संझना पौडेल ##
Advertisement
उपस्थिति पाउना सङ्गीसाथी सबैलाई
अखिल नेपाल महिला संघको स्वागत ॥
दिनदिनै विग्रिदै छ यो देशको हालत।
भब्चारी सरकारले होनी बरिलै ॥
छोइ नसक्नु बजार भाउ बाचौँ हामी कसरी ।
महङ्गीको विरोध गर्न जुटौँ बरिलै ॥
तस्करी र दलालले चलाएको सरकार ।
कती सम्म सहेर बसौ बरिलै ॥
सरकारको वरिपरी तस्करको लाइन।
तीनैको सम्क्षण गर्ने बरिले ॥
भष्चारी, तस्करी बिचौलिया मिलेर ।
सरकारमा आलोपालो बस्ने बरिलै ॥
सुन, चादी जग्गा जमीन तस्करले नपुगी।
नेपाली युवा बेची भत्ता बरिले ।
गरिबले दुःख गरी जोगाएको धन पनि।
सहकारी ठगी गरी खाए बरिले॥
सहकारी ठगीलाई मुक्त गर्ने पाइँदैन ।
पिडितलाई न्याय दिन जुटौँ बरिलै।
दलाल, भ्रष्ट सरकार अब हाम्लाई चाइँदैन ।
सुसासन ल्याउन अब जुटौँ बरिले॥
अखिल नेपाल महिला संघको झण्डा मुनि बसेर।
जनवादी राज्यसत्ता ल्याम बरिले॥