• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

“जुरुक्क कर्नाली”


  •   शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
  • नेपालमा भर्खरै सम्पन्न सिस्नुपानी कार्यक्रमको “जुरुक्क कर्णाली” गीत अहिले निकै चर्चामा छ । चर्चामा रहनुको कारण कर्णालीलाई सम्बोधन गरेर गाइएको गीतका शब्द, गायन शैली, संगीत, नृत्य सबै तालमेल सुन्दर देखिन्छ ।

    Advertisement

    माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु
    छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु
    अनन्त अन्धकारमा अवोध त्यो प्रवाहमा
    अमोक्षमा जुनी-जुनी बिते नि दुष्ट राजमा
    तथापि ज्यूँछु जिन्दगी म हौसला हुँ जोस हुँ
    शिखर म चुम्छु दुर्गको म पाइला हुँ खोज हुँ
    नमेटिने ननासिने अभेद्य हुँ अजेय हुँ
    अपाडराज भूमि हुँ सपादलक्ष कर्नाली
    अदम्य आँट-ओज ली जुरुक्क उठ्छ कर्नाली

    सहस्र अश्वमा चढी म बन्छु विश्वगामिनी
    पुगेँ गया पुगेँ गुगे कुमाउँदेखि त्रिशूली
    डटेँ खटेँ लडेँ जितेँ सुकीर्ति फर्फराउँथ्यो
    अपार आँटिलो थिएँ र बैरी थर्थराउँथ्यो
    बतास बाज वेगमा खसानको कुना कुना
    हिमालमा पहाडमा र भोटमा जहाँ तहाँ
    म दुन्दुभी हुँ गुञ्जिने र मेघ हुँ म बर्सिने
    म वीर पैकलो थलो सपादलक्ष कर्नाली
    अदम्य आँट ओज ली जुरुक्क उठ्छ कर्नाली

    छ काख काँधको भरी अमूर्त मूर्त सम्पदा
    म वासना हुँ कस्तुरी सुवास बन्छु सर्वदा
    म रीति हुँ रिवाज हुँ म वाणी हुँ म अर्थ हुँ
    समस्त दुःख बिर्सन म योग्य हुँ समर्थ छुँ
    म बोल्दछु पडेलीमा, माडु मस्टो मैडोमा
    म गीत भाव भावना सङ्गीत साध्य साधना
    म सूर न्याउल्या बनी म खेल्दो देउडा दरी
    भुओ भैलो धारु घाँटु बिसुँवा चैतेली भरी
    म फुक्छु उच्च नाद यो तरङ्ग शङ्खनादको
    म सभ्यता हुँ विश्वको सपादलक्ष कर्नाली
    अदम्य आँट ओज ली जुरुक्क उठ्छ कर्नाली

    – रचना : माधव चौलागाईं
    – सङ्गीत : धीरेन्द्र प्रेमर्षि
    – गायन : आस्था राउत  र स्मारिका फुयाँल
    – नृत्य : मिथिला शर्मा  र साथीहरु
    – ब्याण्ड : जदौ कर्णाली  – Ratan Devkota

    शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.