आरसी भट्ट ##
Advertisement
मल्तीर शिखर धुरा तल्तीर चौलानी
डिठ पड्डीन, भिट हुनीन क्याँरु माया मानी
काफल खाइजा मेरा गाउँका जिरमा नून लाएका
भुलेइ कि कसब मान्नौ मेरा गुन लाएका
चेला निका गरिबका घरनिका सेठका
भाई सुखारी दुखारी हौँ एकै पेटका
कालिको दरदऱ्या माटी कर्नालीका भेल
को आयो विरानो बैरी मेरा खेल्ने खेल
बाटो लामो मालिकाको लेक ठूलो तेल्याको
सम्झी रयेइ जन विसरेइ हात समाई खोल्याको
कैलै कैलै मेरो मन डाङीको बतास
गया दिन्की बलाई लैजाऊँ आउन दिन कि आस