• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

विचार र नीतिको हिसाबले नयाँ शक्ति मसाल हो : शर्मा (भिडियो अन्तर्वार्ता)


  •   मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा वामपन्थी नेता आनन्द शर्माले विचार र नीतिको हिसाबले नेपालको नयाँ शक्ति नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा भएको दाबी गर्नुभएको छ ।

    युगदर्शन मिडियालाई २०८२ भदौ ९ गते सोमबार भिडियो अन्तर्वार्ता दिँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

    नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) जस्तै तपाईंहरू पनि पुरानो शक्ति हो भन्ने आरोप छ नि भन्ने युगदर्शनको जिज्ञासालाई स्पष्ट पार्दै उहाँले यस्तो दाबी गर्दै हुनुहुन्थ्यो ।

    ‘विचारको हिसाबले नयाँ शक्ति राष्ट्रिय जनमोर्चा हो’ उहाँले भन्नुभयो– ‘नीतिको आधारमा नयाँ शक्ति भनेको नेकपा (मसाल) हो ।’

    कुनै राजनीतिक शक्ति नयाँ हो कि पुरानो हो भन्ने तथ्य त्यो पार्टीको स्थापना कहिले भयो वा त्यसका नेता युवा छन् कि बुढा भन्ने भन्ने आधारमा किटानी नहुने उहाँको तर्क थियो ।

    दर्शन, राजनीति, विचार, चरित्र र कार्यशैलीको आधारमा कुनै राजनीतिक शक्ति नयाँ वा पुरानो हुने उहाँले स्पष्ट पार्नुभयो ।

    ‘कुनै राजनीतिक पार्टी नयाँ हुनका लागि उसको दर्शन, राजनीति र विचार नयाँ हुनुपऱ्यो । उसको चरित्र स्वच्छ र पारदर्शी हुनुपऱ्यो । कार्यशैली जनपक्षीय हुनुपऱ्यो’ उहाँले भन्नुभयो– ‘त्यस्तो कुनै पार्टी नेपालमा छ भने त्यो मसाल र राजमो नै हो ।’

    रास्वपा : ‘काचो सुन्तला…’

    अन्तर्वार्ताको क्रममा आफूलाई नयाँ पार्टी भनेर दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीलाई उहाँले ‘काचो सुन्तला’ को सङ्ज्ञा दिनुभयो ।

    ‘राष्ट्रिय स्वतन्त्र पार्टीको त देखियो नि अवस्था’ उहाँले भन्नुभयो– ‘काँचो सुन्तला, नखाँदा यो चाल, खाए कुन चाल भनेझैँ अवस्था छ ।’

    अहिले संसद्भित्र चौथो शक्ति भएपछि सरकारमा जानैपर्ने, गृहमन्त्री नै चाहिने, गृहमन्त्री पनि रवि लामिछाने नै हुनुपर्ने रास्वपाको चरित्रबारे उहाँले स्पष्ट पार्नुभयो– ‘सहकारी ठगीसम्बन्धी भ्रष्टाचारका प्रमाण नष्ट गर्नकै लागि रवि गृहमन्त्री बन्नुपर्ने !’

    नेता शर्माले रविको भ्रष्टाचार प्रकरणमा देशका विभिन्न जिल्लाका अदालतमा प्रमाण भएको र त्यस आधारमा उनको जेलबसाइ निश्चित गरिएको बताउनुभयो ।

    रुपन्देही चुनाव

    आगामी कात्तिक १७ गते रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा हुन थालेको उपनिर्वाचनलाई गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा तथा सङ्घीयता, भ्रष्टाचार र राष्ट्रघातका विरुद्ध सङ्घर्षको रूपमा उपयोग गर्न थालेको उहाँले जानकारी दिनुभयो ।

    ‘रुपन्देहीको उपनिर्वाचनलाई गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा तथा सङ्घीयता, भ्रष्टाचार र राष्ट्रघात विरुद्ध आन्दोलनको रूपमा उपयोग गर्दैछौँ’ उहाँले भन्नुभयो ।

    उपचुनावको क्रममा गणतन्त्रको विरुद्धमा फैलाइएको भ्रमको भण्डाफोर गर्ने योजना रहेको उहाँको भनाइ थियो ।

    ‘एकथरीले गणतन्त्र भनेको कुशासन हो, भ्रष्टाचार हो, राष्ट्रघात हो भन्ने भ्रम फैलाइरहेका छन्’ उहाँले भन्नुभयो– ‘हामीले कुशासन, भ्रष्टाचार, राष्ट्रियता र सङ्घीयताको विरोध गर्दै गणतन्त्रलाई संस्थागत गर्नुपर्ने आवश्यकतामा जोड दिनेछौँ ।’

    राजमोका केन्द्रीय सल्लाहकारसमेत रहनुभएका रुपन्देही–३ का उम्मेदवार बद्रे आलम आफैमा त्यस क्षेत्रका लोकप्रिय र स्थापित व्यक्तित्व भएको उहाँले दाबी गर्नुभयो ।

    त्यस्तै उहाँले रुपन्देहीको निर्वाचन २०८४ सालको आमनिर्वाचनको रिहर्सल भएको दाबीसमेत गर्नुभयो ।

    २०८४ सालमा कुन खालको परिस्थति निर्माण हुनेछ, सोहीअनुसार निर्णय हुने बताउँदै उहाँले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा तथा सत्ताधारी दलको भ्रष्टाचार, कुशासन र राष्ट्रघातको विरुद्ध राष्ट्रिय जनमोर्चाले एकल रूपमै चुनाव लड्ने सम्भावना रहेको बताउनुभयो ।

