टेकराज भुसाल, सन्धिखर्क ।
अर्घाखाँचकिो भूमिकास्थान–२ ढाकाबाङस्थित भगवती कृषि सहकारीको दशौँ वार्षिकोत्सव तिजी कार्यक्रमसँगै सम्पन्न भएको छ ।
२०८२ भदौ ७ गते शनिबार सम्पन्न सो कार्यक्रमको उद्घाटन भूमिकास्थान–२ का वडाध्यक्ष बुद्धिबहादुर थापाले गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले सहकारी संस्था गाउँघरको आर्थिक विकाससँगै महिला सशक्तीकरण र सामाजिक एकताका लागि महत्त्वपूर्ण आधार हुन सक्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘सहकारीले महिलालाई आत्मनिर्भर बनाउन ठुलो योगदान पुऱ्याएको छ । यस्तो संस्थाले गाउँमा आर्थिक मात्र होइन, सामाजिक चेतना र संस्कृतिको संरक्षणमा पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।’
स्थापना दिवस तथा तिजी कार्यक्रममा वडासदस्य नारायणप्रसाद खनाल, देविकास्थान–झाक्रीशाला टोल विकास संस्थाका अध्यक्ष जितेन्द्र खत्री, भूमिकास्थान युवा सञ्जालका संयोजक टेकराज भुसालसहित सहकारीका पदाधिकारी तथा सदस्यको उत्साहजनक उपस्थिति रहेको थियो ।
सहकारीका अध्यक्ष गणेश सुनारको अध्यक्षता र सचिव रामबहादुर खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी महिलाले दर खाँदै मौलिक तिज गीत गाएर नाचगानसमेत प्रस्तुत गरेका थिए ।
