बुटवल । रुपन्देही जिल्लाका विभिन्न वामपन्थी दलहरूले राष्ट्रियताको पक्षमा एकता जाहेर गर्दै विरोध सभा सम्पन्न पारेका छन् ।
Advertisement
यही २०८२ भदौ ८ गते सम्पन्न संयुक्त विरोध सभाको सञ्चालन ने.क.पा. (मसाल) रुपन्देही जिल्ला प्रवक्ता लालचन्द पन्थले गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय सल्लाहकार बद्रे आलम, क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालका पिविएम प्रेम सुवेदी, ने.क.पा. पिविएम बसन्त सी, ने.क.पा.(माओवादी केन्द्र) स्थायी कमिटीका सदस्य हरिकुल्ला खाँ, ने.क.पा. समाजवादी लुम्बिनी प्रदेशका उपाध्यक्ष कमल भण्डारी लगायतले मन्तव्य दिनुभएको थियो ।
वक्ताहरूले लिपुलेक, कालापनी र लिम्पीयाधुरा नेपालको अभिन्न अंग भएको दावी गर्नुभएको थियो ।