    यता रुपन्देही निर्वाचनमा भने कसैसँग तालमेल नगर्ने पार्टीको निर्णय रहेको उहाँले जानकारी दिनुभयो ।

    लिपुलेक मामिला अन्तर्राष्ट्रियकरण गर्न माग

    राजमोका केन्द्र्रीय सल्लाहकारसमेत रहनुभएका शर्माले लिपुलेक अतिक्रमण प्रकरणमा भारतसँगै चीनले पनि वैधानिकता दिएको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउनुभयो ।

    ‘हामी भनिरहेका छौँ, लिपुलेक मामिलालाई अन्तर्राष्ट्रियकरण गरौँ । यस अतिक्रमणलाई संयुक्त राष्ट्र सङ्घमा उठाऔँ । यसरी लिपुलेकको पक्षमा जनमत सिर्जना हुनेछ भन्ने हाम्रो बुझाइ छ’ उहाँले भन्नुभयो– ‘तर नेपाल सरकारले हिम्मत गरिरहेको छैन ।’

    उहाँले लिपुलेकको विषयमा आन्दोलन गर्न वामपन्थी शक्तिमाझ छलफल भइरहेको बताउनुभयो । त्यस क्रममा केही दिनअघि वामपन्थी समूहसँग संयुक्त बैठकसमेत सम्पन्न भइरहेको जानकारी दिनुभयो ।

    नेपालमा वामपन्थी पार्टीहरूमा सहकार्यको सन्दर्भमा दुई खाले समस्या रहेको उहाँको बुझाइ थियो ।

    ‘एकथरीले राष्ट्रियताको सवालमा सही नीति अपनाउँछन् तर तात्कालिक राजनीतिबारे वामपन्थी सङ्कीर्णतावादी नीति अपनाउँछन्’ उहाँले भन्नुभयो– ‘अर्काथरीले तुलनात्मक रूपमा तात्कालिक राजनीतिबारे सही नीति अपनाउँछन् तर राष्ट्रियताबारे सही नीति अपनाउँदैनन् ।’

    आफूहरूले यी दुवै पक्षसित सहमत भएका विषयमा सहकार्य गर्दै तर सहकार्यका बाबजुद गलत नीतिको आलोचना गर्दै यथासम्भव सहकार्य गरिरहेको उहाँको भनाइ थियो ।

    यस क्रममा उहाँले समाजवादी मोर्चा भनिए पनि त्यो वास्तविक समाजवादी नभएको बताउनुभयो ।

    ‘समाजवादी मोर्चा भनिए पनि प्रचण्डसहितको समाजवादी मोर्चाको हामीले विश्वास गर्दैनौँ । वामपन्थी सहकार्यलाई हामी स्वीकार गर्छौं तर त्यसको लागि आधार तयार भइसकेको छैन’ उहाँको भनाइ थियो ।

    चिनियाँ भूमिकाको पनि विरोध

    आफूहरूले चीन र भारत दुवै साम्राज्यवादी देश भएको विश्लेषण गरे पनि चीनको नेपाली राष्ट्रियताको सन्दर्भमा सकारात्मक भूमिका रहेको धारणा उहाँको थियो ।

    उहाँले भन्नुभयो– ‘चीन साम्राज्यवादी मुलुक भए पनि नेपालको भारतमाथिको एकल परनिनर्भरतालाई कम गर्न उसको सकारात्मक भूमिका छ ।’

    पछिल्लो समयमा अमेरिका र भारतको माझमा ट्यारिफ वार (करयुद्ध) भइरहेकाले अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन आएको बताउँदै उहाँले लिपुलेक अतिक्रमणबारे चीनको पनि विरोध गर्ने आफूहरूको नीति रहेको उहाँले बताउनुभयो ।

    ‘दुई छिमेकी लड्दा वा मिल्दा दुवै अवस्थामा नेपाललाई समस्या हुने अवस्थामा हामी छौँ’ उहाँले भन्नुभयो– ‘तैपनि सिङ्गो राष्ट्र एक ढिक्का भएर राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा उभिनुपर्दछ भन्ने हाम्रो मत छ ।’

    सङ्गठन सुदृढीकरण योजना सुरु

    अन्तर्वार्ताको क्रममा उहाँले गत साउन महिनामा दुई हप्तासम्म सङ्गठन सुदृढीकरणसम्बन्धी कार्यशाला सञ्चालन भएको उहाँले जानकारी दिनुभयो ।

    मसाल र राजमोको सही राजनीतिक भूमिकाका बाबजुद साङ्गठनिक रूपमा कमजोर अवस्थामा सुधार गर्न सो कार्यशाला केन्द्रित भएको उहाँको दाबी थियो ।

    कार्यशालामा सैद्धान्तिक, वैचारिक प्रशिक्षणसँगै साङ्गठनिक सुदृढीकरणका लागि राजमो र अन्य जनवर्गीय सङ्गठनले करिब एक वर्षको योजना बनाएको उहाँले बताउनुभयो ।

    राजमो, किसान, युवाविद्यार्थीसहित विभिन्न जनवर्गीय सङ्गठनको ठोस योजनाको प्रतिफल केही समयमा देखिने उहाँले दाबी गर्नुभयो ।

    (अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शन मिडियाको युट्युब च्यानल https://www.youtube.com/watch?v=XaVNVB2RfYsवाच गर्नुहोला)

    मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.