• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

विचारः नेपालको निजामती सेवा सुधारको बाटोमा


  •   शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
  • प्रदीपकुमार कोइराला

    Advertisement

    नीति निर्माताले वास्तविक समस्या एक दिन बुझ्नेछन् र आफ्नो समस्या समाधान हुनेछ भन्ने आशाका साथ नेपालको निजामती सेवा सुधारको पर्खाइमा रहेको छ । भनिन्छ, समस्यामा आफ्नो दुनो सोझ्याउने वा अरुको समस्याबाट ‘हाइलाइट’ हुन चाहने हो भने समस्या देखिएको ठाउँहरुलाई बेस्सरी गाली गर्नुपर्छ र समस्याहरु सकभर उजागर गर्दै जानुपर्छ । समस्या समाधान होस् भन्ने चाहना हो भने समस्याको बास्तविक कारण पत्ता लगाएर कारणको निवारण गर्नुपर्छ ।

    निजामती सेवाको समस्या देखाएर आफू चर्चामा आउने वा निजामती सेवाका समस्याहरु चर्काएर आफ्नो जीविका चलाउने कुनै विद्वानलाई निजामती सेवाका विकृति के छन् भनेर सोध्यो भने उसले पहिला निजामती सेवालाई गाली गर्छ अनि दशौँ विकृतिहरु बताउँछ । सुधार गर्नेले उक्त विकृतिहरुका कारण पहिल्याएर समाधानको बाटो देखाउँछ । अहिले दर्शाउन खोजिएको विषय नै यही हो, समस्या उजागरमा रमाउने कि कारण पहिचान गरेर समाधान गर्ने हो ।

    कर्मचारीमाथिको निगरानी कि प्रणालीमा सुधार

    उदाहरणका रुपमा हामी मालपोत कार्यालयलाई लिन सक्छौँ, यस निकायमा भ्रष्टाचार छ, भ्रष्टाचार नभएको अवस्था कहिल्यै छैन र भ्रष्टाचार अझ दिनदिनै बढ्दैछ भन्ने गरिन्छ । मालपोत कार्यालयका कर्मचारीहरुलाई गाली गर्नमा हामी आफ्नो पुरुषार्थ सम्झन्छौँ । हामीले कहिल्यै सोच्याँै, किन मालपोत कार्यालयमा भ्रष्टाचार हुन्छ ? हाल भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गत रहेका ११० वटा मालपोत कार्यलायहरु छन् । नेपालमा १९९६ सालअगावैदेखि अस्तित्वमा रहेका र तत्कालीन श्री ५ को सरकारको २०५७ असार २६ गतेको निर्णयानुसार साविकको मालपोत विभाग र भूमिसुधार विभागलाई एकै ठाउँमा गाभी बनाइएको भूमिसुधार तथा व्यवस्थापन विभागअन्तरगत कार्य गर्दै आइरहेका छन् ।

    अब सोचौँ, यति पुरानो ‘लिगेसी’ बोकेको मालपोत संस्थामा २००७ सालको प्रजातन्त्र प्राप्तिपछि, २०१९ पछिको पञ्चायती राजको समयमा, २०४६ सालपछिको बहुदलको प्राप्तिपछि, २०७२ सालपछिको गणतन्त्रको अवधिमा– कहीँकतै मालपोतमा राम्रा मान्छे नगएका हुन् कि वा त्यहाँको प्रणालीमा समस्या भएका कारणले जो गए पनि उस्तै भएको हो भनेर विश्लेषण भएको पाइँदैन । कुनै जुत्ता बनाउने कारखानमा उत्पादन भएको जुत्तामध्ये ९५ प्रतिशत खराब उत्पादन हुन्छ र पाँच प्रतिशत मात्र सद्दे निस्कन्छ भने मालिकले कामदारलाई गाली गर्दैन, कारखानाको मेसिन परिवर्तन गर्छ । उत्पादन भएको जुत्तामध्ये पाँच प्रतिशत खराब उत्पादन भएको छ, बाँकी ९५ प्रतिशत उत्पादन राम्रो छ भने उसले कुन कामदारको वदमासीको कारणले खराब उत्पादन भएको हो, निगरानी तथा कारवाही बढाउँछ । निजामती सेवाको सुधारमा पनि हामीले यही सिद्धान्त अपनाउनुपर्छ । मालपोत कार्यालयमा स्थापना कालदेखि नै हालसम्म खराबी छ भने त्यहाँको कर्मचारीलाई निगरानी बढाएर कम उपलब्धि हासिल हुन्छ, मालपोतको प्रणालीमा परिवर्तन गर्नुपर्छ ।

