखण्डको आधारमा पाश्चात्य दर्शनलाई तीन भागमा बाँडेर अध्ययन गरिन्छ । ई.पू. ५०० सम्मको काललाई प्राचीनकाल भनिन्छ । यसकालमा सोक्रेटस र अरस्तुसम्मका दार्शनिकले दर्शनमा ठुलो योगदान दिएका छन् । मध्यकालीन दर्शन ई.पू. ५०० देखि लगभग पन्ध्रौँ शताब्दीसम्मको अवधिलाई मध्यकालीन दर्शन मानिन्छ । यस कालका दार्शनिकमा प्लेटो, अगस्टिन, सेन्ट थोमस अक्वानिस आदि छन् । मध्यकालीन दार्शनिकहरू बढी आध्यात्मिक दर्शनबाट प्रभावित भएको पाइन्छ । ईश्वर सर्वशक्तिमान भएकाले ईश्वरको तुलना अरू कसैसँग हुन नसक्ने तर्क पेश गर्दै ईश्वरको अस्तित्व प्रमाणित गर्ने कोशिस गरेका छन् ।

    आधुनिक पाश्चात्य दर्शन पन्ध्रौँ शताब्दीपछिको समयलाई मानिन्छ । यस कालमा थुप्रै दार्शनिकले दर्शनमा योगदान दिएका छन् । जस्तै– देकार्त, जसलाई आधुनिक पाश्चात्य दर्शनका जन्मदाता मानिन्छ,उनले अप्रमाणित कुरा असत्य र अविश्वासी हुने बताएका छन् । जोहन लकले इन्द्रिय बिना कुनै ज्ञान प्राप्त गर्न नसकिने कुरा भन्दै इन्द्रियजन्य ज्ञान नै सर्वशक्तिमान ज्ञान हो भनेका छन् । त्यसैगरी, हेगेल, कार्ल माक्र्स, रुसो आदि पनि यसै कालका दार्शनिक पर्दछन् । यस कालमा पाश्चात्य दर्शनमा कार्ल माक्र्स विशेष चर्चित मानिन्छन् । उनले द्वन्द्वात्मक भौतिकवादी दर्शन प्रस्तुत गरेर दर्शनको क्षेत्रमा ठुलो क्रान्ति नै ल्याए ।

    दृष्टिकोणको आधारमा दर्शनलाई दुई भागमा बाँडेर अध्ययन गर्न सकिन्छ: भौतिकवादी र आदर्शवादी । यी दुवै दर्शन एकअर्कामा विरोधी छन् । आदर्शवादी दर्शनले यो विश्व ब्रह्माण्ड अबोधगम्य छ । यो ब्रह्माण्ड एउटा सुपर शक्तिले सञ्चालन गरेको छ । यो ब्रह्माण्डमा जे जति घटना हुन्छन्, उनैको लला हो, मानिसजस्तो तुच्छ प्राणीले उनको लीला बुझ्न सक्दैन अर्थात् संसार अबोधगम्य छ भन्ने मान्यता राख्दछ । भौेतिकवादीहरूले संसार बोधगम्य छ, चेतनाभन्दा वस्तु प्रधान हुन्छ, मानिसले चाहेमा सम्पूर्ण कुराको ज्ञान प्राप्त गर्न सक्दछ भन्ने मान्दछ । संंसारमा कतिपय कुरा अनुत्तरित छन् । त्यसो हुनुको कारण त्यस विषयमा अध्ययन हुन बाँकी छ भन्ने हो । भौतिकवादले विज्ञानसम्मत कुरालाई मान्दछ भने आदर्शवादले धर्मलाई अगाडि सार्दछ ।

    कार्ल माक्र्सद्वारा प्रतिपादित द्वन्दात्मक भौतिकवाद माक्र्सवादी दर्शन हो । यो माक्र्सवादी सिद्धान्तको दार्शनिक आधार हो । हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादमा रहेका कमजोरीलाई हटाएर माक्र्सले द्वन्द्वात्मक भौतिकवादको विकास गर्नुभयो । यही द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको आधारमा सर्वप्रथम माक्र्सले मानव समाजको व्याख्या गर्नु भयो । अर्थात् ऐतिहासिक भौतिकवाद, द्वन्दात्मक भौतिकवादको मानव समाजको क्षेत्रमा प्रयोग हो । त्यसैले यसले यो व्याख्या गर्दछ कि मानव समाज वा इतिहासको विकास पनि द्वन्द्वात्मक भौतिकवादका नियमको आधारमा नै हुन्छन् । माक्र्सवादी सिद्धान्तले वर्गसङ्घर्षलाई अगाडि सारेको छ । माक्र्सवादी दर्शनको प्रधान पक्ष समाजको व्याख्या गर्ने मात्र नभएर त्यसलाई बदल्नु पनि हो ।

    आइतबार, असार ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.