• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गाजामा इजरायली आक्रमण तीव्र, सयौं नागरिक विस्थापित


  •   शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
  • संयुक्त राष्ट्रसंघ । गाजा सहर र वरपरका क्षेत्रमा इजरायलले गरिरहेको निरन्तर बमबारीले सर्वसाधारणमा अत्यन्तै भयावह असर पारिरहेको संयुक्त राष्ट्रसंघका मानवीय निकायहरूले जनाएका छन् ।

    Advertisement

    संयुक्त राष्ट्रसंघको मानवीय मामिलाको समन्वय कार्यालय (ओचा) का अनुसार इजरायलका आक्रमणहरू पूर्वी तथा दक्षिणी गाजा सहरमा विशेषगरी अज–जयतुन क्षेत्रमा अत्यन्तै तीव्र भएका छन् । ती आक्रमणहरूले धेरै संख्यामा सर्वसाधारणको मृत्यु हुनुका साथै ठूला मात्रामा घरहरू ध्वस्त भएका छन् ।

    ओचाका अनुसार अगस्त ८ यता ५० भन्दा बढी आवासीय घरहरूमा आक्रमण भएको छ, जसका कारण कम्तीमा ८७ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ ।

    गाजाको दक्षिण भागमा रहेको डेइर अल–बलाहमा, बिहीबार इजरायली हवाई आक्रमणले अस्थायी रूपमा विस्थापित भएकाहरू बसेको एक ठाउँलाई लक्षित गरेको थियो । यो ठाउँ ओचा कार्यालय नजिकै रहेको थियो, जहाँ करिब २०० परिवार बसोबास गरिरहेका थिए ।

    इजरायली सेनाले थोरै समयअघि चेतावनी दिएपछि शिविर खाली गरिएको थियो, जसले ज्यान जोगाउन मद्दत गर्याे । यद्यपि त्यहाँको टहरा र सरसामानहरू पूर्ण रूपमा नष्ट भएका छन् ।

    ओचा कार्यालय आफैंमा पनि सामान्य क्षति पुगेको भए तापनि, त्यहाँ रहेका कर्मचारीहरू सकुशल रहेका छन् । उक्त आक्रमणका कारण कर्मचारीहरूमा ठूलो मानसिक आघात परेको ओचाले जनाएको छ ।

    गाजामा रहेका संयुक्त राष्ट्रसंघीय संरचनाहरूको स्थान विवरण दुवै पक्षसँग साझा गरिएको ओचाले जनाएको छ । “मानवीय सहायता केन्द्र र अन्य नागरिक पूर्वाधारहरूलाई कुनै हालतमा लक्षित गर्नु हुँदैन, न त सैन्य संरचनालाई ढाल दिन त्यस्ता स्थानहरूको प्रयोग गर्न मिल्दछ,” ओचाले स्पष्ट पारेको छ ।

    मानव आवागमनको निगरानी गरिरहेका ओचाका साझेदारहरूका अनुसार, अगस्त १२ देखि २० सम्म गाजामा १६ हजार ८०० भन्दा बढी सर्वसाधारण फेरि विस्थापित भएका छन् । यससँगै, मार्च महिनाको मध्यतिर युद्धविराम अन्त्य भएयता विस्थापितको संख्या सात लाख ९६ हजार नाघेको छ । यसमध्ये ९५ प्रतिशत विस्थापन गाजा सहरबाट भएको हो ।

    यसैबीच, गाजामा बालबालिकाबीच भोकमरी र कुपोषणको अवस्था थप भयावह बन्दै गएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले दिएको जानकारी अनुसार, जुलाई गाजाका लागि सबैभन्दा धेरै बाल मृत्युदर भएको महिना रह्यो । पाँच वर्षमुनिका २४ बालबालिकाको मृत्यु भएको छ, जुन संख्या यस वर्षको कुल कुपोषणसम्बन्धी बाल मृत्युदरको ८५ प्रतिशत हो ।

    युनिसेफले पाँच वर्षमुनिका करिब तीन लाख २० हजार बालबालिका तीव्र कुपोषणको जोखिममा छन्, जसले उनीहरूमा रोग र दीर्घकालीन स्वास्थ्य समस्या बढाउनेछ ।

    ओचाका अनुसार, बालबालिकाहरूले सडक किनारामा सामान बेच्ने, भग्नावशेष संकलन गर्ने जस्ता कामहरू गर्न थालेका छन् । बारम्बार विस्थापित हुनुपरेका कारण उनीहरूमा मानसिक तनाव गहिरिँदै गएको छ ।

    शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.