• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

शुक्लाफाँटामा हात्ती आतङ्क


  •   बिहिबार, साउन २९, २०८२ मा प्रकाशित
  • कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका बासिन्दा दुई सातादेखि जङ्गली हात्तीको त्रासमा बाच्न बाध्य छन् । रात पर्नुअघि नै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिर्ने हात्तीले स्थानीयको धानबालीमा क्षति गर्दै आएका छन् ।

    Advertisement

    स्थानीयका अनुसार यस अवधिमा ३५ भन्दा बढी परिवारको झण्डै चार विघा खेतको धानबालीमा हात्तीले नोक्सानी पुर्याएका छ । “पहिले हात्ती धान पाक्ने बेला मात्र आउँथे, तर यस वर्ष बाला नलाग्दै पुगेका छन्”, स्थानीय केशवदत्त जोशीले भन्नुभयो, “यसरी निरन्तर आउँदा बाली पूर्णरूपमा सखाप हुने खतरा बढ्दै गएको छ ।”

    जोशीले गए राती घरको आँगनमै हात्ती पुगेको घटना सुनाउनुभयो । “ढोकाबाट निस्कँदै गर्दा हात्ती आँगन नाघ्दै थियो”, उहाँले भन्नुभयो, “जम्का भेट भएको भए ज्यानै लिने थियो भगवानले बचाए ।” गाउँका अधिकांश पुरुष रोजगारीका लागि भारततर्फ गएका हुँदा घरमा महिलामात्र हुने गरेका छन् । “दिउँसो मजदुरी गर्न जानुपर्छ, रातभर हात्ती धपाउन जाग्राम बस्नुपर्छ, यसरी मजदुरी गर्नै नसक्ने अवस्था छ”, प्रेम लुहारले दुखेसो पोख्नुभयो, “मजदुरी नगरे पेट पालिन्न, हात्ती नभगाए बाली नष्ट हुन्छ, कहिलेकाहीँ घरै भत्काउने खतरा हुन्छ ।”

    स्याली नदी किनारमा लगाइएको मेसवायर भत्काएर हात्ती खेत र बस्तीमा प्रवेश गर्ने गरेका छन् । “हात्तीले ठाउँ–ठाउँमा मेसवायर भत्काएका छन्, विद्युतीय तारवार जडानको माग गर्दा सुनुवाइ भएको छैन”, स्थानीय दानसिंह कुवँरले भन्नुभयो ।

    उहाँका अनुसार मेसवायरमा जनावरलाई नमार्ने तर झड्का दिने प्रणाली भए हात्तीको प्रवेश रोक्न सकिन्थ्यो । निकुञ्ज कार्यालयदेखि स्थानीय तह र प्रदेश सरकारसम्म माग गर्दा पनि सहयोग नपाएको गुनासो उहाँले सुनाउनुभयो । “अघिल्ला वर्ष हात्ती आगो देखेर तर्सन्थे, तर अहिले तर्सनै छाडेका छन्‌”, उहाँले भन्नुभयो, “ निकुञ्ज कार्यालयसँग पटाका माग्दा जनावर रिसाउने र ठुलो क्षति गर्ने भन्दै दिन नमिल्ने जवाफ दिएर फर्कायो, आगो देखेर तर्सिदैंन, हात्ती बस्ती प्रवेश गर्ने ठाउँमा बत्तीको व्यवस्था छैन, यसले मानविय क्षति हुने सम्भावना बढ्दै गएको छ ।”

    सिमलफाँटा गाउँको गल्ली नं १ र २ सबैभन्दा बढी प्रभावित छन् । वडाध्यक्ष प्रतापसिंह धामीका अनुसार विद्युतीय करेन्ट प्रवाह गर्ने उपकरण महँगो भएकाले वडाको बजेटले धान्दैन । “नगर र प्रदेश सरकारसँग आवश्यक सहयोग मागेका छौं”, उहाँले भन्नुभयो, “अश्वासन पाइए पनि अहिलेसम्म बजेटको टुङ्गो लाग्न सकेको छैन ।” सुनदेवी मध्यवर्ती समितिले दातृ निकायको सहयोगमा मेसवायर लगाएको भए पनि हात्तीले भत्काएपछि अन्य जनावर पनि खेतमा पस्ने र बाली नष्ट गर्ने समस्या बढेको स्थानीयको भनाइ छ ।

    निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नगरपालिकाका १० वडा प्रभावित रहेका छन् । वर्षातको समयसँगै भारतीय दुधुवा नेशनल पार्कमा पानी भरिन सुरु भएपछि हात्तीको बथान लालझाडी संरक्षण क्षेत्र हुँदै निकुञ्ज प्रवेश गर्ने गर्दछन् । निकुञ्जको अग्लो क्षेत्रमा वर्षातको समयभर हात्तीका बथान ओहोर दोहोर गर्ने गर्दछन् । निकुञ्ज वरपरका गाउँका किसानले लगाएको धान लगायतका बालीमा क्षति पुर्याउने गर्दछन् । विगत तीन वर्षदेखि हात्तीले मानविय र भौतिक क्षति पनि निम्त्याउदै आएका छन् ।

    बिहिबार, साउन २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.