चन्द्रकोट (गुल्मी) । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तिपुर निवासी राष्ट्रिय जनमोर्चाको तर्फबाट गाउँकार्यपालिका सदस्य रहनुभएका चेतनारायण शर्माकी पत्नी ममता शर्माको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।
Advertisement
२०८२ साउन २३ गतेका दिन ४३ वर्षको उमेरमा असामयिक निधन भएको आठौँ दिन साउन ३० गते शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो ।
श्रद्धाञ्जलीसभामा राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापाक्षेत्री, राजमो गुल्मीका सचिव छविलाल सर्तुङीका साथै थुप्रै सङ्ख्यामा राजमो नेताकार्यकर्ता र परिवारजनको उपस्थिति थियो ।
कार्यक्रममा शोकमन्तव्य व्यक्त गर्ने वक्ताहरूले स्मृतिशेष ममताको निधनले राजमोको आन्दोलनलाई क्षति पुगेको बताइएको थियो ।
