• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ८. वेदकालीन समाज

  • ९. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

  • १०. हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

मस्कको मेगारकेट असफलतापछि नयाँ महत्वपूर्ण परीक्षणको तयारी


  •   आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
  • वासिङ्टन । एलन मस्कको स्पेसएक्स आइतबार आफ्‌नो स्टारसिप मेगारकेटको अर्को परीक्षणका लागि तयार भइरहेको छ । हालैका असफलताहरूले यसको व्यवहार्यतामाथि प्रश्न उठाइरहेका बेला यो उडानलाई निकै महत्वपूर्ण मानिएको छ।

    Advertisement

    विश्वकै सबैभन्दा शक्तिशाली प्रक्षेपण वाहन दक्षिणी टेक्सासको स्टारबेसबाट स्थानीय समय साँझ ६ः३० बजे (२३३० जिएमटी) १०औँ उडानका लागि प्रस्थान गर्ने योजना छ ।

    यस मिसनको लक्ष्य रकेटलाई परीक्षणहरूको शृङ्खलाबाट गुजार्दै विश्वको आधा बाटो उडाएर अन्ततः हिन्द महासागरमा खसाल्ने हो । यस पटक भने कम्पनीले प्रक्षेपण टावरको विशाल ‘चपस्टिक’ हात प्रयोग गरी बुस्टर समात्ने प्रयास नगर्ने बताइएको छ ।

    स्टारसिप मस्कको मंगल ग्रह उपनिवेश योजनाको केन्द्र हो । नासाले पनि यसलाई संशोधित संस्करणमार्फत आर्टेमिस चन्द्र ल्यान्डरको रूपमा प्रयोग गर्ने तयारी गरेको छ ।

    तर सन् २०२५ मा भएका सबै तीन परीक्षण उडानहरू दुई पटक क्यारिबियन टापु नजिक र एक पटक अन्तरिक्ष पुगेपछि माथिल्लो चरण विस्फोटमा समाप्त भएका छन् । यसै वर्ष, ‘स्टाटिक फायर’ परीक्षणमा जमिनमै अर्को माथिल्लो चरण विस्फोट भएको थियो ।

    स्पेसएक्सले अपनाएको ‘फेल फास्ट, लर्न फास्ट’ संस्कृतिले कम्पनीलाई फाल्कन रकेट परिवारमार्फत प्रक्षेपण उद्योगमा अग्रणी बनाएको थियो । तर स्टारसिपका लगातार अवरोधहरूले यसै किसिमको सफलता दोहोर्‍याउन सक्ने क्षमतामा शंका उत्पन्न गरेको छ ।

    – दबाब बढ्दै –

    एनालाइसिस मेसनका अन्तरिक्ष विज्ञ डलास कासाबोस्कीले भन्नुभयो, “यो मिसनमा निकै दबाब छ । धेरै परीक्षण भए तर अझै भरपर्दो साबित भएको छैन—असफलताहरू नै बढी छन् ।”

    पूर्व इन्जिनियर एवं विश्लेषक विल लकेटले भन्नुभयो, “भारी पेलोड परीक्षणको कमीले स्टारसिपको अवधारणामै समस्या देखाउँछ ।”

    उहाँका अनुसार, स्पेसएक्सले पुनः प्रयोगयोग्य बनाउन हल्का बनाइएका स्टारसिपहरू आवश्यकताभन्दा कमजोर भएका छन्, जसले हालैका परीक्षणहरूमा संरचनात्मक असफलता निम्त्याएको हो ।

    यसैबीच, ‘के एलन मस्कको स्टारसिप बर्बाद भयो ?’ जस्ता हेडलाइनहरूले ध्यान तानेका छन् ।

    मस्कले कम्पनीको भविष्य नै स्टारसिपमा लगानी गर्नुभएको छ र अन्ततः हालका रकेट तथा अन्तरिक्ष यानलाई अवकास दिन चाहनुहुन्छ ।

    दशौँ परीक्षण सफल भए पनि, प्रणालीलाई पूर्ण पुनः प्रयोगयोग्य बनाउने, कक्षामा सुपर–कुल्ड इन्धन भर्ने र गहिरो अन्तरिक्ष मिसन सम्भव बनाउन अझै ठूलो प्राविधिक चुनौती बाँकी छ ।

    यद्यपि स्पेसएक्सले प्रक्षेपणको आवृत्ति बढाउँदैछ । वातावरणीय समूहहरूको आलोचनाका बीच फ्‌लोरिडामा नयाँ प्रक्षेपण र अवतरण सुविधा निर्माण पनि भइरहेको छ ।

    आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’
    रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
    पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
    भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
    सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते
    फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

    • २.
      रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

    • ३.
      पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    • ४.
      भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

    • ५.
      सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    • ६.
      फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    • ७.
      इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

    • ८.
      वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.