काठमाडौं । बजारमा केराको मूल्य घटेको छ ।
Advertisement
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार केराको मूल्य घटेको देखाएको हो ।
कालीमाटी बजारमा आज आइतबार केरा प्रतिदर्जन थोकमा न्यूनतम १ सय २५ देखि अधिकतम १ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो शनिबारको तुलनामा यो मूल्य प्रतिदर्जन १० रुपैयाँ सस्तो हो ।
हिजो शनिबार केरा प्रतिदर्जन थोकमा न्यूनतम १ सय ३० देखि अधिकतम १ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।
एक साताअघि भने केरा प्रतिदर्जन न्यूनतम १ सय ३० देखि अधिकतम १ सय ४५ रुपैयाँ थियो ।