नवलपरासी (ब.सु.प.)। अखिल नेपाल महिला संघ जिल्ला संगठन समिति नवलपरासीको २०८२ भाद्र २१ गते बसेको बैठकले विविध कार्यक्रम सहित फागुन २३ र २४ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।
Advertisement
अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष सम्झना पौडेलको अध्यक्षता र राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तिलक प्रसाद सुवेदीको बिशेष उपस्थितीमा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
बैठकले कार्तिकदेखि माघ महिनासम्म पालिका र स्थानीय कमिटिका बैठक, मंसिर २५ र २७ गते नगर स्तरीय प्रशिक्षण कार्यक्रम, सदस्यता अभियान सञ्चालन, आर्थिक अभियान सहित विभिन्न कार्यक्रम गर्दै जिल्ला सम्मेलन गर्ने निर्णय गरिएको अध्यक्ष सम्झना पौडेलले हामीलाई जानकारी दिनुभएको छ ।