जनक बिसी ##
स्वागत गर्छौँ जनतालाई तिजको भाकामा –२
२०८२ को सुभकामना –३
कसरी सुनाऊ आज देशकोको बेहाल –२
लिपुलेक र कालापानी भयो बर्बाद
दार्चुला र कालापानी नेपालको पर्दछ –२
भारतीय सैनिकहरू जानु पर्दछ
भारत र चिन मिली हाम्रो जमिन खाँदै छौ –२
फिर्ता भयन भोली हामी मुद्दा लडने छौ –३
जनतालाई पिरलो दिनदिनै बढदै छ–२
महंगी चुलिएर आकाश छुँदै छ
अत्याचारले गरिबका झुप्रा झनै तडपिए –२
शहर भरी नेताका महल टल्किए
फेरी पनी हुकुमी शाषन चल्दैछ–२
जनताका अधिकार कुल्चि हिँडदै छ
जनतालाई भरेङ्ग बनाई सरकार बनाए–२
हक माग्दा जनतालाई गोली बर्षाए
देशको तस्वीर कस्तो होला संविधानमा बनेन्–२
अन्याय र भष्टाचारको शाषन हटेन
भारत र चाईना देश साम्राज्य मुलुक–२
हाम्रो देश खान लाए उठौ जुरुक्क
उठनु पर्छ किसान ज्यामी एकतामा जुटेर –२
मास्नुपर्छ देशका बैरी जनता मिलेर
देशको माटो जोगाउन सयौँ फुल फुलाउन–२
नयाँ नेपाल निर्माण गरी, संसार चिनाउन ।