विष्णु शर्मा ##
आज यो आँखाले
कस्तो देख्नुपऱ्यो
आज यो कलमले
के के लेख्नुपऱ्यो
कठै स्कुले भाइबैनीले
सुशासन चाहियो भन्दा
गोली चले उनैमाथि
प्रहरीबाट अन्धाधुन्द
नागरिकको सुरक्षा
सरकारले हो गर्ने
विडम्बना झ् उसैबाट
जनता मर्नुपर्ने
देख्नेको त भयो आज
मुटु चिराचिरा
छिनभरमै भुइँमा ढले
बाबाआमाका हीरा
क्रुर शासक भएपछि
पाइने रहेनछ बाँच्न
पर्छ अब सबै मिली
यिनका ढाड भाँच्न
बाआमाले यो पीडालाई
क्यारी सहे होलान्
सुन्दा साथै कठै उनी
मुर्छित भए होलान्
उनी मात्र कहाँ गए र ?
देशै खरानी भयो
बिनामियाको गोरुसरी
यो आन्दोलन भयो
गलत तत्त्व भित्र घुसे
फाइदा उठाउनलाई
लागिपरे आफू विरुद्धका
प्रमाण मेटाउनलाई
खरानी पारिदिए
देशको इतिहास
दिनुहुन्न अब यिनलाई
देशभित्र बास
देशभक्त शक्तिहरू
एक भएर उठौँ
बाह्यशक्ति भगाउन
एकैठाउँमा जुटौँ
संविधानमा टेकी देशको
मार्गचित्र कोरौँ
राजनैतिक पार्टीले नि
मौनब्रत तोडौँ
रमिते नबनौँ है
देशमा बिपत् पर्दा
देश अझै विकराल हुन्छ
हामीले यसो गर्दा