काठमाडौँ । दक्षिण कोरिया नेपाली एकता समाजले चीन र भारतले लिपुलेक नाकालाई व्यापारिक नाका बनाउने सम्झौता गरेकोमा त्यसलाई खारेज गर्न माग गरेको छ ।
Advertisement
अध्यक्ष ऋषि पौडेलको हस्ताक्षरमा अगस्त २७, २०२५ गने प्रेसवक्तव्य जारी गर्दै समाजले यस्तो माग गरेको हो ।
लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभाग, जसको मध्यभागमा कालापानी पर्दछ, माथि भारतले कब्जा जमाउँदै आएकोमा अहिले चीनले समेत मान्यता दिएकोमा समाजले विरोध व्यक्त गरेको छ ।
चीन र भारतको उक्त सहमति नेपाली सार्वभौमसत्ता र अखण्डताको विरुद्ध रहेको ठहर गर्दै समाजले उक्त सम्झौता अविलम्ब खारेज गर्दै नेपालको सार्वभौमसत्ता र अखण्डताको सम्मान गर्न माग गरिएको छ ।
लिपुलेक मामिला अन्तर्राष्ट्रियकरण गर्न माग गरिएको सो प्रेसवक्तव्यमा सम्पूर्ण देशभक्त नेपालीसित राष्ट्रिययताको रक्षाका लागि एकजुन हुन आह्वानसमेत गरिएको छ ।
