• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

फेसबुकमा आएको आकर्षक विज्ञापनको लिङ्क खोल्दै हुनुहुन्छ भने होसियार !


  •   बुधबार, साउन २८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । तपाईं सामाजिक सञ्जालमा आउने अनेकन आकर्षक विज्ञान देख्नुभयो भने के गर्नुहुन्छ ? हतारिएर उक्त विज्ञापनका लिङ्क खोल्नुहुन्छ त्यसलाई वेवास्था गर्नुहुन्छ । सूचना प्रविधिको क्षेत्रमा भएको उल्लेखनीय विकास र विस्तारसँगै त्यसका सकारात्मक र नकारात्मक दुवै पाटा मुखर भएर आएको छ ।

    Advertisement

    सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक बनाउने भन्ने पनि तपाईं हाम्रै हातमा रहेको छ । पछिल्ला दिनमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति पनि उत्तिकै बढ्दै गएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गर्ने प्रवृत्ति मौलाइरहेको नेपाल प्रहरीले पछिल्लो पटक सार्वजनिक गरेको एउटा घटनाले देखाएको छ ।

    सो घटनाले सामाजिक सञ्जालमा आउने जुनसुकै लिङ्क खोल्न नहुने पनि सचेत गराएको छ । नेपाल प्रहरीका अनुसार पछिल्ला पटक धितोपत्र बजारको कारोबारका बारेमा जानकारी दिने नाममा ठगी गरिएको पाइएको छ ।

    फेसबुक, इन्टाग्राम, टिकटकलगायतका सामाजिक सञ्जालमा आकर्षक विज्ञापन देखाएर नेप्से एआई नामक एप डाउनलोड गर्न लगाई ठगी गरिएको छ । एआईमार्फत शेयर बजारको बिश्लेषण गरी बढीभन्दा बढी नाफा कमाउन सक्ने जस्ता भ्रामक सूचना प्रवाह गरी त्यस्ता एप डाउनलोड गर्न प्रेरित गर्ने र उक्त एप इन्स्टल गरे पश्चात रिमोट सेसन खोली खातामा भएको सम्पूर्ण रकम क्षणभरमा अन्यत्र ट्रान्सफर गराइएको पाइएको हो ।

    त्यस्ता एप डाउनलोड भएपछि डिजिटल डिभाइसमा रहेको सम्पूर्ण डाटा मेटाएर प्रमाण नष्ट गरिदिने काम भइरहेको भन्ने सूचना तथा उजुरी प्राप्त भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले भ्रामक प्रलोभनमा परी नेप्से एआईलगायतका कुनै पनि अपरिचित लिङ्क तथा एपहरु नखोल्न, डाउनलोड नगर्न समेत सर्वसाधारणमा अनुरोध गरेको छ ।

    प्रहरीका अनुसार, जोन डोइ (साङ्केतिक नाम)ले सामाजिक सञ्जाल फेसबुकमा देखिएको विज्ञापनबाट शेयर बजारको बिश्लेषण गर्नको निम्ति नेप्से एआई नामक एप डाउनलोड गर्छन् । उक्त एप मोबाइलमा इन्स्टल गरे लगत्तै उक्त एपमा रहेको रिमोट सेसन खल्नासाथ उहाँको मोबाइल स्क्रिन केही समय बन्द भएको जस्तो देखियो । सोही क्रममा निजको बिभिन्न बैंक खातामा भएको रु २८ लाख ६१ हजार अन्यत्र खातामा ट्रान्सफर भएको थियो । यस्तै, निजको मोबाइलमा रहेको सम्पूर्ण डाटा तथा एपहरु समेत मेटिएको थियो । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार, विगतमा पनि यस्ता उजुरी प्राप्त हुने गरेको र पछिल्लो पटकको उजुरीमा ठगीको नयाँ स्वरुप देखा परेको छ ।

    साइबर व्यूरोले यस्ता क्रियाकलापबाट बच्न केही सुझाव समेत दिएको छ । सामाजिक सञ्जाललाई सुरक्षित बनाउन दोहोरो सुरक्षा कोड प्रयोग गर्ने वा एसएमएसको प्रयोग गर्नु उपयुक्त हुन्छ । यस्तै, पासवर्डहरु बेला बेलामा परिवर्तन गर्नुपर्छ ।

    आफ्नो डिजिटल डिभाइस अपरिचित व्यक्तिलाई कुनै पनि प्रकारको जानकारी नदिने र आधिकारिक स्रोतबाट मात्र एपहरु इन्स्टल गर्नुपर्छ ।

    त्यस्तै यस्ता घटना घटेको थाहा पाउन साथ सम्बन्धित बैंक वित्तीय संस्था, नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहुन साइबर ब्यूरोले आग्रह गरेको छ ।

    बुधबार, साउन २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.