• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चुरे काछवासीलाई बर्खे भेलले सास्ती


  •   आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
  • महोत्तरी । बर्दिवास नगरपालिका क्षेत्रमात्र पर्ने चुरे क्षेत्रका बासिन्दालाई अहिले सास्ती बढेको छ । साउन अन्तिम साताको लगातारको वर्षा भदौ लागेपछि अलि थामिए पनि बाटोघाटो र खानेपानीका मुहान बर्खे भेलले बिगारेपछि काछवासी सास्तीमा परेका हुन् ।

    Advertisement

    महोत्तरीमा चुरेक्षेत्र बर्दिवासका वडा नं ३, ४, ५, १० र ११ गरी पाँच वडामा पर्दछ । यहाँको चुरे क्षेत्र करिब ३५ किलोमिटर लम्बाइको छ । मधेसको कर्णाली भनिने चुरेको छ बस्ती बर्खा लागेसँगै बाहिरी सम्बन्धबाट विच्छेद हुन्छ । “खोलैखोलाको बाटो बर्खे भेलले पूरै बिगारेको छ, ठाउँठाउँका पाखाबाटा पनि बिग्रेका छन्”, बर्दिवास–११ खयरमाराको झ्याउरे भाङ्गेका ७० वर्षीय पूर्णबहादुर बम्जन भन्नुहुन्छ, “अब हिउँद नलागेसम्म यी बाटाघाटा खुल्दैनन्, यसयाममा कोही बिरामी परे डोकोमै बोकेर सात/आठ किलोमिटर दक्षिणको खयरमारा बजार पुगेपछिमात्र सवारीसाधन पाइन्छन् ।”

    चुरेक्षेत्रका यी पाँच वडामा करिब २०/२२ बस्ती छन् । धेरैजसो यी बस्ती पुग्ने बाटो चुरेका पाखा र खोलाबाट छ । हिउँदभरि बस्ती नजिकसम्म दुःखसुख गाडी गुडे पनि बर्खा लागेपछि यी बस्ती बाहिरी सम्पर्कबाट पूरै टुट्छन् ।

    “बर्खेभेलले खगारेको पाखे बाटो पैदल हिँड्न पनि कठिन हुन्छ, खोला भएर हिँड्ने बाटो त झन् बाढी नै हिँड्ने भइहाल्यो”, बर्दिवास–३ को काछबस्ती पर्साहीधापका सामाजिक कार्यकर्ता बुद्धबहादुर मोक्तान भन्नुहुन्छ, “हिउँद लागेर बाटो नसखारिउञ्जेल हामी यहाँका बासिन्दा अनकन्टारमै हुन्छौँ ।”

    बाटोघाटो मात्र नभएर अहिले खानेपानीको सङ्कट व्यहोरिरहनु परेको काछवासीको गुनासो छ । काछबस्तीमा धेरैजसो खोला छेउका जरुवा पानी, खोल्सी र कुवामै निर्भर हुनुपरेको बर्दिबास–५ छोड्केकी मनमाया ब्लोन बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “हामीले खानेपानीको मुहान पाखाबाट झरेको लेदोले पुर्‍यो, कसैगरी दुई/तीन दिन लगाएर लेदो सफा गरिए पनि पानी सङ्कलन समय लाग्ने हुँदा धमिलो नै खानु परेको छ ।” सबैभन्दा मुस्किल त कोही बिरामी भइहाले बर्दिवास अस्पतालसम्म पुर्‍याउन कठिन पर्ने गरेको काछवासीको गुनासो छ ।

    “बर्खा सकिनासाथ चाडवाडको रन्कोले छोप्छ, तर योबेला सवारीसाधन चल्दैनन्, सरसामान जुटाउन काछवासीलाई अत्यन्त अप्ठ्यारो छ”, बर्दिवास–५ का वडाध्यक्ष कहारमान स्याङ्वा भन्नुहुन्छ, “बर्खाभरि बाटो सखार्ने, सम्याउने कामका लागि भित्री काछबस्तीसम्म यान्त्रिक उपकरण पु र्‍याउन गारो छ, त्यसैले राम्रो मर्मतसम्भारका लागि हिउँद नै पर्खन परेको हो ।”

    बाटोघाटो र खानेपानी मात्र नभएर बर्खेभेलले कैयन ठाउँका छड्की (तारजालीको बाँध) फुटाएर बालीनाली क्षति गरेको छ । कैयन ठाउँमा खेत कटानको जोखिम बढ्दो छ । “हामीले पर्साहीधापमा बर्खेभेलले तारजाली काट्न थालेपछि डोजर त पुर्‍यायौंँ, तर चुरेक्षेत्रमा पानी परिरहँदा खहरे उर्लेर आएपछि काम गर्नसक्ने स्थिति रहेन”, यसै भदौको पहिलो साताको उर्रा खोलाको बाढी सम्झदै बर्दिवास–३ का वडाध्यक्ष विराट विष्ट भन्नुहुन्छ, “ठाउँठाउँमा बस्ती नै बाढीको चपेटामा पर्ने डर बढेको छ ।”

    बर्खेभेलले ओल्लोपल्लो बस्तीमा आवतजावत गर्न कठिन भएको छ । बर्खेभेलले गर्दा गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण गर्न गराउन स्वास्थ्य संस्थासम्म पुग्न समस्या छ । यसैगरी सुत्केरी गराउन अस्पतालसम्म पुर्‍याउन काछवासीलाई बाटोले अप्ठ्यारो पारेको बर्दिवास–४ माइस्थानका सामाजिक कार्यकर्ता सोमबहादुर कार्कीको भनाइ छ ।

    महोत्तरीमा रातु, भब्सी, जङ्घा, गणन्ता, ढुङ्गे, टुटेश्वर, खयरमारा, मडहा र बाँके मुख्य नदी हुन् । यी नदीमा मिसिने खहरे, खोल्सीको संख्या ३०० को हाराहारी पुग्छन् । एउटा रातुमा मात्रै १०८ वटा खहरेखोल्सी मिसिएका छन्। बर्खामा सबैजसो खहरेखोल्सीमा उर्लने बाढीले भित्री बस्तीका बाटाघाटा भत्काउने पीडा यहाँ बर्सेनिको हो ।

    पाखो बाटो सखारेर राम्रो नबनुञ्जेल आफूहरुको सास्ती रहिरहने काछवासीको भनाइ छ । “चुरेकाछका बस्ती पुग्ने बाटो धेरैजसो खोला भएर छन्, त्यसैले बढी समस्या भएको छ, अब पाखोबाटो बनाउन सरकारले पहलकदमी लिइदेओस्‌”, बर्दिवास–१० खयरमाराका सामाजिक अगुवा दुर्गामान लामा भन्नुहुन्छ, “यति नहउञ्जेल काछवासी मान्छेजसरी बस्न नपाउने भए ।”

    अब यसपाली बर्खा सकिनासाथ स्थानीय तह, प्रदेश एवं संघीय सरकारबीच समन्वय भएर बाटोघाटो, खानेपानी र स्वास्थ्य संस्थाका लागि दीर्घकालीन उपाय अवलम्बन गरिनपर्ने यी बस्तीका बासिन्दाको माग छ ।

    आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.