• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

बन्दाबन्दीमा १०८ अन्तरराष्ट्रिय उडान: फर्किए ११ हजार ७०२ यात्रु


  •   बुधबार, असार ०३, २०७७ मा प्रकाशित
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बन्दाबन्दीका अवधिमा मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १०८ अन्तरराष्ट्रिय उडान भएका बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत पर्यटन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै पर्यटनमन्त्री भट्टराईले बन्दाबन्दीको झण्डै तीन महिनाको अवधिमा १०८ उडान भएको र यीमध्ये ६६ यात्रु चार्टर्ड उडान र ४२ कार्गो उडान रहेको जानकारी दिनुभयो ।

    Advertisement

    यी उडानबाट ११ हजार ८८५ यात्रु आवतजावत गरेका छन् । सबैभन्दा बढी ११ हजार ७०२ स्वदेशी तथा विदेशी बन्दाबन्दीको अवधिमा अन्तरराष्ट्रिय विमानस्थल हुँदै बाहिरिएका छन् । पछिल्लो विवरणअनुसार विभिन्न मुलुकबाट ६४९ नेपाली स्वदेश फर्केका छन् । यो अवधिमा २५ वटा वायुसेवा कम्पनीले ५४ उडान गरेका छन् । बाँकी नेपालका चार वायुसेवा कम्पनीले उडान गरेको मन्त्री भट्टराईले बताउनुभयो । नेपालबाट तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले अन्तरराष्ट्रिय उडान गर्दै आएका छन् ।

    विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्न सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी लागू गरेको थियो । चैत १० देखि नेपालमा उडान भर्ने अन्तरराष्ट्रिय वायुसेवाको उडान स्थगित गरिएको थियो । आन्तरिक उडान पनि स्थगित भएको थियो । पछिल्लो पटक असार २१ सम्म व्यावसायिक उडान प्रतिबन्ध गरिएको छ ।

    बढी भाडा लिने ट्राभल एजेन्सीको लाइसेन्स खारेज
    विदेशबाट फर्कने नेपालीका सन्दर्भमा उठेका जिज्ञासाको जवाफ दिँदै पर्यटनमन्त्री भट्टराईले विदेशबाट नेपाली ल्याउन कमभन्दा कम भाडादर कायम गरी चार्टर्ड उडानको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । विसं २०७७ जेठ १२ गतेको मन्त्रिपरिषद्को बैठकले विदेशबाट आउने नेपाली ल्याउने सम्बन्धमा कार्यविधि पास गर्दै त्यसरी ल्याइनेको प्राथमिकताका विषयसमेत किटान गरेको थियो ।

    विभिन्न मुलुकमा अलपत्र परेका कस्ता नेपालीलाई पहिलो प्राथमिकता दिने भनी तोकिएको छ । सोही आधारमा सम्बन्धित मुलुकमा रहेको दूतावास र कूटनीतिक नियोगले यात्रुको नामावली तयार गरी नेपालको परराष्ट्र मन्त्रालयमा पठाउने र मन्त्रालयले आवश्यक छानबिन गरी स्वीकृति दिनेछ ।

    कुनै पनि कम्पनीले काम गरिरहेका श्रमिकलाई निःशुल्क काठमाडौँ उतार्न सक्नेछन् । कतिपय कम्पनी र देशले पनि नल्याउने नेपालीलाई उनीहरुको आर्थिक अवस्था कमजोर भएको खण्डमा सरकारले उद्धार उडान गरी ल्याइदिनसक्ने व्यवस्था छ । खर्च जुटाउन सक्नेले सरकारले तोकेको सस्तो हवाई भाडादरमा टिकट काटेर आउन सकिने पनि कार्यविधिमा उल्लेख छ ।

    मन्त्री भट्टराईले असहज अवस्थामा विदेशबाट आउने र नेपालबाट जाने यात्रुलाई कष्ट भएकाले सरकारले सहजीकरणको भूमिका खेलिरहेको बताउनुभयो । उहाँले श्रम सम्झौताअनुरुप सम्बन्धित मुलुकले सकुशल मानवीय व्यवहार गर्ने सम्बन्धित देशको दायित्व भए पनि यस विषयमा कसैको ध्यान जान नसकेको बताउनुभयो ।

