दीप गोले तामाङ ##
Advertisement
हो….हो ….हो …हो
हामी क्रान्तिकारी हो हामी क्रान्तिकारी
यो देशको मुहार फेर्न जन्मेका हामी परिवर्तनकारी
हो परिवर्तनकारी…
यो देशका हामी युवा हो क्रान्तिकारी
यो देशबाट लखेट्नुछ भ्रष्टाचारी
परिवर्तन गर्ने हामीसँगै अघि बढ्छौं…
हो…
समाजवादको निम्ति हामी लड्दैछौँ
दलाल सत्ता ध्वस्त पार्न अघि बढ्दैछौँ
मार्क्सवाद विचारमा प्रतिबद्ध छौँ…
हो….
हँसियाहथौडा रातो झन्डा हाम्रो सान हो
राष्ट्र र राष्ट्रियता हाम्रो जीवन हो
देशकै लागि लड्छौँ हामी देशकै लागि मर्छौं….
हो…
देशको ढुकुटी लुट्नेको चिहान खन्नैपर्छ
गरिबको मुक्तिको लागि अब लड्नैपर्छ
देश समृद्ध बनाउन लडिरहेका छौँ…
हो…
हामी क्रान्तिकारी, हो हामी क्रान्तिकारी
हामी परिवर्तनकारी, हामी परिवर्तनकारी…
२०८२ भदौ ९ गते