खिमराज चालिसे,
चन्डिगढ । भारतको हरियाणा राज्यको सिरसामा कार्यरत मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका क्षेत्रिय सदस्य एवं नगर कोषाध्यक्ष शंकरलाल गौतमको हिजो आईतवार १४ सेप्टेंबर २०२५ को दुखद निधन भएको छ ।
१९९२ देखि मूल प्रवाहको सदस्यता लिएर निरन्तर क्रियाशील रहँदै आउनु भएका शंकरलाल गौतमको गुडगांवस्थित अस्पतालमा उपचारको दौरानमा निधन भएको हो ।
शंकरलाल गौतम प्युठान जिल्लाको झिमरूक गाउपालिका वाडा नं ३ सिस्नेखोला निवासी बुबा भूम बहादुर सुनार र आमा तुलासा कुमारी सुनारको कोखबाट २०२०–५–८ को जन्मनु भएको थियो ।
नेता शंकरलाल मूल प्रवाह अखिल भारत नेपाली एकता समाज को निष्ठावान तथा अविचलीत कार्यकर्ता हुनुहुन्थ्यो ।
उहाँको निधनले सिंगो मूल प्रवाहलाई गम्भीर क्षती भएको शोक व्यक्त गरेको छ । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिले दिवांगत शंकरलालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पित गर्दै शोक–संतप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।