    सुधार नहोस् भन्ने चाहना

    सबैलाई ज्ञात भएकै विषय हो, निजामती सेवा कुनै पनि देशको विकासको मेरुदण्ड र समृद्धिको आधारस्तम्भ हो । नेपालमा यसको भूमिका अझ महत्वपूर्ण छ, यहाँ नीति बनाउनेभन्दा पनि कार्यान्वयन गर्ने संयन्त्रकै कमजोरीले विकास अवरुद्ध भएको देखिएको छ । विकास निर्माण, सार्वजनिक सेवा र सरकारी सेवा प्रवाहमा अपेक्षित सुधार नभएको कारणले अवाच्छित विकास साझेदारहरुले पनि गाउँगाउँमा गएर काम गर्न पाएका छन्, शासकीय सहजकर्ता (विचौलिया) हरुले नीतिनिर्माण तहमा सहज पहुँच पाएका छन्, सीमित राजनीतिक वृतले कसैलाई काखा र कसैलाई पाखा गरी भोटको राजनीति गर्न पाएका छन् र कानुनको छिद्रबाट फाइदा लिने वर्गले राम्रो खेती गरिरहेको अवस्था छ ।

    कसैले भ्रष्टाचार नियन्त्रणको उदेश्य राखेर कुनै गैरसरकारी संस्था खोल्यो भने उसको भित्री उद्देश्य हुन्छ, भ्रष्टाचार सकेसम्म बढोस् । मुलुकमा भ्रष्टाचार बढ्यो भनेमात्र उसको गैससमा विदेशी पैसाको खोलो बग्छ, उसको सेवासुविधामा अत्यधिक बढोत्तरी हुन्छ र उसको जीवनशैली नै उच्चस्तरको उत्कृष्ट हुन जान्छ । मुलुकमा भ्रष्टाचार बढेको कुरालाई अत्यधिक प्रचारप्रसार गरेर तथा भ्रष्टाचारमा संलग्नलाई गालीगलौज वा नकारात्मक टिप्पणी गरेर उसले आफ्नो जीवनलाई उत्कृष्ट बनाइरहेको हुन्छ । मुलुकमा भ्रष्टाचार नहोस् भन्ने चाहना राख्ने मानिसले यो तथ्यलाईसमेत विचार गर्नुपर्छ । यो समूहको परिधि तोडेर निजामती सेवाको विकृति सुधार नगर्ने हो भने वास्तवमा जनताले राज्यबाट राखेको अपेक्षा प्राप्त नगरी आक्रोश मात्रै बढ्दै जान्छ ।

    निजामती सेवामा भनिने गरेको सुधार–ओठे सेवा मात्र

    सुधारको विषय भन्ने वा लेख्ने विषय हैन, जसका लागि सुधार गरिएको हो उसले अनुभूत गर्ने विषय हो । कुनै पदाधिकारीले मैले मेरोपाला यस्तो सुधार गरेँ उस्तो सुधार गरेँ भनेर’ भन्दै वा लेख्दै हिँड्छ भने के बुझ्नुपर्छ भने वास्तवमा उसले केही गरेको रहनेछ, ‘स्टण्ट’ मात्र गर्दोरहेछ । सुधार भनेको अरुले अनुभूत गरी अरुले नै भन्ने वा लेख्ने कुरा हो ।

    नेपालको निजामती सेवाको सामान्य ज्ञान राख्ने मानिसले जो जसले गरेका सुधारका बारेमा अनयास नै भन्ने गर्छन् । अरुले नै भनिदिने आदरणीय व्यक्तित्वहरु नेपालको निजामती सेवा थुप्रै छन् तर निजामती सेवाको उच्च पदाधिकारी भएर विलासी जीवन बिताउने र मैले यस्तो सुधार गरें भनेर भनी हिँड्नेहरुको सुधार ओठे सेवा मात्र हो । कारण पहिचान गरेर साच्चीकै सुधारको कुरा गर्दा यस्ता ओठे सेवकहरु सतर्क रहनुपर्छ ।

