• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जेलेन्स्कीद्वारा ९० अर्ब डलरको अमेरिकी हतियार योजनाको पुष्टि, त्रिपक्षीय बैठकको मिति अझै अनिश्चित


  •   मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित
  • युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार (स्थानीय समय) युक्रेनले आफ्‌नो सुरक्षा ग्यारेन्टीको एक हिस्साका रूपमा युरोपेली कोषमार्फत ९० अर्ब डलर मूल्यका अमेरिकी हतियार खरिद गर्ने योजनाको पुष्टि गर्नुभएको छ । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको प्रस्तावित त्रिपक्षीय बैठकको मिति भने अझै अनिश्चित छ ।

    Advertisement

    “मिति ? होइन, होइन, छैन । हामीसँग कुनै मिति छैन । हामीले भर्खरै राष्ट्रपति र त्यसपछि हाम्रा सबै सहकर्मी र साझेदारहरूसँगको यो फलदायी बैठकपछि पुष्टि गर्‍यौँ, जसले हामी त्रिपक्षीय बैठकका लागि तयार छौँ भन्ने देखाउँछ”, जेलेन्स्कीले भन्नुभयो, “यदि रुसले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिलाई द्विपक्षीय प्रस्ताव गर्छ भने, त्यसपछि हामी त्यसको परिणाम हेर्नेछौँ, अनि पछि यो त्रिपक्षीय हुनसक्छ । त्यसैले मैले यो सम्पूर्ण कार्यक्रम स्पष्ट पारेँ । युक्रेन शान्तिको बाटोमा कहिल्यै रोकिने छैन र हामी कुनै पनि ढाँचाका लागि तयार छौँ, तर नेताहरूको स्तरमा ।”

    ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली नेताहरूसँगको वार्तापछि आयोजित सम्मेलनमा जेलेन्स्कीले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले युक्रेनले आफ्‌नो सुरक्षा ग्यारेन्टीको एक हिस्साका रूपमा युरोपेली कोषमार्फत ९० अर्ब डलर मूल्यका अमेरिकी हतियार खरिद गर्ने योजनाबारे छलफल भएको पनि बताउनुभयो ।

    ग्यारेन्टीको अर्को भागमा युक्रेनले ड्रोन निर्माण गर्नेछ र यसको केही हिस्सा अमेरिकाले खरिद गर्नेछ । जेलेन्स्कीका अनुसार अझै कुनै औपचारिक सम्झौता भएको छैन, तर सम्झौता आगामी हप्ता वा १० दिनमा औपचारिक हुने अपेक्षा गरिएको छ ।

    एक्समा पोस्ट गर्दै जेलेन्स्कीले लेख्नुभयो, “आज वासिङ्टनमा महत्त्वपूर्ण वार्ता भयो । हामीले राष्ट्रपति ट्रम्पसँग धेरै विषयमा छलफल गर्‍यौँ । यो लामो र विस्तृत कुराकानी थियो, जसमा युद्धको मैदानको अवस्था र शान्ति नजिक ल्याउनका लागि हाम्रा कदमहरूबारे छलफल भयो । युरोपेली नेताहरू र अमेरिकी राष्ट्रपतिसँग पनि एउटै ढाँचामा धेरै बैठकहरू भए ।”

    “हामीले सुरक्षा ग्यारेन्टीबारे छलफल गर्‍यौँ । यो युद्ध अन्त्यतर्फको एउटा प्रारम्भिक विन्दु हो । यी ग्यारेन्टीहरूलाई समर्थन गर्ने र यसको हिस्सा बन्ने तयारीबारे अमेरिकाबाट आएको महत्त्वपूर्ण संकेतलाई हामीले कदर गर्दछौँ”, उहाँले भन्नुभयो, “आजको छलफलमा हाम्रो बालबालिकाहरूको फिर्ती, रुसद्वारा बन्दी बनाइएका युद्धबन्दी र नागरिकहरूको रिहाइमा विशेष ध्यान दिइयो । यस विषयमा हामी काम गर्ने सहमतिमा पुगेका छौँ । अमेरिकी राष्ट्रपतिले नेताहरूको स्तरमा हुने बैठकलाई पनि समर्थन गर्नुभएको छ । संवेदनशील मुद्दाहरू समाधान गर्न यस्ता बैठकहरू आवश्यक हुन्छन् ।”

    मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.