    कतिपय देशले आफ्ना नागरिक नेपालबाट लगेको र त्यसमा यात्रुले महङ्गो भाडा तिर्न बाध्य भएको अवस्थामा सरकारले सस्तो भाडादर कायम गरेको उहाँले बताउनुभयो । विदेशी वायु कम्पनीले अमेरिका जाँदा करिब तीन हजार डलर, क्यानडाको तीन हजार २००, जापान एक हजार ५०० डलरसम्म जहाजको भाडा लिएको दृष्टान्त प्रस्तुत गर्दै पर्यटनमन्त्री भट्टराईले तीनै मुलुकमा उडानका लागि सरकारले कम भाडा तोकेको बताउनुभयो ।

    पर्यटनमन्त्री भट्टराईले चार्टर्ड उडानमा ट्राभल एजेन्सीले अनियन्त्रित ढङ्गले भाडा उठाएको प्रमाणित भए लाइसेन्स खारेज गरिने बताउनुभयो । ‘केही ट्राभल एजेन्सीले बडी भाडा उठाएर यात्रु लगेको भन्ने गुनासो आएको छ । सरकारको निर्णयविपरीत यदि कसैले त्यस्तो गल्ती गरेको सप्रमाण फेला परे उनीहरुको लाइसेन्स खारेज गरिन्छ’, उहाँले भन्नुभयो ।

    मंगलबार मात्रै कोरियन एयरलाइन्सले एक हजार डलरमा उडानका लागि प्रस्ताव गरेकामा मन्त्रालयले भाडा घटान आग्रह गरेपछि ६२५ डलर प्रस्ताव गरेको र यसमा पनि ६०० डलरमा उडान गर्न आग्रह गरिएको मन्त्री भट्टराईले जानकारी दिनुभयो । गत सोमबार एयर अरेबियाले ५०० डलरमा उडान गर्ने प्रस्ताव गरेकामा पर्यटनमन्त्री भट्टराईले उक्त प्रस्ताव अस्वीकार गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) कोभन्दा कम मूल्यमा उडान गर्न आग्रह गर्नुभएको थियो ।

    मन्त्री भट्टराईले विस्तारै खुट्टा टेकिरहेको निगममाथि सबै किन आँखा लगाइन्छ भन्दै निगमको अवस्थालाई बुझिदिन पनि आग्रह गर्नुभयो । निगमले युएईबाट नेपाल ल्याउने यात्रुका लागि ३६० डलर भाडादर निर्धारण गरेको छ । बङ्गलादेशको १६५, कतारको ३६५ डलर कायम गरेको छ ।

    सकेसम्म सञ्चालन खर्च उठ्ने गरी मात्रै हवाई भाडा निर्धारण गरिएको र नेपाली वायुसेवा कम्पनीलाई फाइदा होस् भनेर यस्तो निर्णय गरिएको मन्त्री भट्टराईले बताउनुभयो । उहाँले वैदेशिक रोजगार कल्याणकारी कोषमा खासगरी खाडी र मलेसियामा जाने श्रमिकको निश्चित रकम जम्मा भएकाले उक्त कोषको रकम पनि श्रमिकका लागि खर्चिनुपर्नेमा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘हामी एयरलाइन्सबाट पनि १०० डलरसम्म भाडा घटाउछौँ र कोषबाट पनि योगदान दिन श्रम मन्त्रालयको ध्यानाकर्षण गराइएको छ । अप्ठ्यारो अवस्थामा नागरिकलाई आर्थिक भार बोकाउनुहुन्न ।’ पर्यटनमन्त्री भट्टराईले भूकम्पबाट क्षति भएका करिब ९०० सम्पदामध्ये ४५० बढी सम्पदाको पुनःनिर्माण भएको र आगामी दुई वर्षभित्र सबै सम्पदाको निर्माण सम्पन्न गर्ने गरी बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो । रासस

     

    बुधबार, असार ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.