    निजामती सेवा इनर्सिया समस्याबाट ग्रसित

    न्युटनको गुरुत्वाकर्षणको पहिलो नियम हो कुनै स्थिर वा गतिशील वस्तु बाहिरी बल नलागेसम्म स्थिर वा गतिशील नै रहिरहन्छ । निजामती सेवाले पनि सुधारका लागि बाहिरी दबाब नपरेसम्म जे गरिरहेको छ, त्यही गरिरहेको छ । नेपालमा सुधार नहोस् भन्ने समूह ठूलै र प्रभावशाली पनि छ, सुधार नभएकाले आफ्नो जीविका राम्रै चलाइरहेका मानिस पनि प्रशस्तै छन्, कर्मचारीलाई गाली गरेर आफू चर्चामा आई आफ्नो राजनीतिक वा लोकप्रियताको इच्छा पूरा गर्ने जमात पनि ठूलै छ ।

    सुधार नभएको कारणले अवाच्छित फाइदा उठाइरहेका कर्मचारी पनि प्रसस्तै छन् अर्थात् नेपालको निजामती सेवामा सुधार नभएकाले जनता चाहिँ साच्चीकै मार्कामा छन् तर जनता मारमा परेका छन् भनेर चिच्याउने वर्ग चाहिँ फाइदामा नै छ । नेपालमा साच्चीकै सुधार गर्ने हो भने यो इनर्सियाको समस्या पहिचान गरी ओठे सेवाको फाइदाको चक्र तोड्न जरुरी छ ।

    सारांश

    नेपालको निजामती सेवा हाल विकृति, अक्षमता र अव्यवस्थाको घेरामा फसेको छ । यहाँ समस्याको प्रचारप्रसार गर्नेलाई प्रोत्साहन हुन्छ तर कारण पहिल्याएर समाधान खोज्ने सोचको अभाव देखिन्छ । कर्मचारीलाई मात्र दोष दिएर गाली गर्नु समस्याको दीर्घकालीन समाधान होइन, प्रणालीगत कमजोरी पहिचान गरी सुधार गर्नु नै साँचो उपाय हो । दशकौँदेखि मालपोत कार्यालयमा भ्रष्टाचार रहँदै आएको भनिन्छ तर यति लामो समयसम्म सुधार नहुनु त्यस स्थानमा काम गर्ने व्यक्तिको कमजोरी मात्र होइन, प्रणालीको असफलता पनि हो । कारखानाबाट उत्पादित सामान अधिकांश खराब निस्कियो भने कामदारलाई गाली गरेर होइन, मेसिनको प्रणाली बदलेर सुधार गरिन्छ । निजामती सेवामा पनि यही सिद्धान्त लागू हुनुपर्छ ।

    निजामती सेवामा व्याप्त इनर्सियाका कारणले बाहिरी दबाबबिना केही परिवर्तन नहुने अवस्था सिर्जना भएको छ । भ्रष्टाचार, लोकप्रियता वा निजी लाभका कारण वर्तमान अस्थिरता कायम राखी नेपालमा सुधार नहोस् भन्ने जमात पनि सक्रिय छन् । सुधारका कुरा धेरैले गर्छन् तर त्यो ओठे सेवामा मात्र सीमित रहन्छ अर्थात यहाँ कार्यान्वयनभन्दा प्रचार बढी हुन्छ । साँचो सुधार भनेको जनताले अनुभूत गर्नसक्ने परिवर्तन हो, जुन अरुले मूल्याङ्कन गर्ने गर्छन् । यदि जनताले वास्तवमै राज्यबाट सेवा र विकासको अनुभव गर्न चाहन्छन् भने, निजामती सेवाको सुधारका लागि वास्तविक कारण पहिचान गरेर प्रणालीगत रूपान्तरण हुनैपर्छ । गाली होइन, कारणको समाधान नै सुधारको सही बाटो हो । (लेखक नेपाल सरकारका सहसचिव हुनुहुन्छ)

    शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.