कावासोती । नवलपुरमा अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ जिल्ला अधिवेशन आगामी असोज ४–५ गते सम्पन्न हुने भएको छ ।
“प्रतिगामी खतराको विरुद्ध सङ्घर्ष, गणतन्त्र, धर्मनिरपेक्षता रक्षाका लागि हाम्रो आन्दोलन : जनजाति समस्या समाधानका लागि वर्गीय सङ्घर्षको पक्षमा पाँचौँ नवलपुर जिल्ला सम्मेलन” मूल नाराका साथ सो सम्मेलन सम्पन्न हुन थालेको हो ।
२०८२ भदौ ६ गते बिहीबार केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकीको विशेष उपस्थिति तथा जिल्ला अध्यक्ष विकाराम चौधरीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको आयोजकले जानकारी दिएको छ ।
बैठकले अधिवेशनको तयारीस्वरूप मध्यविन्दु नगरपालिका, हुप्सेकोट नगरपालिका, विनयत्रिवेणी गाउँपालिका, गैँडाकोट नगरपालिका र देवचुली गाउँपालिकामा साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ ।
बैठकले चितवनमा आगामी असोज २६–२८ सम्म हुने पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि, पर्यवेक्षक पठाउने निर्णय भएको अध्यक्ष चौधरीले जानकारी गराउनुभयो ।