काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ । विगत वर्ष भन्दा फरक यसपालि रोप्नु अघि नै मूल्य निर्धारण गरिएको हो ।
Advertisement
कृषि मन्त्रालयको सिफारिस र उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले धानको समर्थन मूल्य मन्त्रिपरिषद स्रोतले जनाएको छ ।
यस वर्ष लगाइने मध्यम धानको मुल्य प्रति क्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ र मोटा धानको मूल्य २ हजार ७ सय ३५ तोकिएको छ ।
कृषि मन्त्रालयको अनुसार खेतीको सबै लागत खर्चमा २० प्रतिशत नाफा र १० प्रतिशत ढुवानी भाडा जोडेर उक्त मूल्य तोकिएको हो ।
अब सबै मुख्य बाली वस्तुको क्रमशः खेती अघि नै न्युनतम समर्थन मूल्य तोकिने मन्त्रालयले जनाएको छ । नेपालमा पहिलो पटक बाली लगाउनु अघि नै धानको न्यूनतम समर्थन मूल्य तोकिएको हो ।