काठमाडौं । जेनजी प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ भने चार सय २२ जनाजति घाइते भएका छन् ।
Advertisement
सामाजिक सञ्जाल बन्दको विरोधमा २०८२ भदौ २३ गते सोमबार उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका मध्ये १९ जनाको मृत्यु भएको हो भने चार सय २२ जनाभन्दा बढी घाइते भएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १९ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
ट्रमा सेन्टरमा ८, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २, त्रिवि शिक्षण अस्पतालमा १, एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको हो ।