फरीदाबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद महिला नगर विभागद्वारा प्रगतिशील तिज भव्यरुपमा सम्पन्न पारिएको छ ।
२६ अगस्त २०२५का दिन सम्पन्न सो कार्यक्रमको अध्यक्षता शकुन्तला थापाले र सञ्चालन बिमला महराले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरूलाई सविता थापाले मन्तब्यद्वारा स्वागत गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय समितिका वैकल्पिक सदस्य बाबुराम बिष्टको प्रमुख आतिथ्य रहेको थियो भने केन्द्रीय सल्लाहकार रमेश चन्द्र क्षेत्री, पश्चिमोत्तर क्षेत्रीय समिति तर्फबाट विष्णु बि.सी., पश्चिमोत्तर क्षेत्रीय सांस्कृतिक विभाग तर्फबाट धर्म खनाल, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय समिति सचिव सरिता बि.सी., महिला नगर विभागकी शान्ता भुसाल, फरीदाबाद नगर समितिबाट बाबुराम भुसाल र चन्द्र अधिकारीलगायतले अतिथि आसन ग्रहरण गर्नुभएको थियो ।

प्रमुख अतिथि बाबुराम बिष्टले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
यसैक्रमा महिला विभागका सदस्यहरूले प्रस्तुत गरेका प्रगतिशील तिज गीत र नृत्य प्रस्तुत गरेर तिज भव्य रुपमा सम्पन्न पारिएको थियो ।

