• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पश्चिम बागलुङका किसानलाई आलु भित्र्याउन व्यस्त


  •   आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । बागलुङको पश्चिम क्षेत्रका किसान यतिबेला आलु भित्र्याउने चटारोमा छन् । जिल्लाको निसीखोला, तामाखोला गाउँपालिका सहित ढोरपाटन र गलकोट नगरपालिकाको केही स्थानका किसानलाई आलु भित्र्याउन भ्याइनभ्याइ छ । अहिले बर्खे आलु भित्र्याउने याम रहेको हुँदा अधिकांश किसान बारीमा भेटिन्छन् । एउटै किसानले धेरै क्षेत्रमा आलुखेती गर्दै आएका छन् ।

    Advertisement

    आलु उत्पादनका हिसाबले प्रसिद्ध मानिने ढोरपाटन उपत्यका, निसीखोलाको भल्कोट, सीप, लुप्राबाङ, निसेलढोर, गलकोटको पाण्डवखानी, रमुवालगायत स्थानका किसान बारीमै भेटिने गरेका छन् । हरेक वर्ष बागलुङमा रु एक अर्ब बढीको आलु उत्पादन हुँदै आएको छ । यहाँका किसानले चैतमा आलु लगाउने र असोज पहिलो सातासम्म भित्र्याउने गर्छन् । यतिबेला ढोरपाटनका अधिकांश किसान आलु भित्र्याउनमा व्यस्त गरेको स्थानीय झकेन्द्र सुनारले बताउनुभयो ।

    एक साता अगाडिसम्म भारी वर्षा भइरहेको हुँदा बारीमा हिलोका कारण जान नसकेको भन्दै अहिले वर्षा रोकिएपछि किसानले धमाधम आलु भित्र्याउने काम गरिरहेको उहाँले बताउनुभयो । आफूले ढोरपाटनमा करिब ७० रोपनी जग्गामा आलु लगाएको सुनाउँदै यस वर्ष राम्रो उत्पादन भएको सुनारले सुनाउनुभयो । ढोरपाटन क्षेत्रका किसानले असोज १० गतेसम्म आलु भित्र्याइसक्ने उहाँ बताउनुहुन्छ ।

    सुनारले भन्नुभयो, “ढोरपाटनमा धेरै वर्ष अगाडिदेखि आलुखेती हुँदै आएको थियो, अहिले थप व्यवस्थित रूपमा जग्गा चक्लाबन्दी नै गरेर व्यावसायिक रूपमा खेती गर्न थालेका छौँ, परम्परागत खेती प्रणालीसँगै नयाँ प्रविधिको पनि प्रयोग गर्न थालेका छौँ, यस वर्ष आलु राम्रो फलेको छ, भदौ लाग्दाबाटै आलु भित्र्याउनुपथ्र्यो तर लामो वर्षा हुँदा अहिले चटारो छ, यहाँका कोहीलाई पनि यतिबेला फुर्सद छैन, धेरैजसो स्थानीयवासी बारीमा आलु निकाल्दै छन् ।”

    निसीखोला–६ का स्थानीय कर्णबहादुर घर्तीले निरन्तरको वर्षाले आलु कुहिने जोखिम रहेको बताउनुभयो । आलु भित्र्याउने समयमा परेको भारी वर्षाले अहिले बल्ल बारीबाट निकाल्न सुरु गरेको उहाँको भनाइ छ । यसपालि आलु लगाउने बेला लामो खडेरी परेको र खन्ने बेला भारी वर्षा हुँदा उत्पादनमा गिरावट आउने देखिएको घर्ती बताउनुहुन्छ ।

    आलुखेती बढाउनका लागि जिल्लाभर क्षेत्र विस्तार गर्न थालिएको छ । बागलुङमा सबै ठाउँमा आलु राम्रो उत्पादन हुने हुँदा कृषि ज्ञान केन्द्रले बर्सेनि लाखौँ लगानी गर्दै आएको छ । आव २०८०/८१ देखि खायन आलुको क्षेत्र विस्तार गर्दै आएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले बताउनुभयो । उहाँका अनुसार २०८०/८१ मा रु दुई करोड ६० लाख, २०८१/८२ मा रु एक करोड ५९ लाख र चालु आवमा रु ५५ लाख ९० हजार क्षेत्र विस्तार भएको छ ।

    अहिले जिल्लाभर तीन हजार ७०० हेक्टरमा आलुखेती हुँदै आएको छ । यस वर्ष थप ४३ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार गर्ने ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्ष ५६ हजार २४० मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष बढ्ने आकलन गरिएको प्रमुख सिलवालको भनाइ छ ।

    आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.