• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

म्यान्माको जुन्ताले डिसेम्बर २८ मा चुनाव गर्ने घोषणा, गृहयुद्धबीच विवादित निर्णय


  •   सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित
  • म्यान्माको सैनिक सरकार (जुन्ता) ले लामो समयदेखि वाचा गरिएको चुनाव यस वर्ष डिसेम्बर २८ मा सुरु हुने घोषणा गरेको छ । तर देश गहिरो गृहयुद्धमा डुबिरहेको अवस्थामा यो चुनावलाई धेरैले केवल ‘छल’ का रूपमा हेरेका छन् ।

    Advertisement

    सन् २०२१ मा आङ सान सुकीको सरकारलाई सेनाले अपदस्थ गरेपछि सुरु भएको द्वन्द्वले देशका ठूलो भागलाई सैन्य नियन्त्रणबाट बाहिर धकेलेको छ । अहिले प्रजातन्त्र समर्थक समूह र जातीय सशस्त्र संगठनहरूले आफ्‌ना इलाकामा चुनाव हुन नदिने घोषणा गरिसकेका छन् ।

    विश्लेषकहरूका अनुसार यो चुनावको उद्देश्य चाहे राष्ट्रपतिका रूपमा, सेनाध्यक्षका रूपमा वा नयाँ सिर्जित पदमार्फत जुन्ता प्रमुख मिन आङ ह्लाइङलाई निरन्तर सत्तामा राख्नु हो ।

    राखाइन निवासी निवासीले भने, “यो चुनाव केवल सैनिक शासकलाई शक्ति दिने बहाना हो । जनताका लागि यसको अर्थ छैन ।”

    गृहयुद्धका कारण हजारौँ मानिसको ज्यान गइसकेको छ, आधाभन्दा बढी जनसङ्ख्या गरिबीमा धकेलिएको छ र ३५ लाखभन्दा बढी विस्थापित भएका छन् ।

    जुन्ताले भने चुनावलाई शान्ति फर्काउने उपायको रूपमा प्रस्तुत गर्दै विपक्षी लडाकूहरूलाई हतियार बिसाए बापत नगद पुरस्कार दिने योजना अघि सारेको छ ।

    यद्यपि सुकी अझै जेलमै हुनुहुन्छ र उहाँका अधिकांश समर्थक सांसदहरूले चुनाव बहिष्कार गरेका छन् । संयुक्त राष्ट्रसंघका एक विज्ञ विशेषज्ञले यसलाई ‘सैन्य शासनलाई नयाँ रूपमा प्रस्तुत गर्ने धोखाधडी’ भनेका छन् ।

    केन्द्रीय निर्वाचन आयोगले पहिलो चरणमा २८ डिसेम्बरमा ‘बहुदलीय लोकतान्त्रिक आम चुनाव’ हुने र बाँकी चरणको मिति पछि घोषणा गरिने जानकारी दिएको छ ।

    तर द्वन्द्व पर्यवेक्षकहरूले चुनाव हिंसात्मक हुने चेतावनी दिएका छन् । गत महिना जुन्ताले नयाँ कानून ल्याएर चुनावको आलोचना गर्ने वा विरोध प्रदर्शन गर्ने व्यक्तिलाई १० वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ । मतदान केन्द्रमा क्षति पुर्‍याउने वा मतदातालाई धम्क्याउने काम गरे २० वर्षसम्म जेल सजाय हुने प्रावधान गरिएको छ ।

    मिन आङ ह्लाइङ अहिले कार्यवाहक राष्ट्रपति र सेनाप्रमुख दुवै पदमा हुनुहुन्छ । विश्लेषकहरूका अनुसार चुनावले विपक्षी गुटलाई विभाजित गर्न सक्छ, किनकि उनीहरू भाग लिने कि बहिष्कार गर्ने भन्ने दोधारमा छन् ।

    गत वर्षदेखि संयुक्त रूपमा लडिरहेका विद्रोहीहरूले धेरै क्षेत्रमा विजय हासिल गरे पनि हालै जुन्ताले अनिवार्य भर्ती, हवाई आक्रमण र हजारौँ नयाँ सैनिक परिचालन गरेर केही भू–भाग पुनः नियन्त्रणमा लिएको छ ।

    चुनावको तयारीका लागि गरिएको जनगणनामा पनि पाँच करोड १० लाख जनसंख्याबाट एक करोड ९० लाखको तथ्यांक संकलन हुनै सकेन । अधिकारीहरूले यसको कारण ‘सुरक्षा अवरोध’ भएको बताएका छन् । यसले गृहयुद्धबीच हुने चुनाव कति सीमित हुनेछ भन्ने देखाउँछ

